गर्भवती महिलाको नुहाउने क्रममा खोलाले बगाएर मृत्यु

पोखरा । कास्कीको माछापुच्छे गाउँपालिका–९, नागीको कस्सिम खोलाले बगाउँदा आइतबार बिहान २४ वर्षीया दीपा गौतमको मृत्यु भएको छ ।

तीजको अन्तिम दिन ऋषिपञ्चमी नुहाउन र दतिवन खान साथीहरुसहित खोलामा पुगेकी स्थानीयवासी गौतमलाई नुहाउनेक्रममा खोलाले बगाएको हो ।

खोलामा उनी सहित ५ जना नुहाउन पुगेका थिए । उनी स्थानीय मोटर तर्ने ठाउँबाट चिप्लिएको वडाध्यक्ष दुर्गाबहादुर क्षत्रीले जानकारी दिए । दुई वर्षकी छोरी समेत रहेकी गौतम गर्भवती समेत थिइन् ।
उनलाई बगाएको स्थानबाट ५ सय मिटर तल खोलाकिनारमा स्थानीय र प्रहरीले शव भेटाएको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सुवास हमालले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कन दलले कहाँ गुमाए ?