बैतडी । बैतडीमा खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ । जिल्लाको देहीमाण्डौं–गिरेगडा सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका २ सुन्दरखालीमा होम पाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर देहीमाण्डौंका १४ बर्षीय अंकित लाबड र ११ बर्षीय सन्दीप लावडको मृत्यु भएको हो ।
होम पाइप राख्नका लागि बनाइएका खाल्डोमा बर्षातको पानी जमा भएको र खेल्ने क्रममा आज दिउँसो साढे चार बजे तिर खाल्डोमा डुबेर दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खेल्नका लागि सडकमा जम्मा भएका ५/६ जना मध्ये एकजना पहिला खाल्डोमा गएको र उसलाई निकाल्न अर्कोले पनि हाम फाल्दा दुवै जना खाल्डोमा डुबेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
दुईजना खाल्डोमा डुबेपछि खेल्नका लागि सडकमा रहेका अन्य बालबालिकाहरुले घरपरिवारलाई खबर गरेपछि घटनाका ’boutमा थाहा भएको उहाँले बताए । घटनापछि प्रहरीको टोलीले दुवै जनाको शव खाल्डोबाट बाहिर निकालेको र घटना’bout थप अनुसन्धान भईरहेका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
सडकमा होम पाइप राख्नका लागि बनाइएको खाल्डोमा दुईजना बालकको डुबेर ज्यान गएपछि प्रहरीले सो खाल्डो तत्काल पुर्न निर्माण व्यवसायीलाई आग्रह गरेको छ । देहीमाण्डौं–गिरेगडा सडक स्तरोन्नतीको काम भईरहेकाले होम पाइप राख्ने ठाउँमा चाँडो होम पाइप राख्न आग्रह गरिएको उनले बताए ।
एकै गाउँका दुई बालकको खाल्डोमा डुबेर ज्यान गएपछि पुरै गाउँ शोकमग्न भएको दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष रनबहादुर बोहराले जानकारी दिए ।