ओलीको आत्मविश्वास

सन् १९८८ कुरा हो । विल रोजर्स परसियन गल्फमा अमेरिकी जहाजको क्याप्टन थिए । उनी निकै निपूर्ण क्याप्टन मानिन्थे । एक दिन जहाजको राडरले माथि आकाशमा उड्दै गरेको एक अज्ञात जहाजको पहिचान ग¥यो । रोजर्सलाई तुरुन्त निणर्य गर्नुपर्ने थियो, त्यो अज्ञात जहाज एक असैनिक हवाई जहाज हो या शत्रुको हवाई जहाज । रोजर्सलाई शत्रुको हवाई जहाज पहिचान गर्ने आफ्नो क्षमतामाथि यति आत्मविश्वासी थिए कि त्यो शत्रु जहाज नै भएको ठहर गरी तत्काल दुई मिसाइल हाने ।

जहाज खस्यो । तर, त्यो शत्रु जहाज थिएन, यात्रुवाहक जहाज थियो । क्याप्टन रोजर्सको निर्णय प्रक्रियामा अति आत्मविश्वासका कारण २ सय ९० जना निर्दोष नागरिकको ज्यान गयो । यो कतिपय मानिसमा देखिने अति आत्मविश्वास प्रभावको एक उदाहरण हो ।

आत्मविश्वास व्यक्तित्वको मेरुदण्ड हो । आत्मविश्वास बिना मानिसले सिन्को पनि भा“च्न सक्दैन । तर, कतिपय व्यक्ति वा कतिपय अवस्थामा मानिस तथ्य र यथार्थलाई नबुझिकन अति आत्मविश्वासी हुन्छन् कि जसले संकट पैदा गर्दछ । संज्ञानात्मक मनोविज्ञानका अनुसार अति आत्मविश्वास प्रभाव एक संज्ञात्मक पूर्वाग्रह हो । यो पूर्वाग्रह कहिलेकाही“ आफ्ना लागि मात्र नभएर अरूका लागि पनि निकै खतरनाक साबित हुन्छ ।

२०५९ सालामा ज्ञानेन्द्र शाह पनि यस किसिमको मनोवैज्ञानिक प्रभावमा थिए र उनले तिमीहरूले सकेनौं मैले गर्छु भन्ने पूर्वाग्रही मानसिकताले राज्यसत्ता आफ्नो हातमा लिए । नतिजा राज संस्था नै गुमाए । नेपालको राजनीतिमा यस किसिमको अति आत्मविश्वास पूर्वाग्रह अहिलेका शीर्ष नेताहरूमध्ये प्रधानमन्त्री केपी शर्मा ओली बढी छ । त्यसमाथि उनीमा आफूलाई सर्वज्ञ ठान्ने प्रवृत्ति छ । उनी हरेक विषयमा जान्नेसुन्ने पल्टिर बोल्छन् । त्यसो त यस किसिमको व्यवहार आफ्नो अक्षमता लुकाउने प्रधानमन्त्री ओलीको राजनीति फन्डा पनि हुन सक्दछ ।

रावणकी पत्नी मन्दोदरीले रावणस“ग सीतालाई ससम्मान रामलाई फिर्ता दिई माफी माग्न हजार बिन्ती गरेकी थिइन् । तर, रावणले पत्नीको प्रस्ताव ठाडै अस्वीकार गरेका थिए । रावणमा विश्व विजेताको अहंकार थियो कि ब्रह्माण्डको कुनै पनि शक्तिले उसलाई हराउन सक्दैनन् । रावणको यही अहंकारका कारण लंका नै ध्वस्त भयो । रावणको पतन भयो ।

कृष्णले धृतराष्ट्रको दरबारमा दुर्योधनको उपस्थितिमा पाण्डवको तर्फबाट सन्धिको प्रस्ताव राखेका थिए । यदि पाण्डवलाई पा“च गाउ“ दिने हो भने युद्ध रोकिन्छ भनेका थिए । तर, अहंकारी दुर्योधनले कृष्णको प्रस्ताव ठाडै अस्वीकार गरे । नतिजा महाभारतको युद्ध भयो । कौरवको विनाश भयो ।

राजनीतिक नेतृत्व इमानदार र भावनात्मक रूपमा सक्षम भएमा नै देशमा सुशासन र समृद्धि छाउछ

म अर्थात् अहंकार यस्तो नकारात्मक मानवीय भावना हो, जसको कारण मानिसले आफूलाई जीवनको हर क्षेत्रहरूमा उत्कृष्ट मान्न थाल्छन् । अरूलाई निचो देखाउने प्रयास गर्छन् र अरूलाई निचो देखाएर नै अगाडि बढ्ने सोच्दछन् । उचाइँमा पुगेपछि अहंकार झनै बढ्छ । अनि मदोन्मत्त हुन्छन् । अहंकारको मातमा मानिसले अरूको ज्ञान र अनुभव ठीकस“ग उपयोग गर्न पाउ“दैनन् । अनि अहंको कारण नै उसको पतन हुन्छ । त्यसबेला उसलाई साथ दिने कोही हुँदैनन् । यसरी मानिसको व्यक्तित्व नष्ट हुन्छ । अनेक मानसिक समस्याहरू यही अहंकारका कारण नै पैदा हुन्छन् । अंहकारकै कारण मानिसले पाप तथा अपराध गर्छन् ।

म अर्थात् अहंकारको जन्म आत्मप्रशांसाको बीजबाट पैदा हुन्छ । स्वयंको सर्वोच्चता मान्ने भावनाले पैदा हुन्छ । तर, यो एक झुटो सत्य हो । त्यो ’cause जसलाई मानिसले आत्मविश्वास भन्छन् । त्यो एक झुट हो । जो मानिसले आफैं निर्माण गरेको हुन्छ । वास्तवमा अहं मानिसको छायाजस्तै हो । जस्तो कि शरीर छ भने छाया पनि हुन्छ । छाया न त राम्रो हुन्छ, न त नराम्रो । न सानो रहन्छ, न ठूलो रहन्छ । यदि सूर्यमाथि हुन्छ भने छाया सानो हुन्छ, सूर्य ढल्दै गयो भने छाया अग्लो हुन्छ । तर छाया त छाया नै हो ।

अहंकारले मानिसलाई लक्ष्यको बाटोबाट भट्काउ“छ । वास्तवमा अहंकार एक मृगतृष्णाजस्तै हो, जसबाट न त आफ्नो तिर्खा मेटिन्छ, न त अरूको । आफूलाई हर क्षेत्रमा पूर्ण मान्ने मानिसको अहंले आफ्नो कमजोरी तथा दोष लुकाउने कोसिस गर्छ । अहंकारी व्यक्तिले आफ्नो कमजोरी तथा दोष जानेर पनि अहंकारका कारण अरूका अगाडि स्वीकार गर्दैन । जो हमेसा अरूको निन्दामा नै लागिरहन्छ । निन्दामा नै उसलाई निकै आनन्द आउ“छ । तर, ऊ मानसिक समस्या नाश गर्ने औषधि क्षमा, दया, करुणा, प्रेम, धैर्य, नम्रता, शान्ति र सादगीबाट हमेसा वञ्चित रहन्छ ।

मानिसले आफ्नो गल्तीलाई हृदयदेखि स्वीकार गर्ने हो भने मात्र अहंकारको पुनरावृत्तिबाट जोगिन सक्दछ । वास्तवमा क्षमा माग्ने र क्षमा दिने व्यक्ति परम् मानसिक आनन्दको अनुभव गर्छन् । यहा“ मननयोग्य कुरा के भने अहंकारको नाश भएपछि मात्र विनम्रताको भावना पैदा हुन्छ । विनम्रताले ज्ञानको ज्योति जल्दछ । ज्ञानको ज्योतिले अज्ञानको अँध्यारो नष्ट गर्छ । मानिसक रोग पनि निर्मूल हुन्छ । तर, मको नकारात्मक ऊर्जाले मदोन्मत्त मानिसले यो मनोविज्ञान बुझ्न सक्दैनन् ।

मनोवैज्ञानिक रूपमा भन्ने हो भने भावनात्मक बुद्धिमत्ता कमजोर भएको व्यक्ति नै अहंकारी हुन्छन् । अहंकारले नै मानिसमा अति आत्मविश्वास पैदा गर्दछ ।

हो, राजनीतिबिना देश चल्न सक्दैन । देश चलाउन राजनीतिक नेतृत्व आवश्यक हुन्छ । राजनीतिक नेतृत्व इमानदार र भावनात्मक रूपमा सक्षम भएमा नै देशमा सुशासन र समृद्धि छाउ“छ । राजनीति गर्न इमानदार मात्र भएर पुग्दैन, भावनात्मक सक्षमता पनि जरुरी हुन्छ । त्यसैले यदि इमानदार मानिसमा भावनात्मक सक्षमता छैन भने देशको मुहार फेर्छु भन्ने सपना बोकेर सक्रिय राजनीतिमा लाग्नु भनेको वरिपरिका बेइमानबाट लुटिएर बेइमान साबित हुन हो ।

सन् १९६० मा संज्ञानात्मक मनोवैज्ञानिक पिटर कैथार्ट वासोनले पुष्टीकरण पूर्वाग्रहका ’boutमा थुपै्र प्रयोग गरे । जसलाई वासोनको नियम खोज कार्यको रूपमा चिनिन्छ । यसबाट उनले के निष्कर्ष निकाले भने मानिसमा यस्ता जानकारीहरू प्राप्त गर्ने प्रवृत्ति हुन्छ कि जसले उनीहरूमा मौजुद मान्यतालाई पुष्टि गर्छ, बल प्रदान गर्छ । यही संज्ञानात्मक पूर्वाग्रहका कारण मानिसले स्थिति–परिस्थितिलाई सही र निष्पक्ष रूपमा हेर्न र विश्लेषण गर्न सक्दैनन् । मानिसको निर्णय प्रक्रिया नै प्रभावित हुन्छ ।

नतिजा खराब वा घातक विकल्प पैदा हुन सक्दछ । यस्तो पुष्टीकरण पूर्वाग्रहका कारण मानिसको जीवनमा, परिवारमा तथा समाजमा धेरै अप्ठ्यारा तथा समस्याहरू आउने गर्छन् । अझ यदि कुनै पनि संघसंस्था, कम्पनी वा देशको नेतृत्व यस किसिमको पूर्वाग्रहबाट प्रभावित भयो भने त बर्बादै हुन सक्दछ, संघसंस्था, कम्पनी वा देशले ठूलो मूल्य चुकाउनु पनि पर्न सक्दछ ।

अतः अब उपरान्त उताउलो आत्मविश्वासले उन्मत्त प्रधामन्त्री केपी शर्मा ओलीलाई सही सल्लाह तथा दिशानिर्देश हुन सकेन भने उनको उत्ताउलो आत्मविश्वासका कारण रोजर्सले शत्रुजहाजको नाममा यात्रुवाहक जहाज खसालेझैं देखावटी राष्ट्रियता र समृद्धिका नाममा उनले नेपाल राष्ट्र नै खसाल्न सक्छन् है !

तपाइको प्रतिक्रिया
(Visited 358 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरमा एक 'नो भोट'