यस्तो छ ‘आलुजस्ता’ गायक दुर्गेशका दुःखको कथा

काठमाडौं । गायक दुर्गेश थापा यतिबेला आफ्नो एउटा गीतका कारण युट्युब नेपालको ट्रेन्डिङमा पहिलो नम्बरमा छन् । बिहीबार बेलुकी रिलिज गरिएको दुर्गेशको पप गीत आलुजस्तो गायक…अहिले युट्युब ट्रेन्डिङमा छ । गायक थापा यसलाई गीतभन्दा पनि आफ्नो गायनको अवस्थाको एउटा कथाको रूपमा व्याख्या गरेका छन् । आफूले गीत गाउन र मोडलिङ गर्न जानेकाले आफ्नो पछिल्लो पीडालाई यो गीतमा प्रस्तुत गरेको उनले राजधानीलाई बताए ।

गत महिना पत्रकार ऋषि धमलालाई एउटा टेलिभिजनमा अन्तर्वार्ता दिनेक्रममा यी गायकले नारायण गोपालको गीत भन्दै भक्तराज आचार्यको गीत गाए । अनि यम बरालको गीत भन्दै रामकृष्ण ढकालको गीत गाए । त्यसपछि उनले आलुजस्तो गायकको उपमा खेप्नुप-यो । जसका कारण आफू केही साता ट्रोलको सिकार बन्नुपरेको व्यथा पोख्दै उनले भने, ‘त्यसपछि त मेरो यति धेरै ट्रोल बन्यो कि केही दिन निकै तनाव झेल्नुप-यो । धेरैले मलाई आलुजस्तो गायक भनेपछि मैले मेरो गायनको यथार्थ दर्शक–श्रोतालाई बताउन आलुजस्तो गायक बोलको यो गीत ल्याएको हुँ ।’

लोकगायक तथा संगीतकार वसन्त थापाको शब्द, संगीत रहेको यो गीतमा आफ्नो गायन यात्रा’bout खुलाएको पनि गायक दुर्गेशले प्रकाश पारे ।

दुर्गेशको भनाइमा आधा दशकअघि मोडलिङ व्यस्त रहेको बेला उनले एउटा गीत गाए । त्यो लोक पप गीतलाई दर्शकले रुचाए । अनि उनको पाइला मोडलिङसँगै गायनतर्फ मोडियो । अझ त्यसपछि गायनमा बिस्तारै चर्चा कमाउँदै गएका दुर्गेशलाई गत वर्षको तीज गीत बिच्च बिच्चमाले भाइरल नै बनायो । यही गीतलाई प्रोमोस्नल गीतको दीपकराज गिरी र दीपाश्री निरौलाले छ माया छपक्कैमा पनि प्रयोग गरे ।

‘मैले आजसम्म गायनसम्बन्धी एक दिनको कक्षा पनि लिएको छैन । नायक बन्न काठमाडौं आएको मान्छे मैले मोडलिङबाट अभिनय यात्रा थालें र रहर पूरा गर्न गीत गाएँ ’

यसपटक तीजमा पनि दुर्गेशले बीच्च बीच्चमा २ र बीच्च बीच्चमा–३ गरी दुईवटा तीज गीत ल्याएर चर्चासँगै विवादमा पनि परे । यी दुई गीतको चर्चासँगै टेलिभिजनमा दिइएको अन्तर्वार्तामा सम्बन्धित कलाकारको नाममा अर्का कलाकारको गीत गाउँदा आफू विवादमा परेको दुर्गेशले खुलाए । उनले नजानेरै यस्तो गरेका हुन् त भन्ने हाम्रो जिज्ञासामा दुर्गेशले भने, ‘हजुरआमा अस्पतालमा सिरियस अवस्थामा हुँदाहुँदै ऋषि सरको अन्तर्वार्ता रद्द गर्न सकिनँ । थाहा भएर पनि सोही तनावमा दिएको अन्तर्वार्तामा अग्रज गायकहरूको एउटाको गीत अर्काको नाममा गाएछु ।’ तथापि, रामकृष्ण ढकाल, यम बराल, आलोकश्री, अन्जु पन्तजस्ता अग्रज गायक गायिकाहरूले आफ्नो गल्तीलाई पनि नकरात्मक रूपमा नलिई प्रोत्साहन गरेकोमा थप हौसला बढेको दुर्गेशले बताए ।

आफ्नो गायनयात्रा’bout दुर्गेशले भने, ‘मैले आजसम्म गायनसम्बन्धी एक दिनको कक्षा पनि लिएको छैन । नायक बन्न काठमाडौं आएको मान्छे मैले मोडलिङबाट अभिनय यात्रा थालें र रहर पूरा गर्न गीत गाएँ ।’

गायक दुर्गेश थापाको भनाइमा दिवंगत अग्रज गायक धर्मराज थापाको गीत हरियो डाँडामाथि हलो जोत्ने साथीजस्ता थुप्रै गीत सुन्दै उनी हुर्किएँ । त्यसैले, उनले आफ्नो आलुजस्तो गायक गीतको प्रारम्भका हरियो डाँडामाथि गीतको केही अंश राखेका छन् । आफ्ना परिवारमा बुबाआमा, आफन्त कोही पनि गायक, गीतकार संगीतकार नभएको दुर्गेशको कथन छ । आफूले प्रकृतिबाट जे सिकेको हो, त्यही सिकाइको भरमा रहर पूरा गर्न गीत गाइरहेको पनि यी गायकले स्पष्ट पारे । दर्शकले नै आफूलाई आलुजस्तो गायक भनेर टीकाटिप्पणी गरे पनि हरेकपटक दर्शकको माया पाइरहेकाले गायनमा प्रोत्साहित भएको पनि दुर्गेशले बताए ।

आलुजस्तो गायकमा उनी पूर्ण आक्रोशित र दुःखी भावमा प्रस्तुत भएका छन् । हँसिलो स्वभावका यी गायकलाई आलुजस्तो गायक…गीतमा यो भावभंगिमा नृत्य निर्देशक शिव विकले प्रस्तुत गरेका रहेछन् । गीतमा अतिथि कलाकारका रूपमा अभिनेताद्वय पुष्पल खड्का र पल शाहले दुर्गेशलाई साथ दिएका छन् । ट्रोलको सिकार भएर फेरि गायनमा आउँदा आफूलाई यी दुई अभिनेताले एकै वचनमा गीतमा अतिथि कलाकारको रूपमा साथ दिएर हौसला बढाएको पनि यी गायकले स्पष्ट पारे ।

आलुजस्तो गायकको उपमा पाएपछि उनले चुनौती मोलेरै यो गीत ल्याएका रहेछन् । तर, टीकाटिप्पणी गर्दै आफ्नो कमजोरी केलाइदिएका दर्शकले आफूलाई अझै पनि त्यतिकै माया गरेको दुर्गेशले बताए । सोही कारण अहिले युट्युब नेपाल ट्रेन्डिङमा उनी पहिलो स्थानमा छन् ।

सोखका रूपमा गायनमा लागेको भए पनि समयअनुसार आफूलाई परिवर्तन गर्दै लैजाने यिनको कथन छ । अब उनी समय निकालेर संगीतसम्बन्धी केही समय अध्ययन गरेर आफूमा संगीतको ज्ञान बढाउने पक्षमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 160 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एकीकृत समाजवादीको चुनावी प्रतिबद्धता सार्वजनिक