५४ जनाको स्वाब संकलन

काठमाडौं । कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटको दोस्रो चरणको अन्तिम तीन खेलको लागि बन्द प्रशिक्षणमा डाकिएका नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका सबै ३४ खेलाडीसहित ५४ जनाको स्वाब संकलन गरिएको छ ।

मंगलबार २३ खेलाडी, ६ अफिसियलको कोरोना परीक्षण गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । त्यसअघि सोमबार सोमबार ११ खेलाडीसहित २५ जनाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेलमा स्वाब संकलन गरिएको हो ।

मंगलबार तेज तामाङ, विकेस कुथु, आशिष लामा, अजित भण्डारी, एरिक विष्ट, सेसेहाङ आङदेम्वे, विक्रम लामा, अमित तामाङ, सुमन अर्याल, भरत खवास, सरोज दाहाल, अभिषेक रिजाल, सुभास गुरुङ, अनन्त तामाङ, सुनिल बल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, विशाल श्रेष्ठ, रोहित चन्द, किरण चेम्जोङ, विकास खवास, जर्ज प्रिन्स कार्की र सुजल श्रेष्ठको स्वाब संकलन गरिएको हो ।

यस्तै, मधुसूदन उपाध्यय (टिम म्यानेजर), कृष्ण भक्त मानन्धर (अफिसियल), विकास मल्ल (गोलकिपर प्रशिक्षक), विवेक सुवेदी (मिडिया), युजल श्रेष्ठ (मिडिया), र राजु डंगोल (डक्टर) पनि स्वाब संकलन गरिएको हो ।

कोरोना नेगेटिभ देखिए खेलाडीलाई एन्फाको होस्टेलमा राखिनेछ । प्रशिक्षण दौरान उनीहरूले एन्फा होस्टेल छाड्न पाइनेछैन । एन्फाले प्रशिक्षणका लागि विभिन्न १७ प्रोटोकल बनाएको छ । एन्फाले १ भदौबाट राष्ट्रिय टोलीको प्रशिक्षण थाल्ने योजना बनाएको छ ।

एन्फाले सुरुवातमा १० देखि १२ जना सम्मको समूहमा राखेर खेलाडीलाई प्रशिक्षणमा सहभागी गराउने तयारी गरेको छ । त्यसपछि चरणबद्ध रूपमा पूर्ण प्रशिक्षण सञ्चालन हुनेछ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा ८ अक्टोबरमा चाइनिज ताइपेई, १३ अक्टोबरमा अस्ट्रेलिया तथा १३ नोभेम्बरमा जोर्डनसँग खेल्ने तालिका छ ।

तपाइको प्रतिक्रिया
(Visited 252 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

एनपिएलः काठमाडौँ गुर्खाज छ विकेटले विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन आयोगको भ्याकेट निवेदनमा अन्तरिम आदेश अस्वीकार