Friday, April 23, 2021
Home प्रदेश प्रदेश ३ यस कारण विदेशबाट हुने उद्धार उडान स्थगित

यस कारण विदेशबाट हुने उद्धार उडान स्थगित

,

काठमाडौँ । विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउनका लागि तय भएको पूर्वनिर्धारित उद्धार उडान अनिश्चितकालका लागि स्थगित भएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले विदेशबाट फर्कनेका लागि होटल क्वारेन्टिन व्यवस्था नभएको भन्दै उडान स्थगित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेको हो ।

सोही पत्रको आधारमा पर्यटन मन्त्रालयले विदेशमा अलपत्र नेपाली फर्काउन तय गरेको चार्टर्ड उडान आजदेखि स्थगन गरेको छ । हालैको मन्त्रिपरिषद् बैठकले भदौ १ अर्थात अगष्ट १७ तारिखदेखि दैनिक ५०० नेपालीको उद्धार उडानमार्फत स्वदेश फर्काउने निर्णय गरेको थियो ।

उक्त निर्णयअनुरुप नेपालका दुई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले उद्धार चार्टड उडान गरी नेपालीलाई फर्काउने तालिका बनाएका थिए । नेपाल एयरलाइन्सले अगष्ट १७ देखि ३१ र हिमालय एयरलाइन्सले अगष्ट १६ देखि ३० सम्मको उडान तालिका बनाएका थिए । विदेशमा अप्ठे्यारो अवस्थामा रहेका नेपाली फर्काउन पाँचौँ चरणको उद्धार उडानका लागि सीसीएमसीले ४३ वटा उडान अनुमति दिएको थियो ।

कोरोनाको सङ्क्रमण बढिरहेको र विभिन्न स्थानीय तहले निषेधित क्षेत्र घोषण गर्नेक्रम पनि बढिरहेकाले होटल क्वारेन्टिनको व्यवस्था नभएको ब्यहोरा जनाउदै सीसीएमसीले उद्धार उडान स्थगन गर्न मन्त्रालयलाई लिखित निर्देशन दिएको हो ।

सीसीएमसीले पर्यटन मन्त्रालयलाई पठाएको पत्रमा होटेल क्वारेन्टिन सुनिश्चत हुने गरी मात्र उडान स्वीकृति दिने तथा यसअघि जारी उडान अनुमति स्थगित गर्न भनिएको छ । उडान स्थगित भएपछि नेपाल एयरलाइन्सले सूचना निकालेर अगष्ट १८ तारिखदेखि उद्धार उडान अर्को सूचना जारी नभएसम्म हाललाई स्थगित गरिएको जनाएको छ । सीसीएमसीको विवरणमा भदौ १ गतेसम्म विभिन्न मुलुकबाट घर फर्किने नेपालीको सङ्ख्या ५१ हजार ७६१ रहेको छ ।

दुबईबाट रित्तै फर्कियो निगमको जहाज

नेपाल एयरलाइन्सको वाइड बडी ए ३३० जहाज दुबईबाट रित्तै काठमाडौँ फर्किएको छ । काठमाडौँबाट २३१ यात्रु लिएर सोमबार दुबई गएको वाइड बडी जहाज आज बिहान काठमाडौँ फर्किएको हो । काठमाडौँबाट विभिन्न मुलुक जानेभन्दा पनि विदेशी गन्तव्यबाट नेपाल फर्कने यात्रुको अत्यधिक चाप रहेको र मागअनुसार सिट दिन नसक्ने अवस्था रहेको पनि निगमले उल्लेख गरेको छ । निगमले आजदेखि अनिश्चितकालका लागि सबै अन्तर्राष्ट्रिय चार्टड उडान बन्द गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए ।

यता नेपालबाट अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने निजी लगानीको हिमालय एयरलाइन्सले पनि सूचना निकालेर आज कतारको काठमाडौँ–दोहा गन्तव्यका लागि तय गरेको उद्धार उडान स्थगित गरेको छ ।

(Visited 163 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

नेपाली विद्यार्थीको भविष्यसित खेलबाड

उत्तरी छिमेकी चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५० भन्दा बढी नेपाली विद्यार्थी चिनियाँ सरकारको नेपालीप्रतिको भेदभावपूर्ण एवं दुराशययुक्त नीतिका कारण अन्धकारमय जीवनको सामना...

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १...

संक्रमण रोकथामका लागि गम्भीर बन

कोरोना महामारी संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपाल यसको उच्च जोखिममा रहँदै आएको छ । नेपाल आफैंमा ट्रान्जिट पनि हो । भारत र चीनजस्ता ठूला...

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

काठमाडौं । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २...

साताका लोकप्रिय समाचार

हतौडाले हिर्काएर बालकको हत्या

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो । महेशको दोगडाकेदार...

नयाँ दल दर्ता गृहकार्यमा नेपाल समूह

काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटनजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘समानान्तर कमिटी गठन गरेको...

स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए

काठमाडौं । कोभिड–१९ सङ्क्रमण नभएको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई मान्यता नदिइँदा १२२ यात्री आज विमानबाट ओरालिएका छन् । सुरिया हेल्थ केयर प्रालि र मेरिट मल्टिकेयर...

कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै नेपालगन्ज

नेपालगन्ज । भारतमा दोस्रो चरणको कोरोना संक्रमण तीव्र रूपले फैलिएपछि त्यसको असर सीमावर्ती सहरमा पर्न सुरु भएको छ । पछिल्लो समय बाँकेमा अप्रत्याशित रूपमा...

प्रतिजैविक सहनशील जीवाणुको बिगबिगी

पृष्ठभूमि जीवाणु ढुसी तथा एकटोमाइसेट तथा सूक्ष्म जीवाणुबाट उत्पादित तत्वलाई एन्टिबायोटिक प्रतिजैविक भनिन्छ । जसले जीवाणु तथा ढुसीजन्य मानिस तथा पशुपक्षीका रोगका कारक तत्वलाई मार्ने...

ट्रेन्डिङ

रामोसले तीन खेल गुमाउने

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका कप्तान तथा सेन्टर ब्याक सर्जियो रामोसले तीन खेल गुमाउने पक्का भएको छ । ह्यामस्ट्रिङ इन्ज्युरीका कारण रामोसले स्पेनिस...

लकडाउन कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा लकडाउन कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा...

बजार मूल्यभन्दा बढीमा बिक्री भएको टनेलको रकम फिर्ता

गुल्मी । बजार मूल्यभन्दा बढी शुल्कमा किसानहरुलाई टनेल वितरण गर्ने पैचो पसल र छत्रकोट गाउँपालिकाले किसानको रकम फिर्ता गर्ने निर्णय गरेका छन् । गुल्मीको...

विराटनगरमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएसँगै विराटनगर महानगरपालिकामा थप ४३ जना सङ्क्रमित पुष्टि भएका छन् । महानगरपालिकाद्वारा शनिबार गरिएको परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण देखिएको जनस्वास्थ्य...

केन्द्रीय समिति गठनमा जसपाभित्र बढ्यो विवाद

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)भित्र केन्द्रीय समिति गठनको विषयलाई लिएर विवाद बढेको छ । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच पार्टी...

डब्लुएचओद्वारा विश्वव्यापी महामारीको घोषणा

जेनेभा । कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओले विश्वव्यापी महामारीको घोषणा गरेको छ । डब्लुएचओले भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन आग्रह पनि गरेको...

सुदूरपश्चिममा कोरोनामाथि एकपछि अर्को सफलता, पाँच दिनमा चारजना घर फर्के

धनगढी । पाँच जनामा कोरोनाभाइरस (कोभिड १९) पुष्टि भएपछि निकै त्रसित बनेको सुदूरपश्चिमले पछिल्लो समय भने कोरोनामाथि एकपछि अर्को सफलता पाइरहेको छ ।...

निजी क्षेत्रलाई विमानस्थल बनाउन र सञ्चालन गर्न दिइने

काठमाडौं । मुलुकमा सर्वसुलभ हवाई यातायात सेवाको विकास गरी राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण हिस्साका रूपमा विकास गर्ने लक्ष्य लिएको सरकारले अब निजी क्षेत्रले पनि विमानस्थल...

भोजपुरका संक्रमित युवा : मावली, ससुराली हुँदै बजार घुमेका थिए

भोजपुर । भोजपुरमा कोरोना संक्रमण फेला परेका युवक विभिन्न ठाउँमा घुमफिर गरेको जानकारी आएको छ । २०७६ साल फागुन ३० गते साउदी अरबबाट काठमाडौ...

भारतबाट आउनेले आफ्नो भाडा आफैं तिर्नुपर्ने ! संकलित राहत रकम केका लागि ?

गुल्मी । भारतबाट गाउँ आउने नेपालीले गाडी भाडाको रकम आफैं तिर्नुपर्ने जिल्लाका स्थानीय तहको निर्णयप्रति सरोकारवालाहरुले विरोध जनाएका छन् । जिल्लास्थित नागरिक समाज, विभिन्न...

तन्नाको पासो लागेर बालिकाको मृत्यु

भोजपुर । तन्नाको पिङ बनाएर खेल्ने क्रममा भोजपुरमा पासो लागेर एक बालिकाको ज्यान गएको छ । विहीबार टेम्केमैयुङ गाउँपालिका–७ बतासे बस्ने भाइराज राईकी...

महाकाली नदीमा मछुवाराको जालमा मान्छेको शब

बैतडी । पौडी खेल्ने क्रममा महाकाली नदीमा बगेर बेपत्ता भएका बैतडीका एक युवक ६ दिनपछि जिहो मंगलवार मृत अवस्थामा फेला परेका छन् । बिहीवार...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)