पठानमा शाहरुख खानसँगै जोन अब्राहम

मुम्बई । बलिउड अभिनेता शाहरुख खान नयाँ फिल्म पठानको तयारीमा छन् । पछिल्लो दुई वर्षयता फिल्म नखेलेका उनी यतिबेला भने पठानको तयारीमा जुटेका हुन् ।

यशराज फिल्म्स स्टुडियोले आफ्नो स्थापनाको ५० वर्ष पुरा गरेको अबसरमा यो फिल्म निर्माण गर्दैछ । यो फिल्ममा यस अघि शाहरुख खान अनुबन्धित भएको समाचार आएको थियो भने अहिले जोन अब्राहम पनि यो फिल्ममा जोडिएको समाचार आएको छ ।

यो फिल्म एक्सन प्रधान रहने छ । जसमा शाहरुख खान र जोन अब्रहम एक अर्काका प्रतिद्धन्द्धी भएर प्रस्तुत हुने निर्माण पक्षले जनाएको छ । यो फिल्ममा पठानको भूमिकामा शाहरुख खान हुने छन् । अभिनेत्रीको रुपमा दीपिका पादुकोण हुने बताईएको छ । सिद्धार्थ आनन्दको निर्माण निर्देशनमा तयार हुने यो फिल्मलाई सन २०२१ मा ल्याउने तयारी हुँदैछ । फिल्मको छायाँकन अब केही समयबाट सुरु गर्ने पनि सिद्धार्थको कथन छ ।

त्यसो त यो लकडाउनको बेला थुप्रै स्कृप्ट हेरेका अभिनेता शाहरुख खानले दुई ओटा फिल्ममा काम गर्ने प्रतिवद्धता जनाईसकेका छन् । जसमध्य एउटा पठान हो भने अर्कोको नाम उनले सार्वजनिक गरेका छैनन् ।

तपाइको प्रतिक्रिया
(Visited 341 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर ९ मा एकीकृत समाजवादी विजयी