Sunday, June 13, 2021
Home Breaking News सवारीसाधन सुरु बिन्दुबाटै फर्काइँदै

सवारीसाधन सुरु बिन्दुबाटै फर्काइँदै

हिजो शनिबार २५५ यात्रु फिर्ता

,

काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यका भित्रने सबै नाकाबाट प्रवेशमा कडाइ गर्दै काठमाडौं आउने सवारी साधनलाई सम्बन्धित जिल्लाको सुरु बिन्दुबाटै फर्काउन थालिएको छ ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत जारी गर्ने गरिएको पास वितरण बन्द गर्दै एक जिल्लाबाट अर्को जिल्लामा हुने आवतजावतसमेत बन्द गराएपछि काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गरिएको हो ।

काठमाडौं भित्रने मुख्य नाका नागढुंगासहित साँगा, फर्पिङ, ककनी, टोखा, साँखु क्षेत्र हुँदै उपत्यका बाहिरबाट आउनेहरूलाई प्रहरीले सुरु बिन्दुमा नै रोक्न सुरु गरेको छ । यस्तै, पुराना पास देखाएर आउनेहरूलाई समेत नाकामा खटिएका सुरक्षाकर्मीले धमाधम फर्काउन थालेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले कुनै पनि बहानामा काठमाडौं उपत्यका भित्रन नपाइने गरी उपत्यका प्रवेशमा कडाइ गरिएको बताए ।

‘पुराना पास लिएर आउने र अन्य कुनै काम देखाएर बहानाबाजी गरेर आउने क्रम अझै पनि जारी छ । अब कुनै पनि बहानामा उपत्यका प्रवेश सहज छैन । पुराना पास लिएर आउँदा पनि फर्कनुपर्छ, फर्काइन्छ,’ ट्राफिक प्रहरी महाशाखाका प्रमुख ढकालले राजधानीसँग भने ।

तर बिरामी लिएर आउने एम्बुलेन्स तथा बिरामी लिएर आउने सवारी साधन, सुरक्षा तथा स्वास्थ्यतर्फका सवारी, अत्यावश्यक दैनिक उपभोग्न ढुवानी गर्ने साधनलाई भने प्रवेशमा रोक नलगाइने ढकालले जानकारी दिए ।

यसैगरी, चार्टर उडानमार्फत विदेश जान हिँडेकाहरूलाई समेत कागजात हेरेर पठाइने गरिएको छ । बाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एसपी प्रकाश रानाभाटका अनुसार अत्यावश्यकबाहेकका सवारी साधनलाई प्रवेशको सुरु बिन्दुमा नै रोकिएको छ । आवश्यकता पुष्टि नभई आउनेहरूलाई भने सुरक्षाकर्मीले धमाधम फर्काइरहेका छन् । यस्तै, अत्यावश्यक दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने सवारीमा पनि स्वास्थ्य मापदण्ड पूरा गरे नगरेको हेर्ने गरिएको छ ।

उपत्यका भित्रने मुख्य नाका नागढुंगा र साँगाबाट गरी शनिबार २ सय ५५ जना यात्रु फिर्ता पठाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ती यात्रु बोकेर आउनेमध्ये नागढुंगाबाट ८८ सवारी साधनबाट २ सय २८ जना र साँगाबाट १५ सवारी साधनबाट २७ जना फिर्ता पठाइएको हो । शुक्रबारसमेत एक सय बढी सवारी साधन फिर्ता पठाइएको महाशाखाले जनाएको थियो ।

(Visited 460 times, 1 visits today)
Loading comments...

आजको समाचार

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

  काठमाडाैं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

साताका लोकप्रिय समाचार

रुकुम पूर्वमा आर्युवेद स्वास्थ्य केन्द्रको सेवा सुरु

  रुकुम । रुकुम पूर्वमा आर्युवेद स्वास्थ्य केन्द्रको सेवा सुरु भएको छ । रुकुम जिल्ला छुट्टीएको ६ वर्षपछि पूर्वी रुकुममा पहिलोपटक आर्युवेद स्वास्थ्य केन्द्रको सुरुवात...

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

मनसुन मङ्गलबारसम्म देशव्यापी हुने, सतर्क रहन आग्रह

  काठमाडाैं । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा यस वर्षको मनसुन भित्रिएको छ । देशका पूर्वी भेगबाट शुक्रबार प्रवेश गरेको मनसुन...

बिन ह्वाइट इंग्लिस टोलीमा

लन्डन । अर्का सातादेखि सुरु हुने युरोपेली च्याम्पियन्ससिपका लागि इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले डिफेन्डर ट्रेन्ट अर्नोल्डको स्थानमा बेन ह्वाइटलाई टिममा समावेश गरेका छन् ।...

ट्रेन्डिङ

संशोसन प्रस्ताव अस्वीकृत भएपछि संसद छाडेर हिंडिन् सरिता गिरि

काठमाडौं । जनता समाजवादीकी सांसद सरिता गिरीले दर्ता गराएको संशोधन प्रस्ताव अस्वीकृत भएको छ । आफ्नो प्रस्ताव अस्वीकृत भएपछि उनी संसद छाडेर हिँडेकी छिन्...

फुटबलर रञ्जितलाई कोरोना संक्रमण

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी रञ्जित श्रेष्ठलाई कोरोना भाइस (कोभिड–१९) पोजेटिभ देखिएको छ । वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका रञ्जितले सामाजिक सञ्जालमा...

असाणी धामीको दारुण अवस्था, हेर्ने कोही छैन !

बझाङ । थला परेको २ महिना पुग्न थाल्यो, आर्थिक अवस्था नाजुक छ । घरमा आफन्त कोही छैनन्, घरको काम धन्दा सबै उनकै काँधमा छ...

पाल्पा रम्भाका दिनेशलाई बाढीले बगायो

पाल्पा । अरिबल बर्षासंगै खोलामा आएको बाढीले बगाएर पाल्पामा एक जनाको ज्यान गएको छ । रम्भा गाउँपालिका १ असर्दीका ३० बर्षिय दिनेश अर्यालको आफ्नै...

ओडोइ रिहालगत्तै प्रशिक्षणमा

लन्डन । इंग्लिस क्लब चेल्सीका युवा स्टार विंगर कलुम हड्सन ओडोइ धरौतीमा रिहा भएलगत्तै क्लबसँगको प्रशिक्षणमा जोडिएका छन् । १९ वर्षीय इंग्लिस स्टार ओडोइ...

पहिरोले अवरुद्ध मेची राजमार्ग एकतर्फी खुल्यो

इलाम । इलामको रोङ गाउँपालिका क्षेत्रमा पर्ने मेची राजमार्ग पहिरोको कारण अवरुद्घ बनेको सडक एक तर्फि रुपमा खुलेको छ । गए राति परेको अविरल...

कति वर्ष लागिन् निता ? (फोटोफिचर)

काठमाडौं । नायिका निता ढुंगानाको आज जन्मदिन । सामान्य अवस्था हुँदो हो त मिल्ने साथीभाई जम्मा गरेर भब्य रुपमा केक काटेर बर्थडे सेलिब्रेट गर्थिन्...

यमनका मन्त्रीहरु चढेको विमानमा आक्रमण २२ जनाको मृत्यु

कायारो । यमनको एडन सहरस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् । हालै गठन...

नाटक घर नखुलेपछि भाडा तिर्न गाह्रो

काठमाडौं । कोरोना संक्रमणका कारण विगत पाँच महिनादेखि काठमाडौंका नाटक घरहरू बन्द छन् । काठमाडौंमा रहेका आधा दर्जन नाटक घर अब कहिलेबाट खुल्छन् भन्नेबारे...

इन्जिनियरको कमाइ ५ करोड रुपैयाँ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरका इन्जिनियर भरतराज आचार्यविरुद्ध ३ करोड २१ लाख ६२ हजार ४...

सरकारले भन्यो : अस्पतालले बेड उपलब्ध गराउन नसक्ने भयो

काठमाडौं । सरकारले स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी कोरोना संक्रमण बढेकाले अस्पतालमा शैया (बेड) उपलब्ध गराउन नसक्ने अवस्था आएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या...

ऊर्जाको ठहर : विद्युत्भार कटौती इतिहासमा अध्ययनको विषय

काठमाडौँ । सरकारले नेपालमा विद्युत्भार कटौती इतिहास भइसकेको उल्लेख गर्दै कुनै पनि हालतमा त्यसबारेमा सोच्न नसकिने स्पष्ट पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)