Monday, July 26, 2021
Homeभर्खरैकस्तो हुनुपर्छ क्वारेन्टाइन ?

कस्तो हुनुपर्छ क्वारेन्टाइन ?

,
sharethis

पछिल्लो तथ्याकं हेर्ने हो भने देशभर ११ हजार २ सय ७५ जना क्वारेन्टाइन बसेका छन् । अहिले भएका अधिकांश क्वारेन्टाइनले मापदण्ड पूरा गरेका छैनन् । पाँच वर्ष नपुगेका बालबालिका, दीर्घरोगी (औषधि नियमित खाइरहेका) र ६५ वर्ष पूरा गरेका ज्येष्ठ नागरिकका लागि छुट्टै क्वारेन्टाइन व्यवस्था हुनुपर्छ । हुलमुलमा एकै ठाउँमा राख्नु हुँदैन । क्वारेन्टाइन समुदायबाट अलिक टाढा रहनुपर्छ ।

विदेशबाट आएकालाई पीसीआर परीक्षण नै नगरी धमाधम क्वारेन्टाइनमा राखेको पाइएको छ । यसो गर्दा जोखिम झनै बढ्छ । कुनै पनि शंकास्पदलाई संक्रमण फैलिनसक्ने समयसम्म निगरानीमा राखिनुलाई क्वारेन्टाइन भनिन्छ ।

अधिकांश क्वारेन्टाइनले मापदण्ड पूरा गरेका छैनन् । पाँच वर्ष नपुगेका बालबालिका, दीर्घरोगी (औषधि नियमित खाइरहेका) र ६५ वर्ष पूरा गरेका ज्येष्ठ नागरिकका लागि छुट्टै क्वारेन्टाइन व्यवस्था हुनुपर्छ । हुलमुलमा एकै ठाउँमा राख्नु हुँदैन । क्वारेन्टाइन समुदायबाट अलिक टाढा रहनुपर्छ ।

कोरोना हकमा १४ देखि १७ दिनसम्म शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राखिन्छ । सरकारले क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनका लागि मापदण्डसमेत निर्धारण गरेको छ ।

रोगस“ग लड्न प्रतिरोधात्मक क्षमता बढाउने सन्तुलित भोजन व्यवस्था हुनुपर्छ । सुत्न छुट्टै बेड व्यवस्थापन हुनुपर्छ । क्वारेन्टाइन व्यवस्थापनका लागि चिकित्सक, जनस्वास्थ्यकर्मी, प्रयोगशालाकर्मी, नर्स र सुरक्षाकर्मीको संयुक्त टिम हुनुपर्छ । बालबालिका, ज्येष्ठ नागरिक, दिर्घरोगीलाई क्वारेन्टाइनमा कसरी राख्ने ? भन्नेबारे वर्गीकरण गर्न जरुरी छ । संक्रमित व्यक्तिको सम्पर्कमा आएको व्यक्तिलाई कम्तीमा तीन सातासम्म क्वारेन्टाइनमा राख्नुपर्छ ।

केही साताअघि प्रदेश २ पर्सासहितका केही जिल्लामा हामी पुगेका थियौं । मुख्य समस्या जनघनत्व बढी भएको स्थानमा भौतिक दूरी कायम नभएको र मास्क प्रयोग नगरेको पाइयो । स्थानीय तह र प्रदेश सरकारले सञ्चालन गरेका क्वारेन्टाइन पूर्ण मापदण्डयुक्त छैनन् । कोभिड–१९ तीव्र रूपमा फैलिइरहेको छ । खुला सीमाका कारण भारतमा फैलिएको संक्रमण नियाल्दै नाकामा व्यवस्थित गर्नुपथ्र्यो ।

भारतबाट फर्किएका नागरिकलाई क्वारेन्टाइन व्यवस्था गर्दै पीसीआर परीक्षण गरेको भए प्रभावकारी हुन सक्थ्यो । र, परीक्षणक्रममा पोजेटिभ देखिएकालाई आइसोलेसनमा राख्नुपथ्र्यो ।

सम्भव भएसम्म शौचालयसहितको कोठा र सो नभए न्यूनत्तम प्रतिकोठा अधिकत्तम तीन जनाको दरले ६ जनाका लागि साझा शौचालय र स्नान गृह भएको हुनुपर्छ ।

क्वारेन्टाइनस्थलमा स्वास्थ्य सामग्रीसहितको प्रतिसय जनाका लागि मेडिकल अधिकृत एकजना, स्वास्थ्य परिचारिका एक, पारामेडिक एक, ल्याब टेक्निसियन (आवश्यकताअनुसार) हुनुपर्छ । जसमा २४सैं घण्टा एम्बुलेन्स व्यवस्था गनुपर्ने मापदण्डअनुसार अघि बढ्नुपर्छ ।

वली स्वास्थ्य सेवा विभागका जनस्वास्थ्य निरीक्षक हुन् ।

(Visited 468 times, 1 visits today)
Loading comments...

आजको समाचार

जसपा आधिकारिकता विवादको टुंगो आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव...

जसपा विवादः महन्थको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुर पक्षले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’...

चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको...

निगमलाई निजीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमलाई तत्काल निजीकरण नगर्न अल्पकालीन आदेश जारी गरेको छ । नेपालका लागि नेपाली पार्टीकातर्फबाट आतिस कार्कीले दायर गरेको...

साताका लोकप्रिय समाचार

माग सम्बोधन नगरे सिंहदरबार घेराउ गर्ने चेतावनी

काठमाडौं । यातायात व्यवसायी एउटै प्रदेशभित्र चल्ने बस भाडा समायोजनको माग गर्दै आन्दोलित भएका छन् । सरकारले हालै मात्र एउटा प्रदेशबाट अर्को प्रदेशमा चल्ने...

आयात–निर्यात दुवै बढ्यो

  काठमाडौं । कोरोना महामारीको असहज अवस्थामा पनि गत आर्थिक वर्ष २०७७/७८ मा मुलुकको आयात –निर्यात दुवै बढेको छ । गत आव असार मसान्तसम्मको अवधिमा...

चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको...

माेदीले देउवालाई फाेनमा बधाई दिँदै खाेप सहयाेगकाे आश्वासन दिए

  काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएका छन् । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोनमा कुराकानी गर्दै भारतीय प्रधानमन्त्री...

ट्रेन्डिङ

काठमाडौं उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा...

नगर कार्यपालिकाको बैठक पाँच महिनादेखि अबरुद्ध

लमजुङ । लमजुङको कान्छो राइनास नगर कार्यपालिकाको बैठक पछिल्ला पाँच महिनादेखि अबरुद्ध छ । मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत बीचको मनोमालिन्यका कारणले बैठक...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)