काठमाडौं । काठमाडौं उपत्यकामा कार्यरत ३६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंको कीर्तिपुरस्थित नीलबाराही गणमा कार्यरत १६ र भक्तपुर दुवाकोटस्थित गुहेश्वरी गणमा कार्यरत २० जना सशस्त्र प्रहरी कर्मचारीमा कोरोना पुष्टि भएको हो ।
सशस्त्र प्रहरी प्रवक्ता डिआइजी राजु अर्यालले गुहेश्वरी गणमा कार्यरत संक्रमित प्रहरी सिमा क्षेत्रमा खटिएर गण फर्किएकाृ बताए । उनीहरु सिमा सिल गर्ने क्रममा काठमाडौंबाट तराईका विभिन्न जिल्लामा गएका थिए ।
त्यस्तै निलबाराही गणमा कार्यरत पनि उपत्यका बाहिरबाट भर्खरैमात्र फर्किएका हुन् । संक्रमितहरुलाई आइसोलेसेनमा पठाउने तयारी भइरहेको प्रवक्ता अर्यालले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 164 times, 1 visits today)