रोटरी क्लब अफ काठमाडौंद्वारा प्रसूतिगृहमा कोरोना परीक्षणका निम्ती पीसीआर ल्याब निर्माण

काठमाडौं । परोपकांर प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीका निम्ती रोटरी क्लब अफ काठमाडौंले कोरोना परीक्षणका निम्ती पीसीआर ल्याब निर्माण गरेको छ ।

प्रयोगशाला निर्माण सँगै अब त्यही अस्पतालबाट पीसीआर परिक्षणको सेवा प्राप्त हुनेछ । कोभिड–१९ परिक्षणका लागि अत्यावश्यक पीसीआर ल्याबको उद्घाटन भएसँगै सेवाग्राहीले यस्तो सेवा प्राप्त गर्ने भएका हुन् । उक्त अस्पतालको ६१ औँ वार्षिक उत्सवको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ल्याबको संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

काठमाडौँ महानगरपालिकाले गत साउन ४ गते परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई पीसीआर मेसिनसहित कोभिड–१९ का लागि अत्यावश्यक केही स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो भने रोटरी क्लब अफ काठमाडौंले ल्याब निर्माणको जिम्मा लिएको थियो । ल्याब करिब रु सात लाखको लागतमा निर्माण गरिएको रोटरी क्लब अफ काठमाडौंले जनाएको छ ।

कोभिड–१९ का बिच रोटरी क्लब अफ काठमाडौंले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दुई थान स्वाब संकलन बूथ, फ्रन्ट लाइन स्वास्थ्यकर्मीका निम्ती पिपीइ सेट, दर्जन बढी स्वास्थ्य संस्था र प्रहरी चौकीमा २४ थान मेकानिकल ह्यान्ड वास स्टेशन र पाँच सय बढी असहाय परिवारका निम्ती खाध्यान् बितरण गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 315 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनबीच ११ उपमहानगरमा किन मिलेन कुरा ?