बुटवलमा कोरोनाको रिपोर्ट आधा घण्टामै !

बुटवल । बुटवलमा दु्रत गतिमा कोरोना जाँच गर्ने सेवा सुरू भएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ३० मिनेटमै कोभिड–१९ को परीक्षण गर्न सकिने द्रुत परीक्षण सेवा शुक्रबारबाट सुरू गरिएको हो । अस्पतालको आकस्मिक कक्षमा भर्ना हुन आउने गम्भीर प्रकृतिका बिरामीमा भर्नापश्चात् कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि यस्तो सेवा शुरु गरिएको हो ।

द्रुत परीक्षण सेवाको प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले मेसिनबाट आफनै स्वाब परीक्षण गरी सेवा सुरू गरे । नेपाल सरकार राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत उपलब्ध जिन एक्सपर्ट मेसिनलाई अपडेट गरी अस्पतालमा एक्सपर्ट एक्सप्रेस सार्स कोभ–टु परीक्षण सेवा सुरू गरिएको प्रादेशिक अस्पतालले जनाएको छ ।

सामान्य पीसीआर परीक्षणको समावधि ढिला हुँदा उपचार समस्या भएको गुनासो आइरहेको बेला यो मेशिनबाट सहयोग मिल्ने उनले बताए । सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम ब्यवस्थापक निमबहादुर सिहले यो विधि निक्कै प्रभावकारी र गुणस्तर भएको दाबी गरे ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.राजेन्द्र खनालले मेशिनबाट कोरोना भाइरसका संकास्पद बिरामीको रिपोर्ट पोजेटिभ भए ३० मिनेट र नेगेटिभ भए ४५ मिनेटमा नै उपलब्ध हुने हुँदा यो धेरै प्रभावकारी भएको बताए । अस्पतालका अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले अस्पतालमा धेरै सेवाहरु बृद्धि गरिएको बताए । भौतिक संरचनादेखि सेवा बिस्तारमा आफुले जोड दिएको उनले दाबी गरे ।

प्रदेशमा पाँचमा कोरोना भाइरसका जटिल र लक्षण देखिने बिरामी बढेको भन्दै सर्तक र सुरक्षित रहनुपर्ने अवस्था छ । अस्पतालका बिआर टिभी क्लिनिङ ईन्चार्ज सत्यराज शाक्यले क्षयरोगी र एचआईभी संकमितलाई पहिलो प्राथमिकता राखेर सेवा दिइने बताए । अन्य मेशिनको तुलनामा यसले छिटो रिर्पोट दिने हुँदा प्रभावकारी भएको उनले बताए । यो निशुल्क सेवा भएको उनले बताए । एक घण्टामा ४ जनाको परिक्षण गर्न सकिने उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 132 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

धनुषामा एक महिलाको शब खेतमा, टाउको खोलामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’