Thursday, August 5, 2021
Homeप्रदेशप्रदेश २सप्तरीमा भेन्टिलेटर संचालनमा नआउँदा अकालमै ज्यान गुमाउँदै संक्रमित

सप्तरीमा भेन्टिलेटर संचालनमा नआउँदा अकालमै ज्यान गुमाउँदै संक्रमित

,
sharethis

राजविराज । मुलुकभरी कोरोना संक्रमण बढ्दा भेन्टिलेटर अभाव भएको गुनासो एकातिर छ भने अर्कोतिर जनशक्ति अभावका कारण यहाँस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा चार/चार वटा भेन्टिलेटर प्रयोगबिहीन रहेका छन् । जसकारण सप्तरीमा कोरोना तथा अन्य जटिल रोगबाट पीडित बिरामीको उपचारमा समस्या भएको छ ।

तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको पहलमा उपलब्ध गराइएको चार थान भेन्टिलेटर तथा आइसियु उपकरण व्यवस्थापन र संचालन गर्ने पूर्वाधार तथा जनशक्ति नभएका कारण त्यसै थन्काएर राखिएका छन् ।

मुलुककै सबैभन्दा बढी १ सय ७८ बेडको आइसोलेशन कक्ष यहाँस्थित साइकृष्णा मेडिकल कलजेमा संचालनमा ल्याइएको छ । तर, त्यहा पनि भेन्टिलेटर र आइसियु सेवा उपलब्ध नहुँदा कोरोना संक्रमित तथा अन्य जटिल प्रकृतिका रोगिको उपचार हुन नसकि अकालमै ज्यान जाने गरेको पाइएको छ ।

जिल्लामा कोरोना संक्रमणबाट हालसम्म ५ जनाको ज्यान गइसकेको छ । ती सबैको भेन्टिलेटर र आइसियु नभएका कारण अन्यत्र लैजानु र उपचारमा भएको ढिलाईले गर्दा ज्यान गएको नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्सालीको भनाई छ । ‘देशकै पुराना अस्पताल मध्येका एक राजविराजस्थित एक मात्र सरकारी गजेन्द्र नारायण सिंह अस्पतालमाथी ठूलो जनसंख्याको उपचार गर्ने जिम्मेवारी रहेपनि आवश्यक जनशक्ति र उपकरण नरहँदा अकालमै ज्यान गुमाउनु पर्ने अवस्था दुर्भाग्य हो’, उनले भने ।

गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जटिल समस्यामा पुगेका बिरामीहरुलाई भेन्टिलेटर र आइसियु अतिआवश्यक रहेपनि त्यसको व्यवस्थापन नहुँदा अन्यत्र रेफर गर्नुपरेको बाध्यता सुनाए । उनले भने, ‘आवश्यक पुर्वाधार र जनशक्तिको व्यवस्था हुने हो भने यही उपचार सम्भव छ, बाहिर लैजानु पर्दैन ।’ उनले पूर्वाधार र जनशक्तिका लागि आफूले स्थानिय, प्रदेश र संघीय तीनै तहका सरकारलाई आग्रह गरिरहेको जानकारी पनि दिए ।

कोरोना संक्रमणसँगै यहाँका अस्पतालहरुमा बिरामीको चाप तथा अकालमै ज्यान गुमाउनेको संख्या समेत बढ्दै गएपनि आइसियु र भेन्टिलेटर संचालनमा भइरहेको ढिलाईप्रति स्थानिय आक्रोसित भएका छन् । संक्रमित तथा जटिल रोगका बिरामीको ज्यान जोगाउन अविलम्ब आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्थापन गरि भेन्टिलेटर र आइसियु सेवा संचालन गर्न स्थानियले माग गरेका छन् ।

(Visited 191 times, 1 visits today)

आजको समाचार

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

साताका लोकप्रिय समाचार

नेप्से हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ रेकर्ड कायम गरेको छ । यस दिन सूचकसँगै कारोबार रकममा समेत सुधार देखिएको छ । नेप्से...

नेपाल पक्ष सरकारमा सहभागी नहुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी नहुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण...

छिमेकीमैत्री व्यवहार जरुरी

दार्चुलाका जयसिंह धामी उर्लंदो कर्णालीको बाढीमाथि तुइन पार गर्दै गर्दा भारतीय एसएसबी फोर्सले भारततिर रहेको तुइनको लठ्ठा खुकुलो पारिदिएपछि तत्काल महाकाली नदीमा बेपत्ता भए...

भरिँदै आईसीयू र भेन्टिलेटर

काठमाडौं । कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले...

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सेवा सुविधा नलिने घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन् । राज्यमन्त्री श्रेष्ठले आज मन्त्रालयमा आफ्नो ‘सार्वजनिक स्वास्थ्य र...

ट्रेन्डिङ

मुहार फेर्दै काठमाडौँ उपत्यकाका सडक

काठमाडौँ । गत वर्षमा चिल्ला सडक खोज्नुपर्ने अवस्था रहेको काठमाडौँ उपत्यकामा बिस्तारै खाल्डाखुल्डी हट्दै छन् । उपत्यकामा विस्तारका क्रममा रहेका सडकबाहेक अन्यत्र खाल्डाखुल्डी कम...

डर्टमन्डले प्रशिक्षण थाल्यो

म्युनिख । जर्मन क्लब बोरुसिया डर्टमन्डले कोरोना भाइरस (कोभिड–१९)को त्रासबीच प्रशिक्षण सुरु गरेको छ । क्लबले सोमबारदेखि केही खेलाडीलाई समावेश गर्दै प्रशिक्षण थालेको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)