‘लोकदोहोरी प्रतिष्ठानले समान व्यवहार गरेन’

काठमाडौं । गत महिना गायक दुर्गेश थापाले केही केटाहरू जम्मा परेर तीज गीतको नाममा भिडियो बनाए । उनले तीज गीत भन्दै बीचबीचमा–३ ल्याएका थिए । जसमा केटाहरूले तीज भन्दै प्यारोडी गीत गाएका त थिए नै । सो गीतमा दुर्गेशसहित विभिन्न मोडल केटाहरू नै सारी लगाएर नाचेका थिए ।

नारीहरूको तीज पर्वमा हस्तक्षेप भएको भन्दै आशिष म्युजिक कम्पनीले दुर्गेशको गीतको प्रतिकारस्वरूप नयाँ राँची पठाइदेऊ…बजारमा ल्यायो । यो गीतलाई गायिका तथा मोडल ज्योति मगरले गाएकी हुन् ।

‘तीजका गीत गाउने, फूर्ति मात्र लाउने
केटालाई राँची पठाइदेऊ…’

यो गीत आएपछि धेरैले दुर्गेशको टक्करमा ज्योति मगर उत्रिएको टिप्पणी गरे । यो गीत आफूले गाउनुको कारण’bout राजधानीसँग ज्योतिले भनिन्, ‘म गीत गाउने कलाकार भएकीले मलाई गायनको प्रस्ताव आयो । अनि मैले यो गीत गाएँ, रकमा केही मौलिक बाजासमेत प्रयोग गरेर भिडियो पनि बनाइयो,’ उनले अगाडि थपिन्, ‘मैले दुर्गेशलाई टक्कर दिएको पनि हैन र यहाँ कसैले कसैलाई रोक्न पनि सकिँदैन । कलाकार–कलाकारबीच आरोप–प्रत्यारोपभन्दा पनि मलाई आएको प्रस्तावलाई स्वीकार गर्दै गीत गाएकी हुँ ।’

गायिका ज्योतिलाई तीज गीतले हिट बनाएको हो । उनले एक समय अभिनय गरेको तीज गीत ढाडे बिरोल…, लुते… बिरालोजस्ता गीतका भिडियो साह्रै मन पराइयो । गायनसँगै यी गीतको भिडियोबाट मोडलको रूपमा समेत चर्चा कमाएकी ज्योतिको स्वरमा यस वर्ष तीन वटा तीज गीत बजाएमा आएको छ ।

जसमा राँची पठाइदेऊ…, तीज ब्याटर… र असारको महिना… हुन् । उनले गायिका प्रीति आलेसँग गाएको तीज ब्याटल गीतको बोल गिलास ठोक्काउनेलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले कालोसूचीमा समेत राख्यो । गीतले तीजको नाममा मद्यपानलाई प्रोत्साहन गरेको आरोप लाग्यो । गीतको भिडियोको थम्बेलसहित केही दृश्य परिवर्तन गरेर युट्युबबाट रिलिज गरियो । सेलरोटी पकाउने…आफूले अभिनय मात्र गरेको गीत भएको पनि ज्योतिले राजधानीलाई बताइन् ।

यस्ता गीत गाएरै गायिका ज्योति विवादमा आइन् । यसमा पनि आफू दोषी नरहेको यी गायिकाको दाबी छ । ‘आर्थिक मन्दिका कारण मैले आफ्नो लगानीमा यसपटक तीजमा एउटा गीत पनि बजारमा ल्यउन सकिनँ । राँची पठाइदेऊ…, तीज ब्याटल…, असार महिना…जस्ता गीत गाउनका लागि राम्रो पारिश्रमिक दिइयो,’ त्यसैले आफूले यी गीतहरू गाउनुका साथै मोडलिङ गरेको पनि ज्योतिले बताइन् ।

तीजमा पिउनुहुन्न भन्ने मान्यता’bout उनले भनिन्, ‘व्रत बस्नुभन्दा अघिल्लो दिन पिउँदैनन् । तर, यहाँ त तीजभन्दा १५ दिनअघिबाटै मद्यपानसहित दर खाने चलन बढेकाले त्यही संस्कृतिलाई गीत बनाइएको हुनुपर्छ ।’

उनलाई लोकदोहोरी प्रतिष्ठानप्रति पनि चित्त दुखाइ रहेछ । प्रतिष्ठानको कारबाही’bout उनले भनिन्, ‘यहाँ प्रतिष्ठानले लोकदोहोरीमा विकृति आयो भनेर कडाइ गरेको छ र त्यो राम्रो पनि हो । तर, केही व्यक्तिले जस्ता गीत ल्याउँदा पनि प्रतिष्ठानले कारबाही गरेको छैन ।’ तर, केही व्यक्तिले समाजमा देखिएका समस्यालाई गीतमार्फत उतार्दा विकृति ल्यायो भनेर कारबाही गरिएको ज्योतिको गुनासो छ । आफू पनि यस्तो समस्यामा परेको उनले बताइन् ।

तीज आएपछि एक महिनाभन्दा लामो समय व्यस्त रहने ज्योतिलाई यसपटक भने कोरोना संक्रमणका कारण फुर्सद नै फुर्सद छ । कोरोनाका कारण आफूलाई यो वर्ष कम्तीमा १० लाख रुपैयाँ घाटा भएको ज्योतिले बताइन्, ‘तीजमा देश–विदेशका स्टेज कार्यक्रमबाट मात्रै १० लाखभन्दा बढी कमाइ हुन्थ्यो । तर, यसपटक एउटा पनि स्टेज कार्यक्रम नहुँदा गुमेको छ ।’ यसपटक तीन वटा तीज गीतमा आफूले गायनसँगै मोडलिङ र थप एउटा गीतमा मोडलिङ मात्र गर्ने अवसर पाएको ज्योतिले बताइन्, ‘चैतदेखिको लकडाउनका कारण पूर्ण आर्थिक मन्दीमा थिएँ । यी चार वटा तीज गीतमा काम गर्न पाउँदा केही आर्थिक राहत मिलेको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 279 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जब प्रतिस्पर्धीलाई काँधैमा बोके विजयीले