Sunday, April 18, 2021
Home Editor-Picks काठमाडाै‌ंमै छैन पर्याप्त आइसोलेसन वार्ड

काठमाडाै‌ंमै छैन पर्याप्त आइसोलेसन वार्ड

,

ललितपुर । काठमाडौं जिल्लाभित्रका चार वटा नगरपालिकाले आफूहरूसँग पर्याप्त आइसोलेसन वार्ड नभएको बताएका छन् । कोरोना संक्रमित बढ्दै गएको खण्डमा जिल्लामा रहेका कोभिड–१९ संक्रमित राख्ने अस्पताल भरिएको खण्डमा ती स्थानीय तहले आफूहरूसँग आइसोलेसन वार्ड तयारी अवस्थामा नरहेको बताएका हुन् ।

कागेश्वरी मनहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकाले संक्रमित संख्या बढ्दै जाँदा आफूहरूसँग आइसोलेसन वार्ड व्यवस्था पूर्ण रूपमा नभएको बताएका छन् ।

तारकेश्वर नगर प्रमुख रामेश्वर बोहोरा, टोखा उपप्रमुख ज्ञानमाया डंगोल, गोकर्णेश्वर उपप्रमुख शान्ति नेपाल र कागेश्वर मनहरा नगरपालिका प्रवक्ता एवं ५ वडाध्यक्ष राजाराम पुडासैनीले राजधानीसँगको कुराकानीमा यस्तो बताएका छन् ।
तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहोरा आफ्नो नगरभित्र जेनतेन क्वारेन्टाइन व्यवस्था भए पनि आइसोलेसन वार्ड भने उपलब्धता नभएको बताउँछन् ।

‘नगरको वडा नम्बर १ साङ्लामा २५ बेडको क्वाारेन्टाइन छ,’ उनले भने, ‘आइसोलेसन तयारी अवस्थामा भए पनि हालसम्म कुनै वार्ड तयार भएको छैन ।’

सो नगरले हेल्प डेस्क चलाउनेदेखि संक्रमित भएको वडा तथा टोल सिल गर्नेसमेत गरिसकेको छ । यहाँ अहिलेसम्म २५ भन्दा बढी संक्रमित भेटिइसकेका छन् ।

कागेश्वरी मनहरा नगरपालिकाले प्रस्तावित नगर अस्पतालमा २० देखि २२ बेडसम्मको आइसोलेसन वार्ड तयार पारिएको छ । तर, संक्रमण दर बढ्दै जाँदा आवश्यक पर्ने आइसोलेसन भने पर्याप्त उपलब्धता भइनसकेको प्रवक्ता राजाराम पुडासैनी बताउँछन् ।

‘नगर अस्पतालनजिकै घर भाडामा लिएर ७०–८० बेडको क्वारेन्टाइन व्यवस्था गरिएको छ,’ उनले भने, ‘आलापोट स्वास्थ्य चौकी, वडा नम्बर ९ को स्वास्थ्य चौकीमा पनि केही बेड व्यवस्था मिलाइ“दैछ ।’

उनका अनुसार ४७ जनाभन्दा बढी संक्रमित भइसकेको नगरपालिकामा सोमबार र शुक्रबार शंकास्पद र क्रन्ट्याक ट्रेसिङका लागि स्वाब लिइएको छ ।

‘हामीसँग सोचेअनुसार आइसोलेसन वार्ड पुगिसकेको छैन,’ प्रवक्ता पुडासैनीले भने, ‘भएका वार्डमा अक्सिजन व्यवस्थापन गर्दैछौं । भेन्टिलेटर ल्याउने तयारीस्वरुप रोटरी क्लबसँग कुराकानी भइरहेको छ ।’

टोखा नगरपालिकामा २५ बेडको क्वारेन्टाइन वार्ड भए पनि आइसोलेसन उपलब्धता भइसकेको छैन । त्यहाँको तिलिमटार स्कुल र वडा २ स्वास्थ्य केन्द्रमा क्वारेन्टाइन ब्यवस्था रहेको नगर उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिइन् । आइसोलेसन वार्डका निम्ती छलफल भइरहेको उनले बताइन् ।

यहाँ ६२ जनाभन्दा बढीमा संक्रमण भइसकेको छ । नगरभित्रका लागि आवश्यक भेन्टिलेटरसहित स्वास्थ्य सामग्रीका लागि प्रदेश वा संघीय सरकारसँग माग गरिरहेको उनले बताइन् ।

‘संघीय र प्रदेश सरकारसँग भेन्टिलेटर माग गरिरहेका छौं,’ उनले भनिन्, ‘त्यताबाट नआएको खण्डमा हामी आफैंले अन्य बजेटबाट मिलाएर भए पनि भेन्टिलेटर खरिद गर्नेछौं ।’

गोर्कणेश्वर नगरपालिकाले आफूहरूसँग ठ्याक्कै आइसोलेसन वार्ड तयारी अवस्थामा नरहे पनि नगरभित्रका अस्पतालसँग समन्वय गर्ने तयारी गरेको छ ।

नगर उपप्रमुख शान्ति नेपालले कोरोना संक्रमित राख्नुपरे नेपाल मेडिकल कलेज अस्पताल, शंकरापुर अस्पताल र अर्थोपेडिक अस्पतालसँग राख्ने व्यवस्था मिलाउन आग्रह गरिएको जानकारी दिइन् ।

उनका अनुसार स्थानीय सहयोगी उच्चमावि, ओख्रोनी मावि सुन्दरी जलमा क्वारेन्टाइनका लागि तयारी राखिएको छ । यहाँ २७ भन्दा बढी संक्रमित भइसकेका छन् ।

यसअघि, काठमाडौं बूढानीकण्ठ नगरपालिका, चन्द्रागिरी नगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, नागार्जुन नगरपालिका र शंकरापुर नगरपालिकाले पनि संक्रमित बढ्दै गएको अवस्थामा संक्रमित राख्नका लागि आवश्यक आइसोलेसन वार्ड कमी भएको बताइसकेका छन् ।

उनीहरूले संक्रमण खतरामा रहेका र परीक्षण पूर्वसम्भावित लक्षण देखिएका लागी राखिने क्वारेन्टाइन पनि पर्याप्त उपलब्धता नभएकोतर्फ चिन्ता व्यक्त गरेका थिए । क्बारेन्टाइन जसोतसो व्यवस्था भए पनि आइसोलेसन वार्ड तयारी अवस्थामा नरहेको उनीहरूको गुनासो छ ।

(Visited 82 times, 1 visits today)
Loading comments...

आजको समाचार

सर्वदलीय बैठकको निष्कर्ष : एमसीसी अघि बढाऊ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी प्रमुख दलका नेताहरूले अमेरिकी सहायता परियोजना (एमसीसी) अघि बढाउनुपर्नेमा जोड दिएका छन्...

दुर्घटनाको बाटोमा नेपाली कम्युनिस्ट आन्दोलन

२००६ सालको वैशाख १० गते भारतको कलकत्तामा नेपालको पहिलो कम्युनिस्ट पार्टीको जन्म हुँदै गर्दा राणा शासनविरोधी आन्दोलनको मोर्चा बन्दै थियो । पुष्पलाल श्रेष्ठ, नरबहादुर...

नेपाल ९ विकेटले विजयी

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको हो ।...

सेना परिचालन गरेर तत्काल सिमा नाका बन्द गर्नुपर्छ : डा. दिक्षित

काठमाडौं । जनस्वास्थ्यविद् डा. शरद वन्तले अहिले प्रकोपको मुखमा पुग्नु भनेको अपेक्षित नभएको टिप्पणी गरेका छन्। उनले भने,‘हामीले पटक–पटक, बारम्बार–बारम्बार यस्तो हुनसक्ने सम्भावनाहरुको बारेमा...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

साताका लोकप्रिय समाचार

एमाले सांसदद्धारा फ्लोर क्रस, मुख्यमन्त्री शाहीको पद जोगियो

काठमाडौं । नेकपा एमालेका पाँच प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । शुक्रवार आफूलाई प्रदेशसभाको विश्वास छ भनी...

नेपालीको हातमा डिजिटल पासपोर्ट

प्रविधिको प्रयोगसँगै नेपाल आफैंमा डिजिटल युगमा प्रवेश गर्दै गर्दा परराष्ट्र मन्त्रालयको राहदानी विभागले आगामी कात्तिकदेखि ई–पासपोर्ट व्यवहारमा ल्याउने भएपछि यसले सबैलाई खुसी बनाएको छ...

निर्माण व्यवसायी महासंघको २२औं साधारण सभा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले आवश्यक परेको खण्डमा कानुन परिमार्जन गरेर भए पनि निर्माण व्यवसायलाई समृद्ध बनाउन सरकार प्रतिबद्ध रहेको बताएका...

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

काठमाडाैं । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा...

राजेश राई, विश्वमणि सुवेदी र नरेन्द्र साउदलाई कार्वाही

काठमाडाैं ।  प्रेस चौतारी नेपालले उपाध्यक्ष विश्वमणि सुवेदीसहित तीन पदाधिकारीलाई पदमुक्त गरेको छ । चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले हालै सम्पन्न...

ट्रेन्डिङ

लकडाउनको भरपुर सदुपयोग गर्दै रिपुमर्दिनी परिवार

काठमाडाैं । विश्वव्यापी रुपमा फैलिएको …कोभिड १९’ महामारीले निम्त्याएको विषम परिस्थितीमा मुलुकमा चैत्र ११ गतेदेखी जारी लकडाउनसंगै आम मानिसको जनजीवनमा गम्भिर समस्या सिर्जना...

महामारी रोक्न स्थानीय सरकारको क्रियाशीलता आवश्यक

कोरोना महामारी संक्रमण आम हुन थालेपछि यसलाई नियन्त्रण गर्न स्थानीय सरकार र यसको क्रियाशीलता नै बढी प्रभावकारी हुने देखिएको छ । देशका विभिन्न स्थानमा...

दसैंमा सुरक्षा मापदण्ड पालना गरौं

नेपालीहरूको महान् चाड दसैं सुरु भएपछि महामारी संक्रमण रोकथामको मापदण्ड कायम नहुने हो कि भनी सरकारी निकायबाट चिन्ता व्यक्त गरिएको छ । चाडपर्व केन्द्रित...

५० अर्बको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह खाता खोलिने

काठमाडौं । सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ । कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका...

त्रिविको परीक्षा विद्यार्थीले पायकपर्ने ठाउँबाट दिन पाउने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन) को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो...

बसले लियो एम्बुलेन्स चालकको ज्यान

राजविराज । पूर्वपश्चिम लोकमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ खण्डमा शुक्रबार बिहान बस र एम्बुलेन्स ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान ४ बजेतिर...

भ्रष्टलाई नामेट पार्न जाग हे अख्तियार !

यतिखेर मुलुकमा सुशासनको दियो बाल्ने प्रमुख जिम्मेवारीमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राज्य सञ्चालनमा मुख्य भूमिकामा रहेका अन्य संवैधानिक आयोगलाई समेत कमजोर बनाउने...

कोरोना संक्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ मा...

काँग्रेसद्वारा लगातार संसद् अबरोध

पोखरा, २९ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बिहीवार दोस्रो दिन पनि गण्डकी प्रदेशसभा बैठकमा अवरोध गरेको छ । यसअघि बुधबार काँग्रेसले संसद्...

फास्ट ट्र्याकको तीन अर्ब बजेट फिर्ता

काठमाडौं । आर्थिक वर्ष समाप्त हुने समय नजिकिएसँगै अहिले विभिन्न निकाएबाट खर्च नभएका बजेट धमाधम फिर्ता हुन थालेका छन् । अर्थ मन्त्रालयका अनुसार गत...

रोटरी सार्वजानिक शौचालय समुदाय तथा विद्यालयलाई हस्तान्तरण

काठमाडौं । राटरी कल्व अफ पाटन साउथले चिवतनको इच्छाकामना गाउँपालिका- ३ चुम्लिङटारमा निर्माण गरेको रोटरी सार्वजानिक शौचालय तथा माझगाउँ माध्यमिक बिद्यालयमा निर्माण गरेको शौचालय...

नेपाली मजदुर निकालिए

बारा । कोरोना महामारीमा नेपाली मजदुरलाई उद्योगमा काम गर्नबाट बञ्चित गराई भारतिय मजदुरबाट उद्योग सञ्चालन गरेको मजदुरहरुले आरोप लगाएका छन् । बारा स्थित जितपुरसिमरा उपमहानगरपालिका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)