चाबहिल चोकका खाल्टा खुल्टी (फोटोफिचर)

काठमाण्डौ । भत्केको र खाल्टा खुल्टी चाबहिल चोकको पहिचान जस्तै भैसक्यो । हिँउदमा धुलो वर्खामा हिलो विशेषता नै बनेको छ । काठमाडौंका सडक मध्ये सबै भन्दा धेरै समाचारको विषय बनेको सडक पनि यहि हो ।

गत वर्खामा चाबहिल क्षेत्रमा हिँड्नै सकस भन्ने सन्देश प्रवाह भएपछि पूर्वप्रधानमन्त्री माधब कुमार नेपाल र तत्कालीन यातायातमन्त्री रघुबिर महासेठले स्थलगत निरिक्षण गर्दै तत्कालै निर्माणका लागि निर्देशन समेत दिए । त्यसको केही समयमै यातायातमन्त्री त फेरिए तर चाबहिल सडकको स्वरुप फेरिएन ।

यस क्षेत्रवाट निर्वाचित स्थानिय एवं संघिय जनप्रतिनिधीले समेत वेला वेला सडकको निरिक्षण गर्दै निर्देशन दिने गरेका छन् । चावहिल चोक जहाँ चक्रपथको प्रमुख मार्ग समेत हो । दैनिक हजारौ पैदल यात्री र सवरी साधनको आवत जावत हुने उक्त सडक खण्ड भत्केको वर्षौ भइसकेपनि बनाउनपर्छ भन्ने चेत सम्बन्धित निकायमा खुलेको पाइदैन ।

कहिले खानेपानीको पाइप बिच्छ्याउने वाहना त कहीले विजुलीको पोल सार्ने बहानामा सडकको हालत सँधै खराब हुने गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 401 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धुर्कोटमा एमाले–माओवादी गठबन्धनका उम्मेदवार विजयी