सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा आज (बिहिबार) एकै दिन २४ जना नयाँ कोरोना संक्रमितहरु थपिएको छ । हिजो (बुधबार) २ सय ३८ जनाको थ्रोट स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो । एकै दिनमा २ सय २९ जनाको कोरोना परिक्षण गरी प्रयोगशालाले रिपोर्ट पठाउँदा २४ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको लालबन्दी नगरपालिकाले जनाएको छ ।
थपिएको २४ जनै कोरोना संक्रमितहरु समुदायस्तरकै रहेको नगरपालिकाले जनाएको छ । थपिएको २४ जना कोरोना संक्रमितहरु मध्ये १ जना हरिपुर नगरपालिका, र बाँकी २३ जना लालबन्दी नगरपालिकाको रहेको छ । हरिपुर नगरपालिकाको स्थानियले लालबन्दी बाट नै थ्रोट स्वाब संकलन गराएकोले रिपोर्ट लालबन्दीकै भनेर आएको लालबन्दी नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक सुरेन्द्र खतिवडाले जानकारी दिए ।
लालबन्दीका २३ जना कोरोना संक्रमितहरुमध्ये १ जना बैंकका कर्मचारी, १ जना नगरपालिकाको कार्यालय सहयोगीलगाायत अधिकांश संक्रमितहरु व्यापारी तथा स्थानियहरु रहेको स्वास्थ्य शाखा सह–संयोजक खतिवडाजले जानकारी दिए ।
केहि दिन पहिला मात्र नगरपालिकामा २२ जनामा कोरोना संक्रमण देखिएपछि गएको २ गते ती संक्रमित व्यक्तिहरुको कन्टयाक्ट ट्रेसिङ्ग गरी २सय ३२ जनाको स्वाब संकलन गरी हिजो मात्र कोरोना परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो र आज२४ जनाको रिपोर्ट पोजेटिभ आएको सह–संयोजक खतिवडाले बताए । २ सय ३८ जनामा ९ जनाको रिपोर्ट भने अझै आउँन बाँकी रहेको सह–संयोजक खतिवडाले बताए । जनस्वास्थ्य प्रयोगशालाले २ सय ३८ जनाकै कोरोना परिक्षणको लागि विद्य ल्याब कुपण्डोलमा पठाएकोले एकै दिनमा कोरोना परिक्षण भएको स्वास्थ्य सह–संयोजक खतिवडाले बताए ।