Monday, May 17, 2021
Home प्रदेश प्रदेश ३ बाह्रविसे नगरपालिकाले भन्यो- स्वाब संकलनमा सहयोग गर्नुहोस्

बाह्रविसे नगरपालिकाले भन्यो- स्वाब संकलनमा सहयोग गर्नुहोस्

,

सिन्धुपाल्चोक । अस्पतालमा मृत्युपछि कोरोना पुष्टि भएका बाह्रविसे नगरपालिका–४ का ८४ वर्षीय खडगबहादुर बस्नेतको परिवारलाई स्वाब संकलन गरेर परीक्षणमा सहयोग गर्न बाह्रविसे नगरपालिकाले औपचारीक रुपमा नै आग्रह गरेको छ ।

पुर्व सूचना तथा सञ्चार मन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको बुबाको उपचारको क्रममा साउन २२ गते शिक्षण अस्पतालमा मृत्यु भएको थियो । अस्पतालले दुवै मृगौलाको ड्यामेज भएर मृत्यु भएको जानकारी गराएपछि बस्नेतले बुबाको शबलाई बाह्रविसेमा ल्याएर अन्त्येष्टी गरेका थिए । निधनपछि बस्नेतमा कोरोना देखिएपछि आफन्तहरुको स्वाब संकलनका लागि स्वास्थ्य कार्यालयको टोली बुधबार बाह्रविसे नगरपालिकाको पलातीमा पुगेको थियो ।

स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईंसहित पुगेको स्वास्थ्यकर्मीहरुको टोलीले स्वाब संकलनमा सहयोग गर्न आग्रह गरेपनि बस्नेत परिवारले अस्पतालले झुटो प्रचार गरेकाले आफुहरु स्वाब नदिने भन्दै स्वाब दिएका थिएनन् ।

कोरोना पोजेटिभ देखिएको मृतकका परिवारले नै स्वाब दिन अस्वीकार गरेपछि बाह्रविसे नगरपालिकाले बिहीबार विज्ञप्ति प्रकाशित गर्दे स्वाब दिन नमान्दा मृत्यु संस्कारमा सहभागी भएका मलामीहरु र नगरबासिमा समेत त्रास कायम भएकाले स्वाब दिएर सहयोग गर्न मेयर निमफुञ्जो शेर्पाले आग्रह गरेका छन् ।

मृतकका आफन्तहरुले स्वाब दिन नमान्दा सामाजिक रुपमा गलत नजिर स्थापित हुने र मुलुकको संक्रमणकालिन कानुनी व्यवस्थालाइ समेत आकर्षित गर्ने अवस्था बनेकाले स्वाब संकलनमा सहयोग गर्न मेयर शेर्पाले आग्रह गरेका छन् ।

उपचारको क्रममा अस्पतालमा बिरामीको निधन भएको र कोरोना पोजेटीभ देखिएको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको हो, मन्त्रालय र अस्पतालप्रति मृतकका परीवारको केही मतभेद वा गुनासाहरु हुन सक्दछन । केही मतभेद भए अस्पताल र मन्त्रालयसँग समन्वयका लागि यस नगरपालिकाको तर्फबाट सबै सहयोग गर्ने प्रतिबद्धता पनि गर्दछौ नगरपालिकाले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ ।

एउटा जिम्मेवार राजनीतिक दलको नेतापनि मृतकको परिवारमा भएकाले बाह्रबिसे नगरबासी र आम जिल्लाबासीको स्वास्थ्य प्रति सम्वेदनशिल हुदै स्वाब संकलन कार्यमा सहयोग गर्नका लागि हामी विनम्रतापुर्वक आग्रह गर्दछौ मेयर शेर्पाले हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ ।

नगरपालिका आम नगरबासीको जिम्मेवार बन्दाबन्दै पनि केहि ब्यक्ति, परिवार तथा समुदायले महामारीको विषयलाई कमजोर पार्न खोज्दा आगामी दिनहरुमा थप समस्याहरु समेत आइपर्न सक्ने हुनाले सबैमा संयमित सचेत र सुरक्षित रहन आग्रह गर्दै सबै बाट जिम्मेवारी पूर्ण सहयोगको अपेक्षा गर्दछौं विज्ञप्तिमा भनिएको छ ।

बस्नेत परिवारले भने अहिले आफुहरु हिन्दुशास्त्र अनुसार बुबाको किरीयाकर्ममा बसेकाले १३ ओ दिनपछि मात्रै स्वाब दिने बताएका छन् । हाम्रा नजिकका आफन्तहरुले दिनु भएको छ, केहीको रिपोर्ट नेगेटिभ आइसकेको छ, धर्मगुरुहरुसँग सरसल्लाह गरेर स्वाब दिन्छौं’, बस्नेतका परिवारले भनेका छन् ।

(Visited 375 times, 1 visits today)
Loading comments...

आजको समाचार

१ लाख संक्रमित घरमै

निर्देशिका भन्छ, बिरामीको नियमित अनुगमन काठमाडौं । देशभर १ लाख २ हजार ४ सय ५५ कोरोना संक्रमित घरमै छन् । सरकारले उनीहरूको अवस्थाबारे चासो...

साताका लोकप्रिय समाचार

प्रधानमन्त्री ओली गफमै सिमित हुन्छन् कि काम पनि गर्छन् ?

काठमाडौं । मुलुकको ४२औं प्रधानमन्त्री नियुक्त केपी शर्मा ओलीसामु राजनीतिक, संवैधानिक, नैतिकदेखि कोरोना महामारी चुनौतीका रूपमा चाङ लागेका छन् । गत २७ वैशाखमा संसद्मा विश्वासको...

झण्झटिला प्रक्रिया छोट्याएर नागरिकको जीवन रक्षा गर्नुस् : प्रधानमन्त्री

काठमाडाैं ।  कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र(सिसिएमसी)ले महामारीविरुद्ध लड्न थप केही कानूनी संरचना आवश्यक भएको महसुस गर्दै तर्जुमाका लागि गृहकार्य गर्न कानून, न्याय तथा...

अस्पतालकाे भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

भजनी ।  कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा...

युभेन्टसका रोनाल्डोको अर्का कीर्तिमान

टुरिन । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाएको खेलमा युभेन्टसले इटालियन सिरी ‘ए’ मा सासुओलोलाई ३–१ ले पराजि गरेको छ । रोनाल्डोले सासुलोविरुद्ध एक...

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

ट्रेन्डिङ

निजी क्षेत्रलाई विमानस्थल बनाउन र सञ्चालन गर्न दिइने

काठमाडौं । मुलुकमा सर्वसुलभ हवाई यातायात सेवाको विकास गरी राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण हिस्साका रूपमा विकास गर्ने लक्ष्य लिएको सरकारले अब निजी क्षेत्रले पनि विमानस्थल...

अग्रवाललाई धरौटीमा छुटाउन अनेकौं प्रयास

काठमाडौं । कोरोना संक्रमणबाट बच्न सरकारले चार्टर गरेर चीन पठाएको विमानमा सेटिङ मिलाउँदै व्यक्तिगत सामान ल्याएर बढी मूल्यमा बेच्ने शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई...

ओली समूह नेकपाको आज काठमाडौंमा जनप्रदर्शन

काठमाडौं । नेकपा ओली समूहले आज शुक्रबार राजधानी काठमाडौंमा वृहत् जनप्रदर्शन गर्दै छ । ‘ट्राफिक जाम नहोस्’ भनेर सभा आयोजनास्थल नारायणहिटी दरबार संग्रहालय दक्षिण...

घुस लिएको अभियोगमा इञ्जीनियर पक्राउ

बलेवा । बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जीनियर मिलन अधिकारी एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् । उनलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले...

स्थानीय तहको केन्द्र विवादले विकास प्रभावित

गुल्मी । गुल्मीका स्थानीय तहले केन्द्र टुङ्गाउन नसक्दा विकास निर्माण प्रभावित भएको छ । केन्द्र तथा प्रदेशबाट आउने अनुदान तथा भौतिक संरचना निर्माणका योजनाहरु...

सत्तामा निर्णायक कांग्रेस

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै बनेको नयाँ राजनीतिक ‘कोर्स’मा नेपाली कांग्रेस निर्णायक देखिने भएको छ । संसद् विघटनको निर्णय बदर भएर...

सिद्धार्थ राजमार्ग चैत १ देखि दैनिक ८ घण्टा बन्द हुने

रामपुर । पाल्पा–बुटवल सडकखण्डअन्तर्गतको सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ । राजमार्गको घुम्ती कटान गरेर सडक स्तरोन्नति गर्न आगामी चैत १...

इलाम नगरपालिकाको क्वारेन्टाइन भोलिदेखि बन्द

इलाम । इलाम नगरपालिकाको बसपार्कमा रहेको क्वारेन्टाइन अर्को निर्णय नभएसम्मका लागि बन्द गरिएको छ । कोरोना संक्रमण नियन्त्रण गर्नका लागि बनाइएको क्वारेन्टाइन अर्को निर्णय...

घाँस काट्न गएकी बालिकामाथी यौन दुर्व्यवहार

काठमाडौं । ८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा कञ्चनरुप नगरपालिका–११ बस्ने २४ वर्षीय दिपक गाईनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । घाँस काटन...

अहिलेसम्मकै धेरै ४ हजार ३६४ जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टाको अवधिमा हालसम्मकै उच्च कोराना सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा १८ हजार ४७३ जनामा गरिएको पिसिआर परीक्षणमा ४...

उपत्यका र नेपालगन्जलाई अस्वस्थ वायुले एक्कासी कसरी ढाक्यो ?

काठमाडौं । मौसममा आएको परिवर्तनसँगै मुलुकभर प्रदूषणको मात्रा बढेको पाइएको छ । मंगलबार उपत्यका र नेपालगन्जको वायु मानव स्वास्थ्यमा गम्भीर असर पु-याउनेसम्मको स्तरमा पुगेको...

पुँजीगत खर्च वृद्धिका सूत्रहरू

चालू आव २०७७-७८ का लागि संघीय सरकारको कुल बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रूपैयाँ रहेको छ । यसमा पुँजीगत बजेटको आकार ३...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)