एकै परिवारका ९ जनामा कोरोना !

पोखरा । पोखरामा एकै परिवारका ९ जनामा कोरोना संक्रमण भेटिएपछि उच्च सतर्कता अपनाइएको छ । पोखरा वडा ९ बसोबास गर्ने एकै परिवारका ९ सदस्यमा कोरोना पुष्टि भएपछि सतर्कता अपनाइएको वडाध्यक्ष रामराज लामिछानेले जानकारी दिए ।

उनका अनुसार २ दिनअघि परिवारका २ जनामा कोरोना पुष्टि भएकोमा उनीहरुको कन्ट्याक्टमा आएकाको मंगलबार भएको पीसीआर परीक्षणमा थप ७ जनामा कोभिड–१९ पुष्टि भएको हो । जसमा ६ महिला (१ बच्चासमेत) र १ जना पुरुष छन् । यसअघि २ जना (महिला/पुरुष) संक्रमित थिए ।

वडाले अत्यावश्यक कामबाहेक सकेसम्म घरबाहिर ननिस्कन वडावासीमा आग्रह गरिसकेको छ । वडा ९ पोखराको मुख्यबजार क्षेत्र पर्छ ।

पोखरामा हालसम्म १ सय ६४ जना संक्रमित भेटिएका छन् । मंगलबारमात्र पोखरामा १५ जना संक्रमित थपिएका हुन् ।

पोखरामा कुल संक्रमितमध्ये १ सय ७ जना निको भइ डिस्चार्ज भैसकेका छन् । शनिबार रातिमात्र पोखरा १९ का ६२ वर्षीय पुरुषको कोरोनाका कारण ज्यान गएको थियो ।

गण्डकी प्रदेशमा कुल संक्रमित संख्या १ हजार ६ सय ४८ पुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २५ जना मंगलबारमात्र थपिएका हुन् । कास्कीमा ११, बागलुङ र तनहुँमा २–२ जना तथा स्याङ्जामा ४ महिला र २ पुरुष गरी ६ जना संक्रमित भेटिएका हुन् ।

गण्डकीमा हालसम्म २९ हजार ८ सय ३४ नमुना संकलनमा कुल संक्रमितमध्ये १ हजार ४ सय ९३ निको भएका छन् । मृत्यु हुनेको संख्या ५ पुगेको छ । तीमध्ये स्याङ्जाका २, गोरखा, बागलुङ र कास्कीका १–१ जना पुरुष छन् ।

यसैबीच, गण्डकी प्रदेशअन्तर्गत पोखरास्थित लेखनाथ सामुदायिक लायन्स अस्पतालमा सोमबारदेखि कोरोना संक्रमितको उपचार सेवा सुरु गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 138 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नेम्वाङको गृह नगरमा काँग्रेसका उम्मेदवार निर्वाचित