Thursday, May 6, 2021
Home Editor-Picks यी दुई जलविद्युतमा लगानी गर्नेले पेन्सन पाउने

यी दुई जलविद्युतमा लगानी गर्नेले पेन्सन पाउने

,

काठमाण्डौं । ताप्लेजुङमा निर्माण हुने धुन्सा खोला र सिम्बुवा खोला जलविद्युत आयोजनामा रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपालीको शेयर प्रतिशत यसअघि प्रस्ताव गरिएभन्दा बढ्ने भएको छ ।

ती दुवै आयोजनाको निर्माण र सञ्चालनको जिम्मेवारी जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) को सहायक कम्पनी रेमिट हाइड्रोलाई दिइएको छ । विदेशमा बस्ने नेपालीले पठाउने विप्रेषण (रेमिट्यान्स) को रकमसमेत लगानी गर्ने गरी ७७.५ मेगावाटको धुन्सा र ७०.३ (संशोधित) निर्माण गर्ने गरी ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले कम्पनीमार्फत निर्माण प्रक्रिया अघि बढाएको हो ।

‘विदेशमा बस्ने नेपालीका लागि अहिले प्रस्तावित शेयर कम भएको महसुस भएको छ । यसलाई बढाएर कम्तीमा इच्छुकले प्रतिव्यक्ति पाँच लाख लगानी गर्न सक्ने व्यवस्था मिलाइयो भने त्यसैबाट आउने मासिक आम्दानीले उसको घर चल्छ र फेरि विदेश जानुपर्ने बाध्यता हट्छ’, : उर्जामन्त्री

जनताको जलविद्युत आयोजना कार्यक्रम सञ्चालन तथा व्यवस्थापन समितिको बैठकमा शुक्रबार ऊर्जा, जलश्रोत ताथ सिंचाइमन्त्री वर्षमान पुन अनन्तले रेमिट्यान्सको लगानी प्रतिशत वृद्धि गर्ने प्रक्रिया अघि बढाउन आयोजना निर्माणको जिम्मा पाएको एचआइडीसीएललाई निर्देशन दिए । ती दुवै आयोजनाका लागि यसअघि ३० प्रतिशत लगानी रेमिट्यान्स र बाँकी ७० प्रतिशत बैंक तथा वित्तिय संस्था, विकास साझेदार, स्थानीय बासिन्दा र सर्वसाधारण लगायतबाट रकम जुटाउने गरी लगानी अवधारणा तयार पारिएको थियो । विदेश बस्ने प्रत्येक नेपालीले ५ लाख रुपैयाँ लगानी गर्ने गरी मोडालिटी तयार पार्न मन्त्री पुनले निर्देशन दिएका छन् । ‘विदेशमा बस्ने नेपालीका लागि अहिले प्रस्तावित शेयर कम भएको महसुस भएको छ । यसलाई बढाएर कम्तीमा इच्छुकले प्रतिव्यक्ति पाँच लाख लगानी गर्न सक्ने व्यवस्था मिलाइयो भने त्यसैबाट आउने मासिक आम्दानीले उसको घर चल्छ र फेरि विदेश जानुपर्ने बाध्यता हट्छ’, मन्त्री पुनको भनाइ थियो ।

उनले धुन्सा र सिम्बुवाखोला आयोजना निर्माणको लगानी मोडेल नै रेमिट्यान्स भएकाले बढीभन्दा बढी विदेशमा रहेका नेपालीलाई त्यसमा समेट्नुपर्ने स्पष्ट पारे । हाल विदेशमा रहेकाहरुले स्वदेश फर्केपछि पेन्सनकै रुपमा नियमित आम्दानीको श्रोत हुने भएकाले उनीहरुको लगानी बढाउनुपर्नेमा मन्त्री पुनको जोड थियो । बैठकमा मन्त्री पुनले दुईमध्ये कुन आयोजनामा कुन देशमा बस्नेले लगानी गर्ने भन्नेबारे पनि निक्र्यौल गर्न कम्पनीलाई निर्देशन दिए । ‘संसारका जुनसुकै देशमा रहेका नेपालीले लगानी गरुन, तर दुई आयोजनामध्ये कुन आयोजनामा कुन देशमा रहेकाले लगानी गर्ने भन्नेबारे टुंगो लगाउनूस् ।’

ती दुवै आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन र वातावरणीय प्रभाव अध्ययन मूल्याङकन (इआईए) को प्रक्रिया अन्तिम चरणमा छ । आयोजनाको लगानी स्वीकृतिका लागि लगानी बोर्डमा पठाइएको कम्पनीका तर्फबाट बैठकमा जानकारी दिइएको थियो । दुवै आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद/बिक्री सम्झौता गर्न भने बाँकी छ । दुवै आयोजना निर्माणका लागि कूल २१ अर्ब रुपैयाँ लगानी हुने सम्भाव्यता अध्ययनले देखाएको छ ।

बैठकमा मन्त्री पुनका साथै ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, जलश्रोत तथा सिंचाई मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, उर्जा मन्त्रालयका प्रवक्ता सह–सचिव प्रवीणराज अर्याल, जनताको जलविद्युत आयोजना कार्यक्रमका संयोजक सह–सचिव मधुप्रसाद भेटवाल, विद्युत विकास विभागका महानिर्देशक नवीन सिंह, सिंचाई विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारी, विद्युत उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनराज पन्त, राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवाली र एचआइडिसीएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेल लगायत थिए ।

(Visited 448 times, 1 visits today)
Loading comments...

आजको समाचार

उपत्यकामा निषेधाज्ञा झनै कडाइ

काठमाडौं । उपत्यकाका तीन जिल्लामा गत १६ वैशाखबाट जारी निषेधाज्ञा झनै कडाइसहित एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला...

कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८६५९ मा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा

पछिल्ला दिनमा कोभिड १९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योगहरु बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सूचारु कायम राख्न हाम्रा उद्यमीहरुले...

एक सातामै २ सय २३ को मृत्यु

काठमाडौं । एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा...

देवघाटमा दोब्बर शव

चितवन । देशैभर कोरोनाको सङ्क्रमण बढिरहेको बेला पवित्र तीर्थस्थल देवघाटधाममा अन्तिम संस्कारका लागि ल्यााउने शवको सङ्ख्या दोब्बरभन्दा बढी भएको छ । सङ्क्रमितको शव बागेश्वरीमा...

साताका लोकप्रिय समाचार

आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक आज बस्दैछ । पदाधिकारी बैठक हिजोका लागि तय गरिएको भए पनि केही पदाधिकारीको स्वास्थ्यमा समस्या देखिएको...

करेला बेच्दै केटी फकाउँदै दीलिप रायमाझी

काठमाडौं । कोरोना संक्रमणको महामारी फेरि सुरु भएसँगै केही दिन यताबाट काठमाडौंसहित मुलुकका थुपैै जिल्ला लकडाउन छन् । जसका कारण नेपाली चलचित्र उद्योग ठप्प...

अति आवश्यक नपरी घरबाहिर ननिस्कनू : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले अति आवश्यक नपरी घरबाहिर ननिस्कन र यात्रा नगर्न सर्वसाधारणमा आग्रह गरेको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा बिहीबार जारी...

बाँकेमा एकै रातमा चार सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा भर्ना भएका थप चार कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका तीन र एक बर्दियाका रहेको...

संक्रमण फैलिने दर डरलाग्दो

कोरोनाले स्वास्थ्य प्रणाली थेग्नै हम्मेहम्मे काठमाडौं । देशभर दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि गम्भीर प्रकृतिका संक्रमितले शय्या पाउन हम्मेहम्मे पर्दै गएको छ ।...

ट्रेन्डिङ

१० वर्षिया बालिका बलात्कार गरेर भागेका मुखिया १३ वर्षपछि पक्राउ

राजबिराज, सप्तरी । १० वर्षिया बालिका बलात्कार गरेको आरोपमा अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी १३ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन हुने

काठमाडौं । यातायात व्यवसायीहरुले बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै बिहीबारदेखि सार्वजनिक सवारी...

विरहीले ल्याए निबन्धसंग्रह ‘सत्ता र स्वप्नदोष’

काठमाडौं । कवि तथा निवन्धकार रेशम विरही यतिबेला नयाँ निबन्धसहित पाठकमाझ आएका छन् । यसपटक उनले निबन्धसंग्रह ‘सत्ता र स्वप्नदोष’ बजारमा ल्याएका हुन् ।...

बृद्ध मानिस हराए

ललितपुर । काठमाडौं फर्पिङ नगरपालिका वडा नम्बर ७ कोपुका एक मानिस हराएका छन् । गएको जेठ १९ गते सोमबारदेखी आफ्नै घरबाट निस्किएका ६५ वर्षका...

पत्रकार बर्माको निधन

काठमाडौं । धादिङका ७९ वर्षीय पत्रकार सीताराम बर्माको निधन भएको छ । बर्माको उपचारको क्रममा गए राति काठमाडौंस्थित किष्ट अस्पतालमा निधन भएको हो । बर्माले...

निशान र विन्दुकाे ‘चार कोठे मुटु’

काठमाडौं । गायक निशान भट्टराई र गायिका विन्दु परियारको स्वरमा रहेको नयाँ गीत ‘चार कोठे मुटु’ को भिडियो सार्वजनिक भएको छ । बुढासुब्बा डिजिटलको...

को पुग्ला निजामती सेवाको सर्वोच्च पदमा ?

काठमाडौं । निजामती क्षेत्रको सर्वोच्च पद मुख्य सचिव बन्न सरकारका वरिष्ठ सचिवहरूको दौडधुप सुरु भएको छ । मुख्यसचिव लोकदर्शन रेग्मीको तीन वर्षे कार्यकाल सकिनै...

जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम नहुन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानव समुदाय नै संकटमा रहेको समयमा जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम हुन नसक्ने बताएका छन् । कोभिड–१९...

फिल्डमा खटिने पत्रकारलाई पिपिई

काठमाडाैं । नेपाल वातावरण पत्रकार समुहले कोभिड १९ जोखिम बढेको भन्दै फिल्डमा खटिने पत्रकारहरुलाई पिपिई (व्यक्तिगत सुरक्षा सामाग्रि) उपलब्ध गराएको छ । कृयाशील ३० जना...

पिसाब फेर्ने बहानामा बाँकेको आईसोलेशनबाट कोरोना संक्रमित फरार

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–२ को श्रीमाध्यमिक विद्यालय जोगागाउँ आइसोलेशन सेन्टरमा बसेका कोरोना संक्रमित आईसोलेशन सेन्टरबाट भागेका छन् । नेपालगन्ज उपमहानगरपालिका १२ कोरियनपुरका ३५ वर्षिय...

तनहुँमा ७२ जुवाडे पक्राउ

तनहुँ । तनहुँमा विभिन्न स्थानबाट गरी प्रहरीले चाडपर्वको समयमा हालसम्म ७२ जना जुवाडेलाई पक्राउ गरेको छ । दशैँअघिदेखि शनिबारसम्म जुवाखालबाट प्रहरीले रु सात लाख...

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)