युगान्डाको कम्पालामा एनआरएनको रक्तदान


कम्पाला, युगान्डा । गैर आवासिय नेपाली संघ (एनआरएनए) को आयोजनामा आइतवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अफ्रिकी मुलुक युगान्डाको राजधानी कम्पालाको आकासिस मलमा भएको रक्तदानमा १ सय २३ जनाले रक्तदान गरेका थिए ।

गैरआवासिय नेपालीले आयोजना गरेको रक्तदानमा नेपालीका अलावा स्थानीय युगान्डीयन र अन्य देशका व्यक्तिहरुले पनि रक्तदान गरेका थिए । स्थानीय ब्लड बैंकलाई सोही दिन रगत हस्तान्तरण गरिएको आयोजक समितिका अध्यक्ष विनोद थापाले राजधानी डेलीडटकमलाई बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार युगान्डालाई वर्षेनी ३ लाख चालीस हजार युनिट रगत आवश्यक पर्ने गर्दछ । जसमध्ये २ लाख युनिट मात्र संकलन हुँदै आएको छ । रगतको अभावले धेरै युगान्डायालीहरुको अकालमा नै मृत्यु हुने गरेको पाइएकोले रगतको अभाव हुन नदिनका लागि गैर आवासिय नेपाली संघले रक्तदान कार्यक्रमको आयोजना गरेको आयोजक समितिका उपाध्यक्ष पे्रम बहादुर श्रेष्ठले जानकारी दिए ।

गैर आवासिय नेपाली संघका महासचिव कमल दत्त भट्टका अनुसार रक्तदानमा युगान्डायालीहरुको चासो हुने गरेको र नेपालीहरुलाई धन्यवाद दिने गरेका छन् ।

रक्तदान कार्यक्रमका महिला उपाध्यक्ष तारा गिरी, सचिव धनराज गिरी, कोषाध्यक्ष संजिव सापकोटा, सहकोषाध्यक्ष कल्पना अर्याल गैरे, महिला संयोजक वर्षा क्षेत्री, कार्यकारी सदस्य श्रवण, रमा अर्याल, निक्कु केसीलगायतले सक्रिय भूमिका निभाएका थिए ।

रक्तदान कार्यक्रम आयोजना गरेर युगान्डाली जनताको ज्यान जोगाउन गैरआवासिय नेपालीले गरेको कार्यको स्थानीय चिकित्सक डा.डोरोथ्री चेयुले धन्यवाद ज्ञापन गरे ।

तपाइको प्रतिक्रिया
(Visited 155 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै