डडेल्धुराको सडक विस्तार लागि आह्वान गरिएको ४४ करोडको टेण्टर रद्ध

Rajdhani Rastriya Dainik | Online Nepali News Portal
Rajdhani Rastriya Dainik | Online Nepali News Portal

डडेल्धुरा । डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रको सडक विस्तार कार्यका लागि आह्वान गरिएको ४४ करोडको टेण्डर प्रक्रिया रद्ध गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक डिभिजन, डोटीले बागबजार कृतिपुर सडक विस्तारका लागि मिति २०७७ जेठ ८ गते प्रकाशित बोलपत्र भदौ ३ गते रद्ध गरिएको सडक डिभिजन डोटीले सुचना प्रकाशित गरेको छ । डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रको सडक विस्तारका लागि आएको ४४ करोड रुपैयाको टेण्डर प्रक्रिया रद्ध हुनु डडेल्धुरा जिल्लावासीको विकासमा ठुलो झड्का लागेको देखिन्छ ।

प्राविधिक कारणले टेण्डर प्रक्रिया रद्ध गरिएको सडक विभाग कुलपातेले बताएको भएपनि यसको मुख्य कारण केही व्यक्तिहरुले सर्वोच्चमा मुद्धा दर्ता गर्नु नै देखिन्छ । प्रक्रियामा गएको टेण्डर प्रक्रिया अगाडी बढाई दर्ता भएका बोलपत्रहरुको प्राविधिक मुल्यांकन गर्दासम्म कुनै प्रतिक्रिया नदेखाएको सडक डिभिजन डोटीले सर्वोच्चमा मुद्धा दायर भएसंगै टेण्डरको मुल्याँकन गर्ने कार्यलाई स्थगित गरेको बुझिएको छ ।

डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रको सडक विस्तार गर्नका लागि सडक डिभिजन कार्यालय कुलपाते डोटीले टेण्डर आह्वान गरेपछि डडेल्धुरा जिल्लाका आम नागरिकहरुमा देखिएको उत्साह र फराकिलो सडक देख्ने सपना भने एक पटकका लागि फेरी सपना मात्रै भएको छ । सडक चौडा गर्नका लागि टेण्डर आह्वान गर्ने समयमा मात्रै क्षतिपुर्ति पाउनु पर्ने माग गरि विकास निर्माण कार्यलाई प्रभावित गर्नु बजार क्षेत्रका केही घरधनीहरुले गलत कार्य रहेको देखिन्छ ।

अमरगढी नगरपालिकाले सडक विस्तारका लागि केही गर्न सकेन भन्दै निस्कने आवाजहरुले अमरगढी नगरपालिकाले सडक विस्तारका लागि ल्याएको ४४ करोड रुपैयाको टेण्डर प्रक्रिया रद्ध भएपछि सडक फराकिलो भएन अमरगढीले गर्न सकेन भन्ने छुट रहँदैन । डडेल्धुरा जिल्लाको विकासका लागि आएको ४४ करोड रकमको टेण्डर प्रक्रिया रद्ध हुनु डडेल्धुरा जिल्लावासीका लागि ठुलो घाटा र आगामी दिनहरुका लागि चुनौतिको विषय पनि बनेको देखिन्छ ।

मुअब्जा मागको दावि गर्नेहरुले कम्तीमा टेण्डर प्रक्रिया सम्पन्न भएपछि सडक चौडा गर्ने समयमा मुद्धा दायर गरेको भएपनि कुनै समस्याको सामाधन निस्कन सक्थ्यो र डडेल्धुरा जिल्लाको विकासका लागि आएको ४४ करोड रकम फ्रिज जाने सम्भावना कम रहन्थ्यो । डडेल्धुरा जिल्लाको विकासका लागि आएको ४४ करोड रुपैया रकम फ्रिज जादा के मुद्धा दायर गर्ने व्यक्तिहरुको आत्म सन्तुष्टि भएको होला ?

सडक विस्तार कार्यलाई राजनैतिक दाउपेचको विषय बनाउँदा टेण्डर प्रक्रिया रद्ध भएको हुन सक्ने एक जना व्यवसायीले बताएका छन् । जिल्लाको विकासका लागि आएको बजेट फ्रिज गराई राजनैतिक दाउपेचको विषय बनाईनु गलत भएको र आगामी दिनहरुमा जुनसुकै पार्टीको अमरगढीमा मेयर भएपनि यो नजिरकारुपमा स्थापित हुने स्थानीय वासीन्दाहरुको बुझाई रहेको छ ।

जिल्ला छोडेर अन्यत्र जिल्ला व्यवस्थित बसाई भएका व्यक्तिहरुले डडेल्धुरा जिल्लाको विकास निर्माणका काम हुदाँ सधै मुद्धामामिला गर्ने हो भने डडेल्धुरा जिल्लालाई कर्मथालो र बासस्थान बनाउने र भएकाहरुले के डडेल्धुरा जिल्लामा विकासको अनुभुति नै गर्न नपाउने हो त ? विकाससंगै विनाश स्वभाविक हुने गर्दछ र विनाशको कसरी व्यवस्थापन वा क्षतिपुर्ति दिन सकिने कुरामा सवै नागरिकले बोल्नु पर्ने दायित्व देखिन्छ । दुई चार जनाको अवरोधका विच सिङगो जिल्लाको विकासलाई प्रभावित हुने कार्य अन्त गर्न डडेल्धुराका राजनैतिक दल र नागरिक समाजले अहम भुमिका खेल्नु आवश्यक देखिन्छ ।

सर्वोच्च अदालले पछिल्लो समयमा दिएको फैसला अनुसार सडक विस्तार कार्य अगाडी बढाउन सकिने प्रावधान रहदा रहदै पनि सडक डिभिजन कार्यालय डोटीले टेण्डर प्रक्रिया बदर गर्नु गलत भएको र बदर भएको टेण्डरलाई पुन आह्वान गराउनका लागि अमरगढी नगरपालिका प्रयासरत रहने नगर प्रमुख विपिन ओझाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 269 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमाले कार्यकर्ताले गरे मतगणनास्थलमा पत्रकारलाई दुर्व्यवहार