सिन्धुपाल्चोक । जुगल गाउँपालिका लिदीका पहिरो पीडितहरुका लागि चौतारा साँगाचोकगढी नगरपालिकाले पनि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको तर्फबाट तत्कालको लागि २ लाख सहयोग गर्न लागिएको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमान सिं तामाङले जानकारी दिए ।
चौतारा साँगाचोकगढी नगरपालिकाले यस अघि बाह्रविसे नगरपालिकाको पहिरो पीडितहरुका लागि पनि सहयोग गरेको थियो । जुगल गाउँपालिकाको स्थानीय विपद कोषमा नगरपालिकाको तर्फबाट सहयोग रकम जम्मा हुने र त्यो सहयोग लिदीका बाढीपहिरो पीडितहरुका लागि थोरै भएपनि सहयोग पुग्ने नगरपालिकाका मेयर तामाङले विश्वास गरे ।
हामी स्थानीय सरकार एउटै परिवार हौ,हामी मिलोर बसेका छौ,एउटा परिवारलाई आपत पर्दा अर्काे परिवार चुप लागेर बस्नु हुदैन मेयर तामाङले भने परिवारलाई दुःख पर्दा सबै एकै ठाउँमा मिल्नुपर्छ,सबै समस्या समाधान गर्नुपर्छ । आफुहरुसँग सहयोगको ठुलो मन भएपनि स्थानीय सरकारले जति सकिन्छ,थोरै भएपनि पीडितहरुलाई सहयोग गरिएको मेयर तामाङले बताए । सिन्धुपाल्चोकका सबै स्थानीय सरकारहरु यो विपत्तीमा एकै ठाउँमा उभिनका लागि पनि मेयर तामाङले आग्रह गरे । मेयर तामाङ नगरपालिका महासंघका केन्द्रीय सदस्य समेत हुन् ।