विद्यत् प्राधिकरणबाट सिकौं

नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा ११ अर्ब ५ करोड रूपैयाँ नाफा कमाएर सर्वाधिक सफलता हात पारेको छ । आफूले गरेका काम र त्यसबाट प्राप्त उपलब्धि यसले ३५औं वार्षिकोत्सव कार्यक्रममा सगर्व सार्वजनिक गरेको छ । विगत केही वर्ष अघिका घाटा पूरा गरी देशलाई नाफातिर डोर्याएको छ । साथै, ग्रामीण विद्युतीकरणका कार्यक्रमलाई पनि तीव्र रूपमा अघि बढाएको छ । यसको श्रेय प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई जान्छ । उनको कार्यकालमा उनले नयाँ सोचअनुसार गरेका प्रभावकारी काम कारबाहीबाट देश आज यो अवस्थामा आइपुगेको हो । त्यसअघि विद्युत् प्राधिकरण आएका जति सबैलाई कमाउने र खाने ‘खानदानियाँ भाँडो’ बन्न गएको थियो । घिसिङको आगमनसँगै विद्युत् चुहावट, वितरण र शुल्क असुलीका साथै यसको वैज्ञानिक व्यवस्थापका कारण विद्युत् प्राधिकरणमा कायापलट हुन पुगेको हो । बिचौलियाको हातबाट प्राधिकरणलाई जोगाइराख्नुमा पनि उनको निरन्तर सफलताको कडी रहेको छ । चुहावट रोक्दै जानु र त्यसलाई न्यूनतम बिन्दुमा पु¥याउन निरन्तर पहलकदमी हातमा लिइरहनु प्राधिकरणको सफलताको अर्को कडी रहेको छ ।

यस सफलका कडीहरूमा विद्युत् चुहावटलाई नियन्त्रण गर्दै लैजानु, विद्युत् आयातका कटौती र स्वउत्पादनमा बढावा, सहर तथा ग्रामीण प्रसारणलाइनको बिस्तार, विद्युत् खपत र शुल्कमा नियमितता, भूमिगत विद्युतीय तारको विस्तार तथा स्मार्ट थ्री फेज मिटर जडान र घरायसी ग्राहकका लागि स्मार्ट मिटर जडान आदि रहेका छन् । देशमा विद्युत् उत्पादन बढ्दा भारतबाट आयात गरिँदै आएको विद्युत्मा कटौती हुन गएको छ । प्राधिकरणले मागलाई आपूर्ति गर्न भारतबाट आयात गरिएको विद्युत्मा कमी ल्याएर विद्युत् निर्यातलाई बढाएको छ । विगतमा देशभर प्रत्येक दिन १४ घन्टासम्म हुने लोडसेडिङलाई घटाएर भारतबाट आयात गर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गरेको छ । यसका साथै आगामी दिनमा विद्युत्को आन्तरिक, अन्तरदेशीय र उपक्षेत्रीय बजार विस्तारसहित देशभित्र उत्पादित विद्युत् खेर नजानेगरी बिक्रीवितरणको वैज्ञानिक व्यवस्थापन गरिँदै छ । यसका लागि कामा प्रभावकरिता ल्याउन, प्रणालीलाई स्वचालित रूपमा सञ्चालन गर्न, गुणस्तरीय विद्युत् आपूर्ति दिन र प्रविधिको प्रयोगगरी जनशक्तिको बढ्दो आवश्यकतालाई कम गर्न सिंगो प्रणालीलाई अटोमेसन र संस्थालाई डिजिटलाइजेसन गर्ने कार्यलाई अघि बढाइएको छ ।

प्राधिकरणका अन्य प्रभावकारी कदममा नेपालका सबै घरकुरियामा विद्युतको पहुँच पु¥याउने, खपतमा बढावा दिने, विद्युतीय सवारीसाधनको प्रयोगमा बढावा दिने, विभिन्न स्थानमा चर्जिङ स्टेसन निर्माण गर्ने, घरघरमा विद्युतीय चुलोको प्रयोग ल्याउने, विद्युतीय तार भूमिगत गर्ने कार्यलाई जोड दिने, स्मार्ट थ्री फेज मिटर जडान गर्ने र स्मार्ट मिटर जडानमा जोड दिने कुरा रहेका छन् । यसले नेपालमै पनि उत्पादित बिजुलीको खपत राम्रो हुने देखाएको छ । उर्जाका लागि विदेशमा भर पर्नुपर्ने परनिर्भरताको स्थिति अन्त्य भएमा देशमा विकास, निर्माण र उन्नतिका कामहरू अघि बढाउन सहजता मिल्नेछ । विद्युत् प्राधिकरणजस्तै अन्य सरकारी निकाय र विभागहरूले आफ्ना काममा प्राथमिकीकरण गर्ने र खास उद्देश्य हासिल गर्नुका साथै आफ्ना कामलाई मोडलका रूपमा स्थापित गर्न विद्युत् प्राधिकरणबाट सिकौं ।

तपाइको प्रतिक्रिया
(Visited 90 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार