Wednesday, September 22, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ३बस्तीभर पहिरो नै पहिरो, सग्लो जमिन नै छैन कतै (तस्विरसहित)

बस्तीभर पहिरो नै पहिरो, सग्लो जमिन नै छैन कतै (तस्विरसहित)

,
sharethis

सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिका –५ गुन्साका भुपेन्द्र तामाङले आफ्नो जग्गाको लालपुर्जा र जग्गाको कित्ता नम्बर भएको कागजको टुक्रा गोजीमा बोकेर हिंडेका छन् । केही दिन अघि बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा, उपमेयर सुशिला पाख्रिनसहितको जनप्रतिनिधिको टोली उनको गाउँमा पुग्दा उनले त्यही लालपुर्जा र आफ्नो जग्गाको कित्ता नम्बर खल्तीबाट झिकेर देखाउँदै भने–‘मेरो जग्गाको लालपुर्जा र कित्ता नम्बर यही हो ।’

उनले जग्गाको लापुर्जा र कित्ता नम्बर देखाएपनि अब त्यो जग्गा लालपुर्जामा मात्रै सीमित भएको छ । असारमा रोपेको धान भित्रयाउन अब भुपेन्द्रले कहिले नपाउने भएका छन् । पुरानो सर्टको गोजीमा लालपुर्जा र कित्ता नम्बर पट्याएर हालेपछि खेत भएको स्थान देखाउँदै भने–मेयर ज्यु मेरो खेत ऊ त्यही थियो ।’ त्यति भनेपछि उनी बोल्नै सकेनन् ।

असार २४ को भिषण वर्षापछि उनको खेत नजिकै रहेको याल्मो खोला उर्लिँदा जम्बुको एउटा बस्ती नै सखाप बनायो, १७ बेपत्ता र दुईको मृत्यु भयो । तल्लो क्षेत्रमा बस्ती बगायो, स्थानीयले मृत्युवरण पनि गर्नुप-यो, त्यही विपत्तीको सुरुवात भएको बस्ती क्षेत्रमा मानवीय क्षति त भएको छैन तर सग्लो बस्ती कतै पनि छैन ।

असार २५ गते र त्यसपछि आएको निरन्तरको पहिरोले बाह्रविसे नगरपालिका–५ को सिगो वडामा सग्लो जग्गा कतै छैन, जताततै पहिरो नै पहिरो । जिल्लाका धेरै ठाउँमा सडक निर्माण गर्दा स्काभेटरको प्रयोगले पहिरो गएको भनिरहदा यो वडामा सडकको कारणले नै पहिरो भने कतै पनि गएको छैन ।

बाह्रविसे–५ बुकाममा १४ घरपरिवार झण्डै एकमहिनादेखि नगरपालिकाले उपलब्ध गराएको टेण्टमा कष्टसँग दिनचार्य चलाइरहेका छन् । बस्ती नजिकैबाट पहिरो गएपछि यो बस्ती उच्च जोखिममा परेको छ, बस्ती जोखिममा परेपछि सबै १४ परिवार नै नजिकै रहेको भेडागोठमा टेण्ट हालेर बसेका छन् ।

त्यो बस्तीका रामबहादुर तामाङ हशिले ७४ वर्षको भए । उनले जीवनको यो उमेरमा भोगोको सबैभन्दा ठुलो विपत्ती नै यही हो । अहिलेसम्म यस्तो भएको थिएन, यो साल त अचम्म नै भो रामबहादुरले भने–‘बिहान र बेलुकीको खाना घरमा नै गएर खान्छौं, बेलुकी टेण्टमा आएर सुत्छौं ।’ दिउँसो पनि ठुलो पानी पर्दा सबै त्यही डाँढामा आएर बस्ते गरेको उनले सुनाए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   कांग्रेस पदाधिकारी बैठक बस्दै, खड्काकाे बारेमा थप छलफल हुने

बुकामकै सोममाया तामाङको ६ जनाको परिवार पनि अरु जस्तै गरेर टेण्टमा दिन रात बिताइरहेका छन्,घरमुनीको पहिरोले उनको घर लैजान लागेको छ । यो वर्ष मात्रै घर बनाएर सकेका थियौ, धेरै महिना पनि बस्न पाएनौ सोममायाले भनिन् । ‘स्थानीयले लगाएको धान, कोदो र पाक्ने बेलाको मकै सबै नै पहिरोले लगेपछि स्थानीय समस्यामा छन् । अहिले त नगरपालिकाले केही राहात दिएको छ र सजिलो भएको छ,अब त्यो सकेपछि के गर्ने हामी समस्यामा छौं, स्थानीय लाक्पा शेर्पाले भने ।

बाह्रविसे नगरपालिका–५ को बुकाम, कसेरी, गुन्सा, खोराङ, काभ्रे, कुखुरे, कल्लेरीलगायतका बस्तीहरु पहिरो पछि उच्च जोखिममा रहेको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए । वडा नम्बर –६ कै सोताङ, यार्सालगायतका बस्तीहरु जोखिममा छन् ।

बस्ती मात्रै होइन नगरपालिकाको–५ नम्बर वडा भित्रका विद्यालय , सडक, पुल, खानेपानी, सिञ्चाइ लगायतका संरचनाहरु पनि निरन्तरको वर्षाले गर्दा सबै क्षति भएको बाह्रविसे नगरपालिकाकी उपमेयर सुशिला पाख्रिनले जानकारी दिइन् । ‘बस्तीमा सग्लो केही पनि छैन,जताततै पहिरो मात्रै छ,अब कसरी विस्थापितहरु लाई सुरक्षती सँग राख्ने समस्या भएको छ’, पाख्रिनले भने ।

पहिरोपछि सबैको ध्यान तल्लो क्षेत्र जम्बु, खोकुण्डोलमा मात्रै परेपछि बाह्रविसे नगरपालिकाले एकसरो राहातका सामग्रीहरु बस्तीमा पु¥याएको छ । ‘एक पटक त हामीले जसोतसो पु¥याएका छौं, अब दोस्रो चरणमा उहाँहरुसँग सल्लाहा गरेर के गर्ने निर्णय गछौं’, मेयर शेर्पाले भने । ‘पहिरो ले सो वडाका ४ सय ६१ घरधुरी समस्यामा रहेका छन् । बस्तीभर पहिरो नै पहिरो छ, तर अहिले हामीले तत्कालका लागि कम्तीमा पनि ४० घरपरिवार लाई सुरक्षीत स्थानमा राख्ने गृहकार्य सुरुवात गरेका छौं’, मेयर शेर्पाले भने ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   कांग्रेस पदाधिकारी बैठक बस्दै, खड्काकाे बारेमा थप छलफल हुने

तपाइको प्रतिक्रिया

(Visited 985 times, 1 visits today)

आजको समाचार

परराष्ट्र कांग्रेसको भागमा, खड्का मन्त्री बन्दै

काठमाडौं । सरकार बनेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर चर्काे आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने भएका...

अध्यादेश खारेज नभई जसपाले मन्त्री पठाउँदैन : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा नजाने अडान लिएका छन् । अध्यादेश खारेजपछि मात्र...

पहिरोले घर पुरिदा एकै परिवारका तीन छोरीको मृत्यु

  गुल्मी । गुल्मीमा पहिरोल घर पुिरदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –८ थुम्कामा तिलक परियारको घर पुरिदा उनकी छोरीहरु २१...

किन हुन्छ सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि बारम्बार आक्रमण ?

काठमाडौं । कञ्चनपुरमा सोमबार साँझ भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी...

साताका लोकप्रिय समाचार

आमा बनिन् प्रियंका कार्की

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीलाई पुत्री लाभ भएको छ । उनी बुधबार आमा बनेकी हुन् । उनका श्रीमान आयुष्मान देशराज जोशीले आफु पिता बनेको...

हिजो हामी अष्टलक्ष्मी शाक्यकै लागि लड्यौ आज उहाँले धोका दिनु भो : मनु सिग्देल

  नेकपा एमाले भित्रको अन्तर विरोधपछि विभाजित भएर बनेको नेकपा समाजवादी पार्टी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलसंग पार्टीको आन्तरीक गतिविधि तथा...

ज्याला नपाएको झोंकमा मजदुरले चलाए कोइलाखानीमा स्काभेटर, ६ ट्रक ध्वस्त

अंकार । टर्कीका एक मजदुरले आफूले ज्याला नपाएको झोंकमा कोइलाखानीका ६ ओटा ट्रक ध्वस्त पारिदिएका छन् । आफ्नौ काकाले ज्याला नदिएपछि सिरनक प्रान्तका ती...

संविधानको पुनर्लेखन गरौँ : प्रभु साह

  काठमाडौं । पूर्वमन्त्री प्रभु साहले संविधान पुनर्लेखन आवश्यक रहेको बताएका छन । आईतबार संविधान दिवसको दिन सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वमन्त्री साहले संविधानमा रहेका विभिन्न खाले...

अस्वाभाविक मूल्यवृद्धिको चपेटामा उपभोक्ता

दसैं, तिहार र छठजस्ता नेपालीहरूका ठूला पर्वको आगमनसँगै दैनिक उपभोग्य वस्तुको बजार भाउ एकाएक अकासिएको छ । यसरी अकासिएकोे मूल्यवृद्धिले आमजनताको ढाड सेकेको छ...

ट्रेन्डिङ

गतवर्ष रिलिज भएनन् स्टार अभिनेताका फिल्म

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका महँगा र स्टार भनेर चिनिएका अभिनेताको चलचित्र रिलिज नै नभई २०७६ साल बित्यो । दर्शकलाई २०७६ सालमा महँगा अभिनेता...

१३ वर्षिय बालिकालाई जबरजस्ती गर्ने पक्राउ

सुनसरी । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हरिनगरा गाउँपालिका–६ बस्ने २२ वर्षीय शम्सेर अन्सारीलाई दिउँसो प्रहरीले पक्राउ गरेको छ । अन्सारीले ती बालिकालाई...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)