मेयर साउदको निर्माण कम्पनी अवैध उत्खन्नमा व्यस्त

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाले नदिजन्य उत्खनन्मा रोक लगाउने निर्णय गरे पनि मेयर भीमबहादुर साउदकै स्वामित्वमा रहेको राजेन्द्र निर्माण सेवाले नदिमा क्रसर राखेर गिट्टी, बालुवा संकलन जारी राखेको छ ।

साउन २३ गते परशुराम नगरपालिकाले एक सुचना जारी गर्दै परशुराम नगरपालिका अन्र्तगत पर्ने नदि तथा खोलाहरुमा बालुवा, गिट्टी र ढुङ्गा उत्खनन् कार्यमा रोक लगाइएको र निर्णय कार्यान्वयन नगर्नेलाई कानुनी कारवाही गर्ने समेत उल्लेख गरेको छ तर परशुराम नगरपालिकाका मेयर साउदकै स्वाविमत्वको राजेन्द्र निर्माण सेवाले भने धमाधम नदिजन्य पदार्थ उत्खनन् गरिरहेको स्थानीयले बताएका छन् ।

रंगुन नदीमा मोटरेवल पुल निर्माणको ठेक्का पाएको कम्पनी राजेन्द्र निर्माण सेवाका संञ्चालक तथा परशुराम नगरपालिकाका मेयर साउदले अहिले पनि नदी छेउमा क्रसर उद्योग सञ्चालनमै राखेका छन् । पुल निर्माणको कामका लागि स्थापना गरिएको क्रसर उद्योग प्ुल निर्माण भइसक्दा पनि सञ्चालनमै राखेका छन् भने त्यहाँबाट दैनिक रुपमा गिट्टी बालुवा अन्यत्र सप्लाई भइरहेको स्थानिय गोकर्ण मल्लले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 169 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालको गृहपालिकामा कांग्रेसकी रिता शाही विजयी