पोखरामा एक साता निषेधाज्ञा हुने

पोखरा । पोखरा महानगरमा एक साता निषेधाज्ञाका लागि सिफारिस भएको छ । महानगरको कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले सोमबार राति १२ बजेदेखि भदौ ८ गतेसम्म एक साताका लागि निषेधाज्ञा लगाउन सिएमसीमा सिफारिस गरेको हो ।

समिति संयोजक एवं महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले पछिल्लो समय पोखरामा कोरोना संक्रमित दर बढ्दै गएको र तीजमा बढी चहलपहल हुने हुँदा संक्रमण फैलिन नदिन हिजो (आइतबार) बसेको सर्वदलीय बैठकको सुझाव अनुसार यस्तो सिफारिस गरिएको जानकारी दिइन् ।

उनले भनिन्, ‘पाँच दल सम्मिलित सर्वदलीय बैठकमा एक सातासम्म पोखरामा कडाखालको निषेधाज्ञा गर्नुपर्ने सुझाव अनुसार समितिको बैठकले भदौ ८ सम्म निषेधाज्ञा गर्ने गरी जिल्ला विपद् व्यवस्थापन समिति (सिसिएमसी) को बैठकमा पेस गर्ने निर्णय भएको हो । सम्भवतः आजै (सोमबार) राति १२ बजेदेखि निषेधाज्ञा हुन्छ । हेरौं उता (सीसीएमसी) बाट कस्तो निर्णय आउँछ ।’

आइतबार सर्वदलीय बैठकमा नेकपा, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, जनमोर्चा र राप्रपाका प्रतिनिधि सम्मिलित थिए । यता, सीसीएमसीको बैठक भने दिउँसो बस्ने तयारी रहेको छ । पोखरामा शनिबार १३ जनामा संक्रमण देखा परेकोमा आइतबारमात्रै २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार थप १ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकीमा कुल संक्रमित संख्या १ हजार ७ सय ३९ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 245 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
केशव स्थापित भन्छन्, मेयर जितेपछि राजदरवारको पर्खाल तोड्छु