जनकपुरधाम । धनुषामामा पुनः एक साताका लागि निषेधाज्ञा थपिएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेकाले आज राति १२ः०० बजेपछि निषेधाज्ञाको अवधि सकिन लागेपछि पुनः भदौ १४ गतेसम्मका लागि जिल्ला प्रशासन कार्यालय धनुषाले लकडाउन अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए ।
नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गराउनका लागि स्थानीय प्रशासन ऐन दफा २०२८ ६९३० अनुसार सो आदेश जारी गरिएको हो । लकडाउनको अवधिमा बिहान १० बजेसम्म मात्र पसल सञ्चालन गर्न पाउने छन् । व्यापार र व्यवसाय सञ्चालन गर्दा बिक्रेताले पञ्जा, मास्क र स्यानिटाइजर प्रयोग गर्नुका साथै सामाजिक दूरी कायम गर्नुपर्ने तथा क्रेतालाई अनिवार्य रुपमा मास्क प्रयोग गर्ने प्रजीअले स्पस्ट पारेका छन् ।
धनुषामा कोरोना सङ्क्रमितको संख्या निरन्तर रुपमा वृद्धि हुन थालेपछि स्थानीय प्रशासनले यही साउन १९ गतेदेखि शुरु गरेको एक साताको लकडाउनको अवधिमा एक एक साता थपिँदै गएको छ । धनुषा अहिले संक्रमितको संख्या १२ सय ३१ पुगेको हो भन्ने अहिलेसम्म १० जनाको मृत्यु भई सकेको छ । ४४० सक्रिय संक्रमित मध्ये ८० जना आइसोलेसनमा छ भन्ने ३६० होम आइसोलेसनमा रहेका छन् ।