अधिकांश व्यापारिक केन्द्रका ६० प्रतिशत पसल बन्द

काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसँगै अहिले राजधानीमा व्यापारिक चहलपहल निकै घट्न थालेको छ । सरकारले गत ६ असारबाट तीन महिना बढीको लकडाउन हटाइदिएपछि विस्तारै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा कोरोना संक्रमितको बढ्न थालेको र अहिले थप बाक्लिएर गएसँगै राजधानीका व्यापारिक चहलपहल ह्वात्तै घटेको हो ।

जसका कारण अहिले काठमाडौंका अधिकांश व्यापारिक केन्द्रका ६० प्रतिशत पसल बन्द भएका छन् भने अझै धमाधम बन्द हुने क्रममा रहेका छन् । कोरोना संक्रमण फैलिने त्रासकै कारण काठमाडांैको न्युरोड, खिचापोखरी, असन, महाबौद्ध, इन्द्रचोक, टेकु, भोटेबहाल क्षेत्रमा सञ्चालित रेस्टुरेन्ट, कपडा पसल, कस्टमेटिक पसललगायत विभिन्न वस्तु बिक्री हुने पसल धमाधम बन्द हुन थालेका हुन् ।

अहिले यी क्षेत्रभित्र सञ्चालित ठूला व्यापारिक केन्द्रमा पनि करिब ६० प्रतिशत बढी पसल÷स्टल भन्द भएको त्यहाँका स्थानीय व्यवसायीले नै जानकारी गराएका छन् । काठमाडौंको पुरानो बजार असनका मानध्वज मानन्धरले महाबौद्ध क्षेत्रका केही व्यापारी र वीर अस्पतालका डाक्टरलाई नै कारोना संक्रमण देखिएको हल्लाकै कारण अहिले यहाँका धेरै पसले पसल बन्द गरेर घरमा बस्न थालेको बताए । आफ्नो चाहिँ खाद्यान्नको व्यापार भएर मात्र दिनमा केही समय मात्र खोल्ने गरेको जानकारी गराउँदै मानन्धरले भने, ‘कोरोना लागेर बिरामी हुनुभन्दा त अब एक÷दुई साता पसल बन्द गर्दा नै उचित हुने ठानेर यहाँका धेरैले पसल बन्न गरेका होलान् ।’

गत ११ चैतदेखि सुरु भएको लामो समयको लकडाउन खुलेसँगै व्यापार बढ्ने आशामा रहेका व्यवसायी उपत्यकामा बढ्दो कोरोना संक्रमणका कारण पुनः आफ्नो व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको उनको भनाइ छ ।

हाल दैनिक संक्रमितको संख्या थपिँदै गएकाले काठमाडांै उपत्यकाभित्रका कतिपय व्यापारिक स्थलसमेत सिल गरिएका छन् । कोरोना त्रासकै कारण अहिले बजारमा निस्कने उपभोक्ता पनि पहिलोको तुलनामा निकै कम आउने गरेकाले पनि व्यापारिक चहलपहल घटेको स्थानीय व्यवसायीको भनाइ छ ।

स्थानीय व्यवसायीका अनुसार कोरोना संक्रमितको संख्या बढ्दै गएकाले हाल काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्युरोड, असन, इन्द्रचोक, महाबौद्ध सुन्धारा, भोटाहिटी, कोटेश्वर, कलंकी, गोंगबु, नक्साल भाटभटेनीलगायत अधिकांश स्थानका पसल विस्तारै बन्द हुन थालेका छन् । केही खुला भएका पसलमा पनि उपभोक्ता पुग्न छाडेपछि कारोबार न्यून भएको सम्बन्धित व्यवसायीले बताए ।

अहिले न्युरोड, खिचापोखरी, रञ्जना गल्लीलगायत क्षेत्रका ६० प्रतिशत बढी पसल बन्द छन् । संक्रमितको संख्या थपिँदै गएकाले बजारमा उपभोक्ताको उपस्थितिसमेत घट्दै गएकाले काठमाडौंका अधिकांश व्यापारिक केन्द्रहरूको व्यापार पनि घटेको पाइएको छ ।

काठमाडौंको प्रमुख पर्यटकीय बजार ठमेल, दबारमार्ग, वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्रका पसल त गत ११ चैतदेखि सुरु भएको लकडाउनदेखि अहिलेसम्म खासै सञ्चालनमा आएका छैनन् । सामान्य पसल सरसफाइको कामबाहेक यी क्षेत्रमा व्यापारिक चहलपहल देखिएकै छैन ।

नेपाल राष्ट्रिय व्यवसायी संघका अध्यक्ष नरेश कटुवालले गत ११ चैतबाट लकडाउन सुरु भएदेखि नै व्यापार व्यवसाय ठप्प भएकाले समस्यामा परेका व्यवसायी पछिल्लो अवस्थाले थप मारमा परेको बताए । अहिले पुनः आफ्ना व्यवसाय बन्द गर्नुपरेकाले थप मर्का परेको भन्दै कटुवालले भने, ‘पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै व्यापारी र व्यवसाय दुवै संकटमा छन् ।’ अहिले संघ÷प्रदेश र स्थानीय तहलगायत तीनवटै तहका सरकार अलमलमा रहेकाले समस्या थप जटिल बन्दै गएको उनको भनाइ छ ।

उनले अब सरकार र निजीक्षेत्रको समन्वय समिति गठन गरी व्यवसायीलाई बचाउने’boutमा ध्यान दिन सरकारसँग आग्रहसमेत गरेका छन् ।

इन्द्रचोकका स्थानीय कपडा व्यवसायी दीपक श्रेष्ठले संक्रमण बढ्दै गएका कारण अत्यावश्यक सामान किन्ने उपभोक्ताको मात्र उपस्थिति रहने भएकाले व्यापार व्यवसाय नै नाम मात्रको भएको बताए । उनका अनुसार गर्मी मौसमका कपडा र खाद्यान्नबाहेक शृंगार, विद्युतीय, हस्तकलालगायतका सामग्रीको बिक्री शून्य जस्तै रहेको छ ।

सामान्य अवस्थामा दैनिक लाखौंको कारोबार हुने यहाँ अहिले मुस्किलले दिनमा १-२ हजार रुपैयाँको मात्र व्यापार भइरहेको उनले जानकारी गराए । कोरोना संक्रमण फैलिने त्रासका कारण अहिले धेरै उपभोक्ता पुग्ने काठमाडौं मल, पिपुल्स प्लाजा र पार्कप्लाजा बन्द गरिएका छन् । अन्य मलमा समेत ग्राहकको संख्या घटेसँगै व्यापार पनि घट्दै गएको उनीहरूको भनाइ छ ।

जसका कारण मासिक लाखौं रुपैयाँ भाडा तिर्ने व्यापारीलाई अहिले भाडा तिर्नै कठिन भएको छ । त्यसैले हाल यहाँ केहीले त पसल छाड्ने र बिक्री गर्ने अवस्थामा पुगेको नेपाल उद्योग वाणिज्य संघ काठमाडौंकी कोषाध्यक्ष सुषमा महराले जानकारी गराइन् । महराका अनुसार हाल यहाँका व्यापारिक मलमा अहिले ५ प्रतिशत भन्दा न्यून व्यापार रहेको छ ।

अझै यो अवस्थाले कति समय लिने हो कुनै ठेगान नभएकाले अहिले यहाँका अधिकांश व्यवसायी कसरी घरभाडा तिरेर आफ्नो व्यवसाय टिकाउने भन्ने चिन्तामा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 177 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुनसरीमा २ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक, कुनमा को अगाडि ?