Monday, May 17, 2021
Home बिचार सांस्कृतिक विचलनको अवस्था भयावह

सांस्कृतिक विचलनको अवस्था भयावह

,

गोंगबु बोहरा हत्याकाण्ड समाजमा झाँगिदै गइरहेको सांस्कृतिक विचलनको सिलसिलाबद्ध एक प्रतिनिधिमूलक वीभत्स घटना हो । सामाजिक मान्यता प्राप्त नभए पनि ‘लिभ इन टुगेदर’मा रहँदै आएको खुलेका उनीहरूबीच पछिल्लो चरणमा केही अप्ठेरो आइपरेको देखिन्छ । यसको कारणमा अवैध सम्बन्ध, पैसा, बार्गेनिङ, ब्ल्याकमेलिङ वा गालीबेइज्जती जेजस्ता थिए भनेर भनिए पनि आखिर यो नेपाली समाजमा पछिल्लो चरणमा मौलाउँदै गएको परम्परागत सांस्कृतिक विचलनको ध्वंसात्मक अभिव्यक्ति हो । नेपाल अब आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक तथा अन्य कुनै पनि विषयले विश्वबाट अछुतो रहेन । खुुला समाज र सामाजिक परिवेशमा चाहेर वा नचाहेरै भए पनि प्रवेश गरिसकेको छ । सोचाइ, काम गराइ, बुझाइ र हेराइका सबै हिसाबले मानिसले विश्वतिर ध्यान दिन थालिसक्यो । विश्व पनि नेपालभित्र प्रवेश गरिसक्यो । सायद यसैले होला, स्थानीयको वैश्वीकरण र विश्वको स्थानीयकरणको नारा पनि निकै लागिरहेको छ । यो स्पर्श हुनेगरी, छोइनेगरी र अनुभूत हुनेगरी राजनीतिक, आर्थिक र सांस्कृतिक रूपमा देखापरेको छ ।

राजनीतिक रूपमा सरकार, सरकारी निकाय वा प्राइभेट संस्थाहरू आत्मनिर्भर र स्वतन्त्र छैनन् । पराश्रित छन् । आर्थिक रूपमा परनिर्भर र परमुखापेक्षी हुँदै आएका छन् । सांस्कृतिक रूपमा विकृत र विचलित हुँदै आएका छन् । नेपालको आफ्नो परम्परागत मूल्यमान्यतामा धमिरो लाग्दै गएको छ । मानिस स्वतन्त्रताभन्दा पनि स्वच्छन्दताको उपयोगमा रमाइरहेका छन् । नेपाली मूल्यमान्यता दिन प्रतिदिन ह्रास आइरहेको छ । तर, नयाँ संस्कार र संस्कृति कस्तो बनाउने भन्नेमा कसैको ध्यान पुगेको देखिँदैन । पुरानो मेटिदै गएको छ, नयाँ निर्माण गरिएको छैन । ठीक यसैबेला विदेशमा हुर्किएका राम्रा आचार, विचार र संस्कारभन्दा पनि विकृत र विध्वंसक संस्कार नेपालीका लागि अनुकरणीय स्रोत बन्न पुगेका छन् । पछिल्लो चरणमा मात्र विश्वव्यापी बन्दै गएको खुला समाजमा प्रवेश गररेको नेपाल सांस्कृतिक रूपले अध्यारो भंगालोमा फस्न पुगेको छ । देशका संविधान र ऐनकानुनले विश्वव्यापी मान्यता भन्दै वडापत्र र अन्तर्राष्ट्रिय कानुन स्रोतका रूपमा अवलम्बन गर्न पुगेका छन् । तर, समाजमा प्रयोग भइआएका सामाजिक, धार्मिक तथा सांस्कृतिक मान्यताका प्रयोग यी संविधान, ऐन र कानुन अनुकूल छैनन् । कानुनमा वैयक्तिक स्वतन्त्रतालाई सर्वोपरि मानिएको छ तर नेपाली समाजमा रहेको सामाजिक तथा सांस्कृतिक मान्यता भने वैयक्तिक स्वतन्त्रता अनुकूल छैन । परिवार र समाजले वैयक्तिक स्वतन्त्रतामाथि बलियो अंकुश लगाएर घुमाइरहेकै छ ।

यही असंगतिपूर्ण परिस्थितिका कारण समाजमा वीभत्स हत्याका घटनाहरू घट्न पुगिरहेका छन् । गोंगबु हत्याकाण्डमा मृतक कृष्णबहादुर बोहराको हत्यामा संलग्न कल्पना मुडभरीका बाध्यताका पछाडि खुला हुँदै गएको समाज र पुराना सांस्कृतिक मूल्यमान्यताको असंगतिपूर्ण उपस्थितिले काम गरिरहेका छन् । सायद लोग्ने विदेशबाट फर्कने अवस्था बनिरहनु, यता बोहरासँगको सम्बन्धका कारण गोपनीयता खुल्दै जानु, समाजमा सम्बन्ध विच्छेदलाई नकारात्मक रूपमा लिइनु, नयाँ विवाहलाई हेयका दृष्टिले हेरिनु, बोहराका पनि दुईदुई जना पत्नी हुनु, साना छोराछोरीले गर्दा असहज दायित्वबोध हुनु र यस्तो अवस्थामा या त आफू आत्महत्या गर्नु वा अर्कोलाई मार्नुभन्दा विकल्प नरहनुजस्ता बाध्यताहरू देखिएका छन् । यो नेपालको वर्तमान सांस्कृतिक संक्रमणको डरलाग्दो अभिव्यक्ति हो । यस्ता अभिव्यक्ति अस्वीकृति, अपाच्य, निषेध, विचलन र ध्वंसमा परिणत हुने गर्दछन् । यो रोक्न वर्तमान नेपाली समाजमा स्वीकृत हुनेगरी नयाँ व्यावहारिक संस्कारको निर्माण जरुरी छ ।

(Visited 88 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

कोरोना संक्रमणबाट सञ्चारकर्मी पौडेलको निधन

पोखरा । पोखराका कुशल संचारकर्मी गणेश पौडेलको निधन भएको छ । गण्डकी टेलिभिजनका प्रबन्ध निर्देशक पौडेलको बिहीबार बिहान गण्डकी मेडिकल कलेजमा उपचारक्रममा निधन भएको...

सुनसरीमा सेना परिचालन

इटहरी । सुनसरीमा सेना परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातिदेखि जेठ १५ गतेसम्म लागू हुनेगरी फलफूल, तरकारी, माछामासु तथा दूध डेरी...

सर्वोच्च अदालतमा पुनः सेवा शुरु, जरुरी रिट निवेदन र सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतले कोरोनाको दोस्रो लहरसँगै बन्द भएका केही सेवा पुनः शुरु गर्ने भएको छ । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सम्पूर्ण न्यायाधीशको आज बसेको पूर्ण...

हडपिएको आठ रोपनी जग्गा १२ वर्षपछि सरकारकै नाममा

काठमाडौं अनामनगरस्थित धोबीखोलासँगैको करिब आठ रोपनी व्यक्तिको नाममा दूषित दर्ता भएको जग्गा सरकारको नाममा मालपोत कार्यालय डिल्लीबजारले फिर्ता ल्याएको छ । १२ वर्षदेखि व्यक्तिको...

नायिका श्वेतालाई साेक, काेराेना संक्रमणबाट श्रीमानकाे निधन

काठमाडाैं । नायिका श्वेता भट्टराइकाे श्रीमान मिलन सापकाेटाकाे काेराेना संक्रमणबाट निधन भएकाे छ । चलचित्र ‘रिदम, ब्ल्याकमेल, प्रोड्यूसर’ लगायतका चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी  स्वेताका...

ट्रेन्डिङ

हतियारसहित एक जना युवक पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिकामा हतियार सहित एक जना युवकलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० भुडामा ससस्त्र...

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका ६ जनामा कोरोना संक्रमण

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सेफ क्वारेन्टाईनमा बसेका ६ जनामा संक्रमण...

मजबुद सहकारी अभियान

नेपालको सहकारी अभियानले ६४ वर्षको अवधिमा आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणको क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्न सफल भएको छ । त्यति मात्र होइन, देशको...

चीनमा कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या २ हजार ११८ पुग्यो

बेइजिङ । कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार ११८ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बिहीबार जनाएका छन् । गत वर्षको अन्त्यमा...

दोस्रो टेस्ट इंग्ल्यान्डको पक्षमा

लन्डन । वेष्ट इंडीज विरुद्धको दोस्रो टेष्ट म्याचमा इंग्ल्याण्ड ११३ रनले विजयी भएको छ । ओल्ड ट्राफोर्डमा हिजो पाँचौं दिनको खेल सम्पन्न हुँदा घरेलु...

सुस्मिता २४औं स्थानमा

काठमाडौं । नेपालकी सुस्मिता नेपालले प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगिताको महिला १० मिटर एयर राइफलमा समग्रमा २४औं स्थान प्राप्त गरेकी छन् । एसियाली सुटिङ महासंघको...

कोरोना कहरबीच देवघाट आए तीर्थालु

नवलपुर । कोरोना कहरकै बीच आज साउनको पहिलो सोमबार पूजाआजा गर्न भक्तजन देवघाटधाम आएका छन् । देवघाट क्षेत्र विकास समितिले नदी स्नान र पूजाआजा...

अज्ञात समुहद्वारा जेसीबीमा आगजनी, एक करोडको क्षति

तुलसीपुर । गएराति अज्ञात समूहले तुलसीपुरको ग्वारखोलामा पार्किङ गरी राखेको अनटेष्ट जेसीबी आगजनी गरेको छ । आगजनीबाट जेसीवी पूर्णरुपमा क्षति हुँदा करिब एक करोड...

सुदूरपश्चिम प्रदेशमा  कर्मचारी अभावले दैनिक काम प्रभावित

  धनगढी  । सुदूरपश्चिम प्रदेशमा कर्मचारी अभवमा दैनिक काम प्रभावित हुने गरेको छ । लामो समयदेखि माग बमोजिम संघीय सरकारले कर्मचारी समायोजन गर्न नसकेपछि दैनिक...

जापान निवासी सबैले कोरोनाको खोप निःशुल्क पाउने

टोकियो । जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन...

महामारीविरुद्ध एकजुट महाशक्ति राष्ट्रहरू

विश्वका महाशक्ति राष्ट्र अमेरिका र चीन हालैको टेलिफोन वार्तापछि एकापसमा मिलेर कोरोना सक्रमणविरुद्ध लड्ने कुरामा सहमत हुँदा विश्वभर सकारात्मक सन्देश गएको छ ।...

इलाममा एक वृद्धको शव फेला

इलाम । इलाममा एक बृद्ध मृत फेला परेका छन् । चुलाचुली ५ स्थित रतुवा खोलामा मृत अवस्थामा वृद्धको शव फेला परेको हो । खोलाको ढुंगामा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)