Tuesday, December 1, 2020
Home बिचार राजनीतिमा युवा सहभागिताको सवाल

राजनीतिमा युवा सहभागिताको सवाल

कुनैपनि देशको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक लगायतका क्षेत्रहरुमा युगान्तकारी बदलाव गर्ने सवालमा युवाहरुको भूमिका सदैव अग्रणीय रहदै आएकोले युवा वर्गलाई परिवर्तनका संवाहक शक्तिको रुपमा समेत लिने गरिन्छ । संसारका विभिन्न देशहरुले युवा जनसंख्यालाई आफु अनुकूलको उमेर परिधिमा राखेको पाईन्छ । त्यसै अनुरूप नेपालको राष्ट्रिय युवा नीति, २०७२ ले समेत १६ देखि ४० वर्षसम्मको उमेर समुहलाई युवा भन्नि परिभाषित गरेको छ । नेपालमा कुल जनसंख्याको ४०.३५५ संख्या युवाको छ ।

अदम्य साहस, सौर्य पराक्रम, संघर्ष शक्ति, सिर्जनशिलता, सिकारुपन, समयसापेक्षता, ईमान्दारीता एवं दृढ़ आत्मविश्वास जस्ता गुणहरु युवा वर्गमा अधिक हुन्छ । विगतका ईतिहासलाई फर्केर हेर्दा पनि हुन्छ देश–दुनियामा कुनैपनि आमुल परिवर्तन, राजनीतिक बदलाव, समाज रुपान्तरण, युद्ध, आन्दोलन तथा विकास निर्माण लगायतका कार्यहरु युवाको सहभागिता बिना सम्भव भएको देखिदेन् । त्यसकारण पनि युवा वर्ग दिगो विकास तथा समुन्नत राष्ट्र निर्माणको प्रमुख आधार स्तम्भ एवं स्रोत शक्ति हो ।

विश्व सर्वहारा वर्गका महान शिक्षक कमरेड माओ त्से तुङ्गले ‘यो संसार तिमीहरुको पनि हो, हाम्रो पनि हो तर अन्त्यमा यो तिमीहरुकैं हो ।’ भनेर संशलेषण गर्नुभएको थियो । यसबाट पनि के प्रष्ट हुन्छ भने, युवा केवल भविष्यको भागीदार मात्र नभई वर्तमान समयको साझेदार पनि हुन् ।

देशको शासन व्यवस्था परिवर्तन देखि लिएर हरेक खाले क्रान्ति र बदलावको अग्रमोर्चाहरुमा युवा वर्गको त्याग, बलिदान, संघर्ष र सहभागिता अतुलनीय रहदै आएको छ तरपनि हाम्रो देशमा परिवर्तित व्यवस्थाको व्यवस्थापक बन्ने अवसर अहिलेसम्म युवा वर्गले पाउन सकेका छैनन् । हरेक नीतिको मुल नीति मानिने राजनीति लगायतका मुलभुत क्षेत्रहरुमा युवा वर्गलाई उच्च स्तरमा योजना तथा नीति निर्माण र नेतृत्वदायी भुमिका निर्वाह गर्नबाट बञ्चित गर्न कतै घोषित त कतै अघोषित निश्तेज रुपी सिमा र षड्यन्त्रका पर्खालहरु यत्रतत्र खडा गरेको कुरा सहजै देख्न सकिन्छ ।

देशको शासन व्यवस्था परिवर्तन देखि लिएर हरेक खाले क्रान्ति र बदलावको अग्रमोर्चाहरुमा युवा वर्गको त्याग, बलिदान, संघर्ष र सहभागिता अतुलनीय रहदै आएको छ तरपनि हाम्रो देशमा परिवर्तित व्यवस्थाको व्यवस्थापक बन्ने अवसर अहिलेसम्म युवा वर्गले पाउन सकेका छैनन्

अस्वस्थ प्रतिस्पर्धा र सिन्डिकेटका कारण क्षमतावान, गतिशील एवं उर्जावान नयाँ पुस्तामा राजनीतिप्रति विकर्षण र निराशा बढ्दो छ । जुन कुरा अहिलेको वर्तमान र निकट भविष्य दुबैको लागी गम्भीर चिन्ताको विषय हो । किनभने, पलायन वा आत्मसमर्पण कुनैपनि समस्याको ठोस एवं दीर्घकालीन समाधान किमार्थ हुन सक्दैन ।

आचार्य चाणक्यका अनुसारस् “शिक्षित र असल मान्छे राजनीतिमा नआउनुको दण्ड यो हुन्छ कि अयोग्य र अशिक्षित व्यक्तिले तपाई माथी शासन गर्छ ।“ त्यसैले यस विषयलाई सबैले गम्भीरता पूर्वक चिन्तन–मनन गरौं र समयमैं सबैजना जिम्मेवार बनौं । तपाई(हामी सबै मिलेर हरेक खाले निश्तेजका पर्खालहरुको समुल नष्ट गर्नैपर्छ । त्यसका लागी अब युवालाई चिन्ता हैन चिन्तन गर्ने अवसर निर्माण गर्नुपर्छ ।

कुनैपनि समाज र राष्ट्रमा व्याप्त हरेक किसिमको बेथितिरुपी अन्धकार र निराशालाई चिरेर आशाको दिप प्रज्वलित गर्न सक्ने ठोस क्षमता युवामा हुन्छ । वृद्धको अनुभव र युवाको आँकलन तथा वृद्धको होस र युवाको जोस बिचको सन्तुलन कायम गर्नका लागी पनि राजनीतिमा युवाको सहभागिता अपरिहार्य देखिन्छ । यसले अन्तरपुस्ता समन्वयमा समेत महत्वपूर्ण भूमिका खेल्ने छ । त्यसैले युवाहरुलाई निरूत्साहित गर्नुको सट्टा सबै मिलेर उत्साहित एवं प्रोत्साहन गर्नैपर्छ ।

राजनीति फोहरी खेल हो भन्ने कुरालाई चिर्न वा विस्थापित गर्नका लागी राजनीतिमा ईमान्दारीता, निश्पक्षता, विधि(विधान तथा निश्चित प्रणाली एवं प्रक्रियाको सर्वोच्चता कायम हुनैपर्छ । पछिल्लो समय मुख्यतः ०६२/६३ पछि गरिएका विभिन्न अध्ययन अनुसारस् ‘राजनीतिमा युवाहरु शोषित छन र राजनीतिक स्वार्थका लागी युवाहरुको प्रयोग हुदैं आएको छ ।’

यो पनि पढ्नुहोस   फराकिलो बन्दै नेपाली कूटनीतिक आयाम

शीर्षस्थ नेतृत्वले युवालाई आन्दोलन, संघर्ष, तोडफाेड, सभा–सम्मेलन, शक्ति प्रदर्शन, प्रतिरोध जस्ता कामहरुमा केवल एउटा साधनको रुपमा प्रयोग गर्छन तर युवाहरुको नेतृत्व विकासको सवालमा पछाडि पार्ने दुष्प्रयास एवं कुचेष्टा गर्छन । खोल तर्न प्रयोग गरेको छडीरलठ्ठी खोला तरेपछि किनारामा अलपत्र फाल्ने बानी नै परेको छ । भाषण र गफ जतिनै राम्रो गरेतापनि अधिकांश शिर्षत नेताहरुलाई युवा वर्गको आलोचनात्मक चेत मन पर्दैन ।

यस गलत प्रवृत्तिको अन्त्य गर्न नेताको अगाडि–पछाडि डुल्ने, चाकडि र चापलूसी गर्ने व्यक्तिहरुको सट्टा योग्यता, योग्दान र क्षमताको आधारमा जिम्मेवारी र अवसर दिने परिपाटीको विकास गर्न सक्यौं भने मात्र युवाहरुको सहभागिताले सही अर्थमा सार्थकता पाउन सक्छ । यसो हुन सके, समाजमा राजनीति र राजनीतिज्ञप्रति श्रद्धा एवं सम्मानको भाव जागृत हुन्छ । यसबाट असल र क्षमतावान व्यक्तिहरु पनि राजनीतिप्रति आकर्षित हुनेछ ।

विश्वका विभिन्न देशहरुले युवा वर्गको नेतृत्वमा काँचुली फेरिरहेको दृष्टान्तबाट हामी नेपालीले पनि समयमैं उचित शिक्षा लिन जरुरी छ । कुनैपनि देशको राजनीतिमा युवाको सहभागिता एवं सक्रियता रहेन भने, निश्चय नै त्याहाँको समाज रुपान्तरण र देश विकासको गति धरमराउन थाल्छ । देशमा अझपनि असल, सक्षम एवं दूरदर्शी नेतृत्वको कमीले गर्दा ५० लाखभन्दा बढी युवा विदेशी भुमिमा पेल्सिन बाध्य छन भने देशभित्रका लाखौं युवा आफ्नो सर्टिफिकेट सिरानीमा राखेर रोजगारीको अभावले गर्दा काम विहिन छन ।

शीर्षस्थ नेतृत्वले युवालाई आन्दोलन, संघर्ष, तोडफाेड, सभा–सम्मेलन, शक्ति प्रदर्शन, प्रतिरोध जस्ता कामहरुमा केवल एउटा साधनको रुपमा प्रयोग गर्छन तर युवाहरुको नेतृत्व विकासको सवालमा पछाडि पार्ने दुष्प्रयास एवं कुचेष्टा गर्छन । खोल तर्न प्रयोग गरेको छडीरलठ्ठी खोला तरेपछि किनारामा अलपत्र फाल्ने बानी नै परेको छ

१६–१८ वर्ष उमेर समुहका उर्जावान, शिक्षित, प्रविधिमैत्री युवाहरु देशका नागरिक हुन तर उनीहरुलाई आफ्नो जनप्रतिनिधिहरु चयन गर्ने अधिकार छैन । त्यसतै विदेशीमा रहेका युवाहरुको रेमिटेंस मार्फत देशको अर्थतन्त्रमा नोट चल्छ तर सही जनप्रतिनिधिहरुको चयनका लागी भोट चल्दैन । अनि देशको समृद्धि र विकास कसरी सम्भव हुन्छ ?

देशको कुल जनसंख्याको ४० प्रतिशत भन्दा बढी हिस्सालाई मुल प्रवाहमा नल्यएसम्म मुलुकमा दिगो विकासको लक्ष्य र समुन्नत नेपाल एवं सुखी नेपालीको हाम्रो राष्ट्रिय आंकाक्षा पुरा गर्न असम्भव छ । युवाहरुको सहभागिताको सवाल केवल एउटा निश्चित उमेर समुहको कुरा किमार्थ हुन सक्दैन, यो त सिङ्गो मुलुकको आवश्यकता एवं अपरिहार्यता हो । राज्यमा युवाहरुको प्रभावकारी भुमिका र वैधानिक प्रतिनिधित्वको लागी राष्ट्रिय युवा परिषद गठन गरिएको छ । यो आफैमा एउटा सकरात्मक प्रयास हो तर अझ पर्याप्त छैन ।

अन्त्यमा, “विश्व अभियानका लागी युवा सहभागिता (Youth Engagement for Global Action)भन्ने मुल वैश्विक नारा तथा “रोजगारी प्रबर्द्धन र वातावरण संरक्षणमा युवा संलग्नता“ भन्ने मुल नेपाली नाराका साथ मनाईरहेको १२ अगस्ट अर्थात २०औं अन्तर्राष्ट्रीय युवा दिवसको विशेष अवसरले देशको तिनै तहका सरकार तथा सरोकारवालाई युवाको सवालहरुमा थप सचेत, सजग एवं जागरूक बनाउन सकोस् भन्ने शुभेच्छा सहित देश तथा विदेशमा रहनु हुने तपाई सम्पूर्ण महानुभावहरुमा अभियान सार्थकता एवं सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

लेखक अनेरास्वीयूका केन्द्रीय सदस्य हुन् ।

(Visited 137 times, 1 visits today)
Loading comments...

आजको समाचार

अधिकांश प्रशोधित पिउने पानी गुणस्तरहीन

काठमाडौं । उद्योगबाट प्रशोधित भएर उपभोक्ताको घरमा पुग्ने अधिकांश प्रशोधित पिउने पानी गुणस्तरहीन हुने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले...

नेकपा सचिवालय बैठक आज : दुवै प्रस्तावलाई एकरूपता दिलाउने प्रयाश

काठमाडौं । चुनावी गठबन्धन गर्दै पार्टी एकतासम्मको तीन वर्षमा अनेकौं उतारचढाव, आरोप–प्रत्यारोप र मनमुटाव भए पनि नेकपामा भिन्दाभिन्दै राजनीतिक प्रस्ताव नलेखेका अध्यक्षद्वयले पहिलोपटक भिन्नाभिन्नै...

सुनको मूल्य ५०० ले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । सोमबार प्रतितोला रु ९० हजारमा कारोवार भएको छापावाला...

देसैभर एनटीसीको फोरजी विस्तार

काठमाडौं । मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाको पहुँच पुगेको छ । मोबाइल सेवाको स्वाभाविक विशेषताअनुसार सेवाको गुणस्तरमा भौगोलिक अवस्था, धरातलीय अवस्था...

डीआइजी विश्वराज पोखरेल भावी आइजीपिका एक्ला उम्मेदवार !

काठमाडौं । सरकारले गत ३ मंसिरमा थप गरेको नेपाल प्रहरीको अतिरिक्त महानीरिक्षक (एआईजी) पदमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलको नाम सिफारिस भएको छ...

साताका लोकप्रिय समाचार

आर्थिक सुशासनलाई कमजोर हुन नदेऊ

‘म पनि भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिने छैन’ भन्ने वर्तमान सरकारको मुख्य नारा थियो । प्रधानमन्त्री ओलीले आर्थिक सुशासनका लागि आफ्ना मन्त्रीहरूलाई...

एन्फा र नगरपालिका संघबीच दुई वर्षको सम्झौता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली फुटबल विकासका लागि देशमा छरिएर रहेका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाहरूको छाता संगठन नेपाल नगरपालिका संघसँग शुक्रबार...

ढकाल र प्रधान समूहबीच तीव्र प्रतिस्पर्धा

काठमाडौं । निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन शनिबार (आज) काठमाडौंका विभिन्न तीन स्थानमा हुँदै छ । कोरोना महामारीका बीच...

थप १ हजार ४७४ जना कोरोना संक्रमित पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा एक हजार ४७४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ९...

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै पोखरा र जनकपुरमा प्रदर्शन (फोटो फिचर)

काठमाडौं । नेपाल राष्ट्रवादी समूहले देशका विभिन्न सहरमा राजतन्त्र र हिन्दू राष्ट्रको माग गर्दै प्रदर्शन गरेका छन् । विशेष गरेर पोखरा र जनकपुरको प्रदर्शन...

ट्रेन्डिङ

कोरोना सन्त्रासः आधा देशमा निषेधाज्ञा

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि देशका ७७ जिल्लामध्ये २९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । सरकारले ५ साउनको मन्त्रिपरिषद् बैठकमार्फत...

कलैया अस्पतालका मेडिकल सुपरिडेन्टमाथि जाहेरी

बारा । कलैया अस्पतालको मेडिकल सुपरिडेन्टमाथि जिल्ला प्रहरी कार्यलयमा जाहेरी परेको छ । बाराको एक मात्र जिल्ला अस्पताल कलैयाका मेडिकल सुपरिडेन्ट विरेन्द्र मण्डलमाथि जाहेरी...

एक घर-एक नयाँ रोजगारको सिर्जना गरौं : मन्त्री अर्याल

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा स्याङ्जा जिल्लाका विभिन्न सहकारी संस्थामार्फत सीपमूलक, व्यवसायिक एवं उद्यमी तालिमरकार्यक्रम सम्पन्न गरिएको छ...

यूईएफए नेसन्स लिगमा स्पेनको पहिलो पहिलो पराजय

लन्डन । नेसन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा युक्रेनसँग स्पेन १–० ले पराजित भयो । समूह डीमा रहेको स्पेनलले चार खेल खेल्दा पहिलो हार...

क्वारेन्टाइनबाट भागेका कोरोना संक्रमित अझै भेटिएनन्

सप्तरी, राजविराज । कोरोना संक्रमण पुष्टि भएकै दिन क्वारेन्टाइनबाट भागेका एक यूवक र पिसिआर परिक्षण गर्न नभ्याउँदै भागेकी एक गर्भवती यूवतीलाई प्रहरीले हाल सम्म...

कलंकी–कोटेश्वर सडकमा थप ६ अकासे पुल बनाइँदै

ललितपुर । पैदल यात्रुलाई सडकमा बाटो काट्नका लागि असहज भएपछि सरकारले कोटेश्वर–कलंकी चक्रपथ सडक खण्डका थप ६ स्थानमा अकासे पुल निर्माण गर्ने...

गण्डकीमा थपिए ७६ जना कोरोना संक्रमित

गण्डकी । गण्डकी प्रदेशमा आज बिहानै ७६ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ५९८ जना पुगेको...

आन्तरिक उडानको ५० प्रतिशत बुकिङ

काठमाडौँ । कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेको मुलुकको आन्तरिक हवाई उडान यही असोज ५ देखि नियमित सञ्चालन हुँदैछ । बन्दाबन्दीले छ महिना...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनाले लियो बिरामीको ज्यान

सप्तरी । उपचारका लागि बिराटनगर जाँदै गरेका एक बिरामी चढेको एम्बुलेन्स दुर्घटनामा पर्दा उनको बाटोमै मृत्यु भएको छ । दुर्घटनामा मृतक परिवारका तीन जना...

बेल्जियम नागरिकले झारल र नाउरको शिकार गरे

बागलुङ । ढोरपाटन शिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत...

१३०४ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार ७३...

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारीमा

काठमाडौँ । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह...

भर्खरै

जहाँ विद्यापतिले १२ वर्ष अध्ययन गरे

जनकपुरधाम । मैथिली भाषाका महाकवि विद्यापतिले १२ वर्षसम्म बसेको ठाउँमा सौन्दर्यकरण गर्ने भएको छ । महोत्तरीको बनौली गाउँमा प्रदेश सरकारले १२ करोड रुपैयाँको लागतमा...

अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनाले लियो बिरामीको ज्यान

सप्तरी । उपचारका लागि बिराटनगर जाँदै गरेका एक बिरामी चढेको एम्बुलेन्स दुर्घटनामा पर्दा उनको बाटोमै मृत्यु भएको छ । दुर्घटनामा मृतक परिवारका तीन जना...

नेकपा सचिवालय बैठक जारी

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । यसअघि...

बेल्जियम नागरिकले झारल र नाउरको शिकार गरे

बागलुङ । ढोरपाटन शिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत...

धेरै पढिएका

प्रशासनमा आमूल सुधार अत्यावश्यक

सरकारको ध्यान प्रशासन सुधारतर्फ खासै पर्न सकेको छैन । स्थायी सरकारको रूपमा रहेको निजामती प्रशासनको आमूल सुधारबिना मुलुकको विकास र समृद्धि सम्भव छैन ।
यो पनि पढ्नुहोस   फराकिलो बन्दै नेपाली कूटनीतिक आयाम
विगतदेखि...

नेकपा कुनै पनि हालतमा फुट्दैन : झलनाथ खनाल

इलाम । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले नेकपा कुनैपनि हालतमा नफूट्नै बताएका छन् । इलामको सूर्योदय नगरपालिकामा निर्माण...

क्षतिपूर्तिसहितको नागरिक बडा पत्र कार्यान्वयनको अवस्था

सरकारको मुख्य दायित्वमध्ये नागरिकलाई सहज रूपमा सेवा सुविधा प्रवाह गर्नु हो । त्यसैले सरकार नागरिकमैत्री हुनुपर्दछ अर्थात् नागरिकसँग प्रत्यक्ष उत्तरदायि हुनुपर्दछ । लोकतान्त्रिक शासन...

पश्चिमी वायुको प्रभावले हल्का हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशका अधिकाश स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने भएको...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)