बार्सिलोना छाड्ने मेस्सीको संकेत

मड्रिड । क्याटलान क्लब बार्सिलोनाका अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले क्लब छाड्ने संकेत दिएका छन् । क्लबका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोम्यानसँगको भेटमा मेस्सीले आफ्नो भविष्य बार्सिलोनामै रहनेमा शंका रहेको बताएसँगै उनले क्लब छाड्ने संकेत दिएका हुन् ।

पछिल्लो समय मेस्सीको क्लबका अध्यक्ष र प्रशिक्षकसँग राम्रो सम्बन्ध रहन सकेको छैन । विशेष गरी खेलाडी अनुबन्धको विषयमा उनीहरूबीच तिक्तता बढ्दै गएको थियो । यो सिजन बार्सिलोना उपाधिविहीन बनेपछि यसले थप प्रश्न तेस्र्याएको थियो । क्लबसँग मेस्सीको सम्झौता २०२१ को जुनसम्म रहेको छ । तर, नयाँ सम्झौता नवीकरण छलफललाई बीचमा रोक्दै मेस्सीले सिजन सकिनुअघि नै निर्णय नलिने बताएका थिए ।

च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार बेहोरेपछि मेस्सी सोचमग्न छन् । स्पेनिस सञ्चारमाध्यम आरएसीका अनुसार मेस्सीले बार्सिलोनामा आफ्नो भविष्य देखेका छैनन् । यद्यपि, उनलाई थाहा छ कि अहिले नै क्लब छोड्न सक्ने स्थिति भने छैन । मेस्सीले आफू भविष्य’bout गम्भीर रहेको संकेत दिएका छन् । सिजन सकिएपछि बिदामा रहेका मेस्सी नयाँ प्रशिक्षक कोम्यानसँग छलफलका लागि नै भनेर बार्सिलोना फर्केका हुन् । तर, उनले आधिकारिक रूपमा आफ्नो धारणा बाहिर ल्याएका छैनन् ।

डच प्रशिक्षक कोम्यानले मेस्सीकै ’round रहेर टोली निर्माण गर्ने पक्का नै छ । उनले क्लबको योजनामा तल्लीन भएर लाग्ने खेलाडी मात्र आफ्नो टोलीमा राख्ने यसअघि प्रस्ट पारेका छन् । मेस्सीले यसै विषयमा कोम्यानसँग छलफल गर्दै आफू लामो समय बार्सिलोनामा नरहने जानकारी दिएका हुन् । यता, बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउ भने मेस्सीलाई क्लबमै राख्न चाहन्छन् । विश्व फुटबलकै महान्मध्येका मेस्सी आफ्नो कार्यकालमा क्लब छाडेर गएको इतिहास लेखाउन उनी पक्कै चाहदैनन् ।

त्यसैले पनि उनले मेस्सीलाई क्लबमै राख्न हरसम्भव प्रयास गर्नेछन् । तर, मेस्सी नयाँ सम्झौता गर्ने’bout सोचिरहेका छैनन् । बार्सिलोनाले नयाँ प्रशिक्षकको आगमनसँगै मेस्सीले आफ्नो निर्णय पुनः सोच्ने अपेक्षा गरिरहेको छ । यसअघि एर्नेस्टो भालभेर्डे र किके सेटिनसँग मेस्सीको सम्बन्ध राम्रो रहन सकेको थिएन । यसले पनि बार्सिलोनाको प्रदर्शनमा असर परेको थियो ।

अब कोम्यानसँग सुदृढ सम्बन्ध रहने सके मात्र मेस्सी बार्सिलोना लामो समय रहने सम्भावना हुनेछ । मेस्सीले यस ट्रान्सफर विन्डोमा क्लब छाड्न सहज छैन । उनको रिलिज क्लब ७ सय मिलियन युरो छ । दुई क्लबले सहमति गरे केही कम मूल्यमा पनि मेस्सी अन्यत्र जान पाउनेछन् । बार्सिलोनाले मेस्सीलाई बेचेर उक्त रकमको सदुपयोग गर्दै अन्य खेलाडी किन्न सक्ने भए पनि मेस्सीस्तरको खेलाडी पाउन मुस्किल छ ।

तपाइको प्रतिक्रिया
(Visited 160 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
झापाकाे गाैरीगञ्जमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित