लमजुङमा थप २ जनामा देखियो डेङ्गु

लमजुङ । लमजुङमा फेरि थप २ जनामा देखियो डेङ्गु संक्रमण देखिएको छ । गत असार महिनादेखि यता जिल्लामा डेङ्गु संक्रमितको कुल संख्या ७ पुग्यो । तीमध्ये ५ जना निको भई घर फर्केका छन् ।

पछिल्लो पटक डेङ्गुको संक्रमण देखिएका दुवै जना सुन्दरबजार नगरपालिकाका हुन् । सुन्दरबजार नगरपालिका– ७ का ३९ वर्षीय पुरुष र सोही पालिका– ११ निवासी ४७ वर्षीया महिलामा डेङ्गु देखा परेको स्वास्थ्य कार्यलय लमजुङले जनाएको छ टाउको दुख्ने र उच्च ज्वरो आउने समस्यापछि उपचारको लागि लमजुङ जिल्ला अस्पताल गएका उनीहरूमा डेङ्गुको संक्रमण देखिएको जिल्ला अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए । उनका अनुुुसार लमजुङमा गत वर्षदेखि डेंगुको प्रकोप देखिन थालेको हो । उनले भने, ‘त्योसँगै जिल्ला अस्पतालले डेंगु परीक्षण किटको प्रवन्ध गरेको थियो । त्यसबाट सहज रुपमा डेंगुको पहिचान हुन थालेको छ ।’

लमजुङमा चालु आर्थिक बर्षको सुरुवाती महिना साउनमै ३ जनामा डेंगुको संक्रमण पुष्टि भएको थियो । हालसम्म बेसीसहर नगरपालिका– ३ का १७ बर्षीया महिला, सोही नगरपालिका– ९ का २१ बर्षीय पुरुष, तथा सोही नगरपाकिलाका– ८ का २९ बर्षीय पुरुषमा डेंगुको संक्रमण देखिएको थियोे ।

त्यसअघि असार ३० गते क्व्होलासोंथर गाउँपालिका– २ मालिङ घर भएर बेसीसहर नगरपालिका–‘ ७ घलेगाउँचोक बस्ने २९ वर्षीया महिलामा डेंगु देखा परेको थियो । ती महिला समेत ७ जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख दवाडीले बताए । उनका अनुसार तीमध्ये ५ जना निको भई घर फर्किएका छन् । उनका अनुसार एडिस जातको पोथी लामखुट्टेले दिउँसोको समयमा टोक्दा उसको शरिरमा भएको भाइरस मानव शरिरमा सर्ने हुँदा डेङगु रोगबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन सकिन्छ । उनले भने, ‘७÷७ दिनमा यसको लार्भा उत्पादन हुने भएकाले हरेक सात सात दिनमा पानि जम्ने ठाउँ खोजेर नष्ट गर्ने अभियान संचालन गर्नुपर्छ ।’

लामखुट्टेको टोकाइबाट यो रोग एक मानिसबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने भएकाले सचेत रहन स्वास्थ्य कार्यलयले आग्रह गरेको छ । लामखुट्टेको लार्भा नष्ट गर्ने र पानी जम्ने खाल्डा खुल्डी र पानी जम्ने बोटल कागज, प्लाष्टिक नष्ट गर्नुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख दवाडीले बताए । सफा ठाउँमा सफा पानिमा लामखुट्टेले सन्तानको वृद्धि गर्ने र यसको बासस्थान शहरी क्षेत्रमा वढी हुने उनको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 348 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदान गर्न जाँदा मोबाइल र क्यामेरा लैजान नपाइने