डडेलधुरा । भीमदत्त राजमार्गको सहजपुर नजिक पहिरो गई राजमार्ग अवरुद्ध भएको छ । करिब १०० मिटर माथिबाट आएको पहिरोले सडक पुर्ण रुपमा भित्कएको छ ।
दिउँसो १ बजे चुरे गाउपालिका ३ पचपन्न भन्ने ठाँउमा पहिरोले पिच सडक नै भत्किएको छ । माथिबाट पहिरो खस्ने कार्य नरोकिएकोले तत्काल राजमार्ग खुलाउन सकिने अवस्था नरहेको असई दिलिप बडालले जनाकारी दिए । उनले भने, ‘सडक पहिरोले पुरै भत्काएकोले पहिरो हटाउन सकेपनि मोटरसाइकल बाहेक अन्य गाडी भने आवत जावत हुन नसक्ने रहेको छ ।’