Thursday, April 22, 2021
Home अर्थ कोरोना प्रभावितलाई पुनर्कर्जाको अवसर

कोरोना प्रभावितलाई पुनर्कर्जाको अवसर

३ देखि ५ प्रतिशतको सहुलियत ब्याजदरमा ऋण पाइने

,

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) प्रभावितलाई सहुलियत ब्याजदरमा पुनर्कर्जाको अवसर उपलब्ध गराएको छ । सरकारले कोरोना महामारीबाट अति प्रभावित र मध्यम प्रभावित क्षेत्रलाई मात्र यस्तो अवसर प्रदान गर्नेछ ।

यस्तो कर्जाको अवसरमा सहभागी हुनेहरूका लागि नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गरी आवेदन दिन आह्वान गरेको छ । राष्ट्र बैंकले सोमबारदेखि आगामी १४ असोजसम्म पुनर्कर्जाका लागि आवेदन दिन सकिने बताएको छ ।

यसअघि पर्यटन व्यवसायी, लघु, घरेलु तथा साना उद्योग व्यवसायी र अन्य सेवामूलक संस्था तथा उत्पादनमूलक उद्योगीले कोरोना महामारीबाट आफूहरू निकै मारमा परेको भन्दै सहुलियत पुनर्कर्जाको व्यवस्था मिलाइदिन माग गरेअनुसार अहिले राष्ट्र बैंकले कोरोना महामारीबाट अति प्रभावित र मध्यम प्रभावित क्षेत्रलाई पुनर्कर्जाका लागि यस्तो अवसर उपलब्ध गराइदिएको हो ।

कोरोना प्रभावले थला परेको विभिन्न क्षेत्रका व्यवसायलाई निरन्तरता दिलाउन एकमुस्ट रूपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जाका लागि आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले कोरोना प्रभावितले यसअघि सरकारसँग गरेको मागबमोजिम कार्यविधि तयार पारेपछि राष्ट्र बैंकले पुनर्कर्जा उपलब्ध गराउन पहिलो पटक यस्तो प्रस्ताव आह्वान गरेको बताए । उनले कोरोनाका कारण आफ्नो व्यवसाय सञ्चालन गर्न नसक्नेहरूका लागि यो निकै राम्रो अवसर भएको बताए ।

राष्ट्र बैंकका अनुसार यस्तो पुनर्कर्जा लिन आवेदकले आवेदनसँगै इजाजतपत्र प्राप्त संस्थाको सञ्चालक समितिको निर्णय, शाखा कार्यालयको ठेगाना तथा सञ्चालन भएको मितिसहितको सूची, संस्थाले माग गर्ने कूल पुनर्कर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्ने प्रावधान रहेको छ ।

यसैगरी, आवेदनका लागि छनोट गरिएका कर्जाको भुक्तानी अवधि न्यूनतम १ वर्ष बाँकी रहेको हुनुपर्नेछ भने एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंकले वित्तीय संस्थामार्फत मात्र आवेदन भएको बेहोरा आवेदकले सुनिश्चित गरेको हुनुपर्ने छ । पुनर्कर्जाका लागि आवेदन गरिएकोे कुल रकममध्ये कम्तीमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जाअन्तर्गत हुने गरी माग गर्नुपर्ने, आवेदनका लागि कर्जा छनोट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक र ऋणी समेटिएको हुनुपर्ने, आवेदन पेस गर्ने संस्थाको पुँजीकोष अनुपात सम्बन्धित बैंकले तोकेबमोजिम पुगेको हुनुपर्नेछ ।

कोरोना प्रभावितले यसअघि सरकारसँग गरेको मागबमोजिम कार्यविधि तयार पारेपछि राष्ट्र बैंकले पुनर्कर्जा उपलब्ध गराउन पहिलो पटक यस्तो प्रस्ताव आह्वान गरेको हो । राष्ट्र बैंकले सोमबार नै सूचना जारी गर्दै वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई एकमुस्ट रूपमा प्रदान हुने पुनर्कर्जाका लागि आवेदन आह्वान गरेको छ । जसअनुरूप राष्ट्र बैंकले एकमुस्ट रूपमा लघु, घरेलु तथा साना उद्यम पुनर्कर्र्जा, साधारण पुनर्कर्र्जा तथा विशेष पुनर्कर्जा उपलब्ध गराउनेछ । बैंक तथा वित्तीय संस्थाले आगामी १४ असोजसम्म आवेदन दिनुपर्नेछ ।

यस्तो पुनर्कर्जा सहभागी हुनेहरूलाई सेवा दिन बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको असल कर्जाको धितोमा राष्ट्र बैंकले ऋण उपलब्ध गराउनेछ । प्रतिग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यमको पुनर्कर्जा, ५ करोड रुपैयाँसम्मको विशेष र साधारण पुनर्कर्जा बैंक तथा वित्तीय संस्थाहरूलाई उपलब्ध गराइनेछ । यसरी प्रदान गरिने पुनर्कर्जाको ब्याजदर कम्तीमा ३ र बढीमा ५ प्रतिशत मात्र हुने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैकले अति प्रभावित क्षेत्रका रूपमा पर्यटन, हवाई, अस्पताललगायतलाई सूचीकृत गरेको छ । यसैगरी, ट्रेकिङ, ट्राभल एजेन्सी, पर्वतारोहण, ¥याफ्टिङ, क्याम्पिङ, टुर अपरेटर, हिलिङ सेन्टर, क्यासिनो, मसाज स्पालगायतले अति प्रभावितका रूपमा यस अवसरका लागि आवदेन दिन सक्नेछन् ।

यसैगरी, होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होमस्टे, रिसोर्ट तथा रेस्टुराँ, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्ष, साहसिक पर्यटन, स्किइङ, ग्लाइडिङ, वाटर ¥याफ्टिङ, हट एयर ब्यालुनिङ, क्यानोनिङ, प्यारासेलिङ, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ, हिमाल आरोहरण र अवलोकनलगायतका छन् । त्यसैगरी, गल्फकोर्स, पोलो, पोनी ट्रेकिङ, पदयात्रा, माउन्टेन उडान सञ्चालन, केवलकार, हवाई तथा पर्यटकीय यातायात, मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसनसम्बन्धी व्यवसाय, पार्टी प्यालेस, चलचित्र उत्पादन, वितरण, सिनेमा हललाई पनि अति प्रभावित क्षेत्रमा राखिएको छ ।

यसैगरी, रोजगारी गुमेका वा बेतलवीमा परेका श्रमिक, कामदार वा कर्मचारी (स्वदेशमा वा विदेशमा) मूलभुत रूपमा सडेर, गलेर जाने वस्तुहरू तरकारी, फलफूल, पुष्प, माछामासु, दाना, दूध तथा दुग्धजन्य उत्पादन, अन्डा जस्ता उत्पादन तथा बिक्री वितरण पनि अति प्रभावित क्षेत्रअन्तर्गत नै रहेका छन् । कुखुरापालन व्यवसाय, पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय, तयारी पोसाक, हस्तकला तथा सिपमूलक व्यवसाय, वैदेशिक रोजगार सेवा प्रदायक, शैक्षिक परामर्श सेवा प्रदायकलाई पनि अति प्रभावित क्षेत्रअन्तर्गत राखिएको छ ।

त्यसैगरी, राष्ट्र बैंकले मध्यम प्रभावित क्षेत्रका रूपमा खप्ने सामान जस्तै प्लास्टिक, फलामर स्टिल, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरणलगायतका उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित उद्योग व्यवसायीलाई सूचीकृत गरेको छ । निजी तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्व विद्यालय, प्राविधिक शिक्षालय, प्रि–स्कुल, चाइल्ड केयरसम्बन्धीलाई मध्यम खालका प्रभावितमा राखेर पुनर्कर्जा उपलब्ध गराउनेछ ।

यसैगरी, यात्रुवाहक सवारी साधन, ब्युटी पार्लर, सैलुन, कस्मेटिक सर्जरीलगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप, कानुनी, लेखा, इन्जिनियरिङलगायतका परामर्श सेवा वा व्यवसाय, अस्पताल, क्लिनिक, नर्सिङ होम, डायग्नोस्टिक सेन्टर, हेल्थ सेन्टर वा फिट्नेस सेन्टर, भन्डारण गर्न सकिने वस्तु (खाद्यान्नबाहेक) उत्पादन, प्रशोधन तथा बिक्री वितरण, वन तथा खनिजजन्य उद्योग, निर्माण व्यवसाय, औषधि उत्पादन छपाइ, प्रकाशन तथा सञ्चार गृह, निर्माणाधीन जलविद्युत् तथा नवीकरणीय ऊर्जा पत्थर, माटो तथा सिसाका उत्पादनसम्बन्धी व्यवसायलाई पनि मध्यम प्रभावित क्षेत्रअन्तर्गत सूचीकृत गरिएको छ ।

यस्तो पुनर्कर्जाको अवसरमा सहभागी हुने ऋणीले आवेदन दर्ता गर्न नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि–२०७७ को अनुसूची १ बमोजिमको ढाँचाअनुसार आवेदन दिनुपर्नेछ । आवेदनका लागि छनोट गरिएका कर्जाको भुक्तानी अवधि न्यूनतम एक वर्ष बाँकी रहेको हुनुपर्नेछ । आवेदनका लागि कर्जा छनोट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक ऋणी समेटिएको हुनुपर्नेछ । आवेदन पेस गर्ने संस्थाको पुँजीकोष अनुपात राष्ट्र बैंकले तोकेबमोजिम पुगेको हुनुपर्ने बताइएको छ ।

यस्ता क्षेत्रले पाउँछन् पुनर्कर्जा
अति प्रभावित क्षेत्र
१. पर्यटन
(क) ट्रेकिङ, ट्राभल एजेन्सी, पर्वतारोहण, ¥याफ्टिङ, क्याम्पिङ, टुर अपरेटर, हिलिङ सेन्टर, क्यासिनो, मसाज स्पा आदि ।
(ख) होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट तथा रेस्टुरा, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्ष ।
(ग) साहसिक पर्यटन स्किइङ, ग्लाइडिङ, वाटर ¥याफ्टिङ, हट एयर ब्यालुनिङ, क्यानोइब, प्यारासेलिङ, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ, हिमाल आरोहरण र अवलोकनलगायत ।
(घ) गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केवलकार

२. हवाई तथा पर्यटकीय यातायात

३. मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसनसम्बन्धी व्यवसाय, पार्टी प्यालेसस

४. चलचित्र उत्पादन, वितरण, सिनेमा हल

५. रोजगारी गुमेका वा समस्यामा परेका श्रमिक, कामदार वा कर्मचारी (स्वदेशमा वा विदेशमा)

६. मूलभूत रूपमा सडेर गलेर जाने वस्तु, जस्तै ः तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दूध तथा दुधजन्य उत्पादन, अन्डा आदि उत्पादन तथा बिक्री वितरण

७. कुखुरापालन व्यवसाय

८. पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय

९. तयारी पोसाक, हस्तकला तथा सीपमुलक व्यवसाय

१०. वैदेशिक रोजगार सेवा प्रदायक, शैक्षिक परामर्श सेवा प्रदायक

मध्यम प्रभावित क्षेत्र
१. खप्ने सामान जस्तै प्लास्टिक, फलाम र स्टिल, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित उद्योग व्यवसाय
२. निजी तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्व विद्यालय, प्राविधिक शिक्षालय, प्रि–स्कुल, चाइल्ड केयर
३. यात्रुवाहक स्थल यातायात
४. ब्युटी पार्लर, सैलुन, कस्मेटिक सर्जरीलगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप
५. कानुनी, लेखा, इन्जिनियरिङलगायतका परामर्श सेवा वा व्यवसाय
६. अस्पताल, क्लिनिक, नर्सिङहोम, डायग्नोस्टिक सेन्टर
७. हेल्थ सेन्टर वा फिट्नेस सेन्टर
८. भण्डारण गर्न सकिने वस्तु (खाद्यान्नबाहेक) उत्पादन, प्रशोधन तथा बिक्री वितरण
९. वन तथा खनिज जन्य उद्योग
१०. निर्माण व्यवसाय
११. औषधि उत्पादन
१२. छपाइ, प्रकाशन तथा सञ्चार गृह
१३. निर्माणाधीन जलविद्युत् तथा नवीकरणीय ऊर्जा
१४. पत्थर, माटो तथा सिसाका उत्पादनसम्बन्धी व्यवसाय

(Visited 661 times, 1 visits today)
Loading comments...

आजको समाचार

सबै सिनेमा हल फेरि बन्द

काठमाडौं । नेपालका फिल्म हल सञ्चालक यतिबेला फेरि निराश भएका छन् । नेपालमा कोभिड–१९ को दोस्रो लहर बढेपछि सरकारले सबै सिनेमा हल बन्द गर्ने...

कर्मचारीमा पनि कोरोना, सेवाग्राहीमा पनि सन्त्रास

सप्तरी, राजविराज । भारतबाट घर फर्केका एक कर्मचारीमा कोरोना संत्रमण पुष्टी भएको छ । यहाँ स्थित गजेन्द्र नारायण सिह अस्पतालमा गरिएको पिसिआर परिक्षणको विहीवार...

उपनिर्वाचन अनिश्चित

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा जेठको दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले सरकारसँगको अनौपचारिक छलफलका...

मेरियट होटलमा ओली–नेपाल पुनः छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ । बुधबार साँझ दुई नेताबीच मेरियट होटलमा...

क्लेप्टोमेनियाँ रोगको बिगबिगी

क्लेप्टोमेनियाँ एउटा मानसिक रोग हो । यो रोगले प्रभावित मानिसमा अरूको सामान, सम्पति वा कुनै पनि वस्तु चोरूँ चोरूँ जस्तो लाग्दछ । सामान्यतया मानिसमा...

साताका लोकप्रिय समाचार

धनकुटामा भीषण असिना पानी, करोडौंको बाली छिनभरमै स्वाहा ! (फोटो फिचर)

धनकुटा । धनकुटामा बिहीबार साँझ भीषण असिना पानी परेको छ । साँझ करिब ५ बजेबाट हावाहुरीसहित असिना पानी परेको हो । करिब एक घण्टा...

रेशम चौधरीको रिहाइप्रती प्रधानमन्त्री नरम, जसपासंग सत्ता सहकार्य !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच सत्ता सहकार्य हुने भएको छ । जसपाले उठाउँदै आएको मागप्रति प्रधानमन्त्रीसमेत रहेका एमाले...

कांग्रेसको निर्वाचन समिति संयोजकको जिम्मेवारी महादेव यादवलाई

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिको संयोजकको जिम्मेवारी महादेव यादवलाई दिइएको छ । निर्वाचन समितिका संयोजक रहेका राधेश्याम अधिकारीले राजीनामा दिएपछि रिक्त रहेको पदमा...

राम मन्दिर कि रामराज्य ?

यस वर्षको राम नवमी पर्व ८ वैशाखलाई सबैले सम्झनुपर्ने दिन । हाल सबैतिर धर्मका नाममा राजनीतिले प्रश्रय पाउन थालेको छ । वाल्मीकि आश्रम रहेकोक्षेत्र...

सोची हेरन

काठमाडौँ । हालै रेडियो नेपालको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता २०७७ मा उत्कृष्ट संगीतकारको पुरस्कार विजेता शंकर थापा ‘स्माइल’को संगीतमा रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो...

ट्रेन्डिङ

फिल्म फ्लप भएपछि बरुणको बिहे रोकियो

मुम्बई । बलिउड अभिनेता वरुण धवनको अर्को महिना हुने भनिएको विवाह केही समयका लागि स्थगित भएको छ । यतिबेला यी अभिनेता गत...

कर छल्न गोर्खा ब्रुअरीद्वारा अदालतमा मुद्दै मुद्दा

काठमाडौं । नेपालको बजारमा बढी हिस्सा जमाउँदै आएको खेतान गु्रपद्वारा सञ्चालित बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले कर छल्न विभिन्न अदालतमा मुद्दा दर्ता गर्दै आएको पाइएको...

सरकार पुनर्गठनसँगै नेकपामा फेरि विवाद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पुनर्गठन गरेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा फेरि विवाद सुरु भएको छ । ‘पार्टी निर्णय र पूर्वसहमतिअनुसार सरकार...

पत्रकार महासंघ जापानले मनायो आफ्नो स्थापना दिवस

टोकियो । पत्रकार महासंघ जापान शाखाको दशौं स्थापना दिवस शुक्रबार मनाइएको छ । टोकियोको सिनओकुबो स्थित महासंघको सम्पर्क कार्यालयमा दशौं स्थापना दिवस मनाइएको हो...

प्रेम प्रस्ताव राखेर वाक्क दिक्क पार्छन्

मोडल उषा सुवेदी नुवाकोट–२ पिपलकी हुन् । एभरेस्ट कलेजमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन्, उनी । म्युजिक भिडियो मोडलका रूपमा परिचित उषाले २०७२ भदौमा...

संक्रमित पाँच महिने शिशुसहित दुईको मृत्यु

धरान । यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित पाँच महिनाको शिशुसहित दुई जनाको ज्यान गएको छ । मोरङ, सुन्दर हरैँचाका शिशुको...

धरान र चितवनमा ४ संक्रमितको मृत्यु

धरान । बीपी प्रतिष्ठान धरानमा ३ र चितवन मेडिकल कलेजमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९...

पहिरोबाट ज्यान गुमाउनेको संख्या दशककै उच्च

काठमाडौं । गत ३० जेठबाट सुरु मनसुनका कारण प्राकृतिक विपत्तिका घटनामा परी हिजो मंगलबारसम्म देशभर १ सय १७ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद्...

थप १ हजार ४९० जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

काठमाडौँ । आज थप एक हजार ४९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ३६...

निगमले लुम्बिनी डिपोमा आधुनिक प्रविधिबाट तेल लोड–अनलोड थाल्यो

काठमाडौं । नेपाल आयल निगमको प्रादेशिक कार्यालय लुम्बिनीमा आधुनिक प्रविधि जडान गरेर तेल लोड अनलोड गर्ने काम सुरु भएको छ । शनिबारबाट लुम्बिनीको प्रादेशिक...

विश्वास पूर्वाग्रहको राजनीति

संज्ञानात्मक मनोवैज्ञानिकको एक समूहले निकै अनौठो एउटा प्रयोग गरे । प्रयोगको दौरानमा उनीहरूले पाँचवटा बाँदरलाई ठूलो पिँजडाभित्र राखे र पिँजडाको बीचमा एउटा सिँढी ठड्याएर...

फोर्डको २०२० संस्करणको इको–स्पोर्ट गाडी बजारमा

काठमाडौं । फोर्ड नेपालका लागि आधिकारिक बिक्रेता जिआ अटोमोबाइल्स प्रालिले २०२० संस्करण फोर्ड इको–स्पोर्ट गाडी बजारमा ल्याएको छ । भारत स्टेज भीआईमा आधारित २०२०...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)