sharethis
Monday, October 18, 2021
Your Ads Here

लिदीका पहिरो पीडितलाई सुरक्षित स्थानमा राखिँदै

सिन्धुपाल्चोक । जुगल गाउँपालिकाको लिदीमा ३९ जनाको ज्यान जाने गरी आएको पहिरोबाट विस्थापितहरुलाई सुरक्षित रुपमा राख्नका लागि गृहकार्य सुरु गरिएको छ । गाउँपालिका र जिल्ला विपद व्यवस्थापन समितिले लिदी पहिरो पीडितहरुबाट विस्थापितहरुलाई जुगल गाउँपालिका–१ सेलाङमा रहेको बासखर्क सामुदायिक वन क्षेत्रमा राख्नका लागि गृहकार्य सुरु गरिएको हो ।

पहिरोबाट विस्थापितहरुलाई वनको खाली जग्गामा अस्थाई रुपमा राख्नका लागि अहिले अस्थाई रुपमा टेण्टमा राखिन लागिएको जुगल गाउँपालिकाका अध्यक्ष होमनारयण श्रेष्ठले जानकारी दिए । ‘लिदीका पहिरो पीडितहरुले आफुहरुलाई छिटोभन्दा छिटो सुरक्षित स्थानमा रखिदिनका लागि आग्रह गर्नु भएको छ, अध्यक्ष श्रेष्ठले भने– ‘पहिला हामी एक परिवारलाई एउटा टेण्टमा राख्छौ ।’

बाँसखक क्षेत्रमा अहिले पीडितहरुलाई क्याम्प बनाएर राख्ने र त्यसको सबै व्यवस्थापन गाउँपालिका र जिल्ला विपद व्यवस्थापन समितिले गर्ने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । पीडितहरुलाई राखिने क्षेत्र सामुदायिक वनको स्वामित्वमा भएपनि अहिले पीडितहरुलाई अस्थाई रुपमा मात्रै राख्न लागिएको ढकालले जानकारी दिए ।

पीडितहरु लाई अब स्थाई रुपमा कसरी व्यवस्थापन गर्ने भनेर प्रदेश, केन्द्र सरकारसँग समन्वय गरिने छ । जिल्ला विपद व्यवस्थापन समिति ले अस्थाई रुपमा पीडितहरुलाई राख्नका लागि ९८ थान चाइनिजी टेण्ट उपलब्ध गराएको छ । खानेपानी शौचालय,सुरक्षा ,स्वास्थ्य लगायतका सबै पुर्वाधारहरु अस्थाई रुपमा नै तयारी गरिएको गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

गाउँपालिकाको पहिलो प्राथामीकतामा लिदीमा ज्यान गुमाएका ११ घरपरिवार र २९ घर पहिरोले पुरीएकाहरुलाई ल्याउन सुरु गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । हामीले लिदीका सबै आउन चाहानुहुन्छ भनेपनि सबैलाई ल्याउन तयार छौं, हामी जर्बजस्ती गर्ने पक्षमा छैनौ अध्यक्ष श्रेष्ठले भने– ‘असुरक्षित रुपमा नबसौं, सुरक्षित स्थानमा बस्नका लागि आग्रह गरेका छौ ।’

स्थायी रुपमा बाँसखर्कमा नै राख्नका लागि अध्ययन सुरु
लिदीका पहिरो पीडितहरु लाई स्थायी रुपमा नै त्यही राख्नका लागि सिन्धुपाल्चोकबाट निर्वाचीत जनप्रतिनिधिहरु राजनीतिक दलका नेताहरुले पहल सुरु गरेका छन् । भुकम्पको समयमा पनि विस्थापित भएकाहरुलाई अस्थाई रुपमा बाँसखर्कमा नै ल्याएर राखिएको थियो । पछि केही परिवार लाई अक्सफम र जनहित ग्रामीण सेवा समितिले पुननिर्माण प्राधिकरणसँग समन्वय गरेर जग्गा खरिद गरेर घर निर्माण गरिदिएको थियो ।

वागमती प्रदेशका अर्थ तथा विकास समितिका सभापति सरेश नेपाल,नेकपा केन्द्रीय सदस्य माधव सापकोटा,प्रदेशका नेता सरल सहयात्री, गाउँपालिका लगायतको जनप्रतिनिधिको टिमले विस्थापितहरु लाई अस्थाई रुपमा राखिने क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए ।
‘अब विस्थापितहरुलाई स्थाई रुपमा नै यही राख्नुपर्छ, त्यसका लागि हामीले पहल सुरु गरेका छौं’, नेकपाका युवा नेता माधव सापकोटाले भने । विस्थापितहरुलाई राखिने क्षेत्र सरकारी स्वामित्वको भएपनि सरकारसँग जग्गा सट्टापट्टालगायतको सरकारी प्रक्रिया सुरु भएको उनले बताए ।

लिदीमा बिस्थापितहरुको जग्गा कति रहेछ, नापी र मालपोतले त्यसको तथ्यांकन संकलन गर्ने र त्यही बराबरको जमिन पीडितहरुलाई दिने तर्फ हामी अघि बढेका छौं । लिदीको व्यक्तिगत जग्गा सरकारी नाममा गरिदिने र बाँसखर्कको जग्गा सरकारको नाममा गरिदिने यही प्रक्रियाबाट हामी अघि बढ्छौं’, सापकोटाले भने ।

‘विस्थापितहरुलाई सुरक्षित रुपमा राख्ने सँगै आयआजर्नका गतिविधिहरु पनि सँगै हुने गरी योजना बनाइएको वागमती प्रदेशका अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले जानकारी दिए । एउटा घर मात्रै भन्दा पनि विस्थापितहरु लाई दिर्घकालिन रुपमा आयआर्जनसँग जोडिने गरी योजना बनाएका छौं’, नेपालले भने ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

जाजरकोटकोे बारेकोटमा पहिराले घर बगाउँदा १२ बेपत्ता
अपाङ्गता भएकी बालिका बलात्कार गर्नेलाई जेल सजाय
सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु
भालुपहाडमा पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध
दशककै उत्कृष्ट फुटबलर मेस्सी
प्रदेश १ मा सत्तारोहणको बाटोमा काँग्रेस

आजको समाचार

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
गाेहल चाैधरी : दसैंप्रति उत्साह छैन
मिडियाकाे दवावपछि कांग्रेस मलाई मन्त्री बनाउन वाध्य भयाे : डोबाटे विश्वकर्मा

साताका लोकप्रिय समाचार

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
गाेहल चाैधरी : दसैंप्रति उत्साह छैन
चाडबाड नजिकिँदा आउँछ परदेशी सन्तानको याद
धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना, चार जना घाइते

भर्खरै

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
Dhruba Lamsal || 12 October 2021
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मत्यु भएको छ । १८ जना घाइते भएका...

कुरी-कुरी