एकैदिन ६३८ जनामा कोरोना संक्रमण पुष्टि, थप ४ जनाको मृत्यु

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६३८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज १० हजार ४६२ पिसिआर परीक्षण भएकामा ६३८ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या २३ हजार ९४८ पुगेको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा १७१ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यससँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १६ हजार ६६४ पुगेको छ ।

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार २०१ रहेको छ । क्वारेन्टिमा रहनेको सङ्ख्या ११ हजार ५८ छ । त्यसैगरी नेपालमा थप चार जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ८३ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

१० माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रोल्पामा चार पार्टीबीचको झडपमा कांग्रेस उम्मेदवार घाइते