स्क्रब टाइफसबाट बझाङमा एक महिलाको मृत्यु

सांकेतिक तस्वीर

बझाङ । कोरोनाभाइरस महामारीको सन्त्रास फैली रहेका बेला बझाङमा पहिलो पटक फेरी एउटा नयाँ रोग देखिएको छ । स्क्रब टाइफसबाट बिहीबार एक महिलाको मत्यु भएपछि समुदायमा यो रोगको पनि त्रास फैलिएको छ ।

दुर्गाथली गाँउपालिका वडा नम्बर एक घर भएकी २२ बर्षीया एक महिलाको स्क्रब टाइफस रोगबाट बिहिबार निधन भएको जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले बताएछन् । उनले भने, ‘बिरामी महिला एक हप्ता अघिदेखि बिरामी भएर गाउँकै क्लीनिकको उपचारले निको नभएपछि गम्भिर अवस्थामा जिल्ला अस्पताल ल्याइएको थियो ।’ उनको उपचारका क्रममा निधन भएको हो ।

अस्पतालमा ल्याब परिक्षण गर्दा मृतक महिलामा स्क्रबटाईफस पुष्टि भएको थियो । जिल्ला अस्पतालका डाक्टरहरुका अनुसार यो रोग बझाङमा पहिलो पटक देखा परेको छ । किर्ना प्रजातीले टोकेमा लाग्ने यो रोगको लक्षण उच्चज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, शरिरमा स साना विविरा आउने, हात खुट्टा दुख्ने , दिउसो ठिक भएपनि राति बढी ज्वरो आउने लक्षण रहेने गरेको बताइएको छ ।

जिल्लामा एक साता यता मात्रै यो रोग नौ जनामा देखिएको डाक्टर खड्काले बताए । उनका अनुसार अहिले यो रोगको प्रकोप जिल्लाको जयपृथ्वी नगरपालिका, खप्तडछान्न गाँउपालिका, थलारा गाँउपालिका, दुर्गाथली गाँउपालिका र मष्टा गाँउपालिकामा देखा परेको छ । अहिले योरोग लागेका एक जनाको जिल्ला अस्पतालमा उपचार भै रहेको र अन्य बिरामी उपचारपछि घर फर्किसकेको उनको भनाई छ ।

यसबाट बच्नका लागि जिल्ला अस्पतालले व्यक्तिगत र घरआगन सरसफाइमा जोड दिने, पशुचौपाया, मुसाहरुबाट बच्ने, ओसीलो ठाँउमा बस्दा वा काम गर्दा शरीर कपडाले ढाक्ने सुझाबहरु दिने गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 411 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
१२ स्थानीय तहको मतपरिणाम सार्वजनिक (सूचीसहित)