बैतडी ।बैतडीमा खाल्डोमा डुबेर मृत्यु भएका २ बालकका परिवारलाई १० लाख क्षतिपुर्ति दिने सहमति भएसंगै आफन्तले शब बुझेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंका १४ बर्षीय अंकित लाबड र ११ बर्षीय सन्दीप लावडको शव परिवारजनले बुझ्न मानेका थिएनन् ।
सडकमा होम पाइप राख्नका लागि बनाइएको खाल्डोमा परेर मृत्यु भएकाले आफन्तहरुले क्षतिपूर्तीको माग गरेका थिए । मृतकका परिवारलाई निर्माण ब्यवसायीका तर्फबाट ३–३लाख र दशरथचन्द नगरपालिकाका तर्फबाट २–२लाख रुपँया क्षतिपुति दिने सहमति भएको छ ।
उक्त सहमति भएसंगै मृतकको शब आफन्तको जिम्मा लगाइएको देहिमाण्डौँ प्रहरीचौकी इन्चार्ज करबिर भण्डारीले बताए । सोमबार अपराह्न्न खाण्डोमा डुवेर मृत्यू भएका उनिहरुको शब आफन्तले बुझेका थिएनन् भने, आफन्तले २०लाख क्षतिपुर्तिको माग गरेका थिए ।
तर मंगलबार दशरथचन्द नगरपालिकाका मेयर नरेन्द्रसिंह थापा घटनास्थलमै पुगेर समन्वय गरेपछि ग्वाल्लेक निर्माण सेवा र नगरपालिकाका तर्फबाट गरी जम्मा १०लाख क्षतिपुर्ति दिने कुरामा सहमती भएको हो । उक्त सहमतिसंगै आफन्तले मंगलबार दिउँसो १ बजे शव बुझेका छन् ।
मृतक दुबै जनाको जिल्ला अस्पताल बैतडीमा पोष्टमार्टम गरिएको छ । देहीमाण्डौं–गिरेगडा सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका २ सुन्दरखालीमा होम पाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर उनिहरुको मृत्यू भएको थियो ।