Sunday, May 9, 2021
Home बिचार सुशासन र कर्मचारी उत्प्रेरणा

सुशासन र कर्मचारी उत्प्रेरणा

,

राज्यको विकाससँगै सार्वजनिक सेवा प्रवाह सञ्चालन हुँदै आएको भए तापनि निजामती सेवाको सुरुवात चाहिँ चीनबाट भएको थियो भने नेपालमा वैज्ञानिक शासन व्यवस्थाको सुरुवात लिच्छवि कालमा भएको र स्वर्णयुगको सर्वजनिक सेवा प्रवाह चुस्त र न्यायिक भएको अध्ययनबाट जानकारी लिन सकिन्छ ।

राणाकालीन शासन व्यवस्थामा देशको राजस्व हिनामिना गर्ने कर्मचारीको सात पुस्तासम्मलाई सजाय हुने व्यवस्थाको कारणले कर्मचारीलाई जिम्मेवार र उत्तरदायी बनाएको थियो ।

शाहकालीन र पञ्चायती व्यवस्थामा प्रचलित प्रशासनिक भाषामाथिको आदेश कुन दरबार र पदाधिकारीको आदेश तथा निर्देशन हुन्थ्यो । कसैलाई पत्तो हुँदैनथ्यो तर ढिलासुस्ती, पानफुल र अतिरिक्त रकमलाई शून्य सहनशील बनाएको थियो रे भनी बढीभन्दा बढी जनसम्पर्क हुने र राष्ट्रलाई धन सम्पर्क हुने कार्यलयबाट सेवा लिने भुक्तभोगी सेवाग्राहीबाट स्मरण हुँदै आएको छ ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहको सक्रिय शासन व्यवस्थाको सुरुताकाको सार्वजनिक प्रशासनमा ‘कर्म पूजा हो र ग्राहक देवता’ भन्ने भनाइको पूर्ण परिपालना भएको अनुभूति गरिएको थियो ।

केही समय अगाडिसम्म सेवाग्राहीलाई दोस्रो दर्जाको मान्छे ठान्ने कर्मचारीतन्त्रमा युटर्न भएर कार्यलयमा सेवा लिन आएका सेवाग्राहीलाई हजुर, तपार्इं, कृपया ! बस्नुहोस्, के सेवा गरौं ? जस्ता शब्दबाट आदर सम्मान र आदर्श भाव देखाउँदै चुस्त, गुणस्तरीय र सुशासनमैत्री कार्य सम्पादन भएको थियो भनी त्यस समयका सेवाग्राही स्मरण गराउँदछन् ।

संक्रमित बिरामीको सेवामा खटेका डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी मध्येबाट छनोट गरी सेवा प्रदायकलाई हौसला प्रदान गर्नुपर्छ

एक समय हाम्रो सिंगापुरको भ्रमणमा तहाँका सेवा प्रदायकबाट कृपया ! म तपाईंलाई सेवा पु¥याउन सक्छु कि ? भनी आदर भावबाट सेवा प्रदान गर्न सुरु भएकोमा हामीलाई गर्व लाग्यो नेपालमा हामीले पनि यस्तै सेवा दिन थाल्नुपर्दछ, यस्तै सिस्टम बसाल्न राजनीति र प्रशासन दुवैमा अनुभव राख्नुपर्दछ भन्दै खुसी साथ चुस्त र पारदर्शी सेवा लिएका थियौं ।

हाम्रो आनीबानीमा परिवर्तन हुनैपर्दछ । राज्यलाई कर, शुल्क, दस्तुर बुझाउन जाने सेवाग्राहीले कार्यलय परिसरमा अगाडि भित्तामा लेखिएको ‘पकेटमारादेखि सुरक्षित रहनुहोस्’ भन्ने सूचना पढेर त्रसित हुँदै टन्टलापुर घाम, दर्के पानी सहँदै लाइनमा बस्दा उल्टै यो पुगेन ऊ पुगेन भनी प्रशासकले थर्काउने नियमितताले हाम्रा युवावर्ग विदेशमा अपनाएको सिस्टमले काम हुने र सुशासनको स्मरण सुनाउँदै विदेशतिरै पलायन हुन पुग्दछन्, यसलाई नियन्त्रण गर्न अब ढिलो गर्नुहुँदैन ।

गोल्डमेडल होल्डर प्रतिस्पर्धाबाट छनोट भएका दक्ष प्रशासकलाई यति वर्ष र उति वर्ष जेल बसेर प्राप्त गरेको राजनीतिक डिग्री होल्डरको दबाबमूलक निर्देशनअनुसार काम गर्न बाध्य बनाउने परिपाटीको अन्त्य गरी प्रशासन र राजनीति एउटै सिक्काको दुई पूरक अंग मानी सहकार्यको थालनी गर्न ढिलो गर्नुहुँदैन ।

२०१३ साल भदै २२ गते तत्कालीन राजा महेन्द्रको शासनाधिकार समयमा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन जारी गरेर सार्वजनिक प्रशासनको संविधान ल्याइदिएको गुण स्मरण गर्दै २२ भाद्र २०६६ देखि प्रत्येक वर्ष निजामती सेवा दिवस मनाउन थालियो ।

यसै दिन विभिन्न तहका असल कार्य सम्पादन गरेर राष्ट्र र सेवाग्राहीलाई लाभ पु-याएका निश्चित संख्याका कर्मचारीलाई निजामती सेवा पुरस्कार प्रदान गरी बाँकी कर्मचारीलाई अझै असल कार्य सम्पादन गरी भविष्यमा पुरस्कार पाउने आशा जगाउने प्रयास गरेको हुनुपर्दछ ।

निजामती पुरस्कार कस्ता–कस्ता ? खोज, अनुसन्धान र रचनात्मक कार्यसम्पादन गरेका कस्तो ? भौगोलिक क्षेत्रमा रही काम गरेका राष्ट्रसेवकले कुन विधिअनुसार पाउने सबै विषय कानुनमा छर्लंग छन् तर चाकडी र चाप्लुसीका माहिर, आफ्नो मान्छे, भनसुन र विभिन्न पार्टीका भावी संगठनका टे«ड युनियनका पदाधिकारी, सदस्य र उनीहरूका रक्षाकवजलाई वितरण गर्ने पुरस्कारले निजामती प्रशासनमा उत्साह हैन निराशा छाएको छ । निजामती सेवा पुरस्कार पाएको कर्मचारीबाट राष्ट्रलाई योगदान र सेवाग्राहीप्रतिको सेवाप्रवाह कस्तो हुनुपर्ने हो ? कस्तो भइरहेको छ ? सुपरिवेक्षण र मूल्यांकन हुनु आवश्यक छ ।

पुरस्कार पाउनेभन्दा फरक पाइएमा सुदसहित असुलउपर गरी पाएको पुरस्कार बराबर जरिमाना गरेर राष्ट्रिय ढुकुटीमा जम्मा गर्ने कानुनी व्यवस्था हुनुपर्दछ । यसो भयो भने सुशासन ऐन २०६४ ले परिकल्पना गरेको उत्तरदायित्व र जिम्मेवारी पूरा गरेको हुनेछ ।

निजामती सेवा दिवसको अवसरमा २०६१ देखि २०७६ सम्मका नाराको क्रमशः स्मरण गरी त्यसको भाव, उद्देश्य र प्रयोगको सम्बन्धमा स्मरण गर्नु सान्दर्भिक हुनेछ ।

२०६१ मा सुशासन र प्रदान गरिने सेवाहरूको प्रभावकारिता, २०६२ मा सबल प्रशासन स्वच्छ प्रशासन, २०६३ मा लोकतन्त्रका लागि जनमुखी नागरिक प्रशासन, २०६४ मा पारदर्शी प्रशासन लोकतान्त्रिक प्रशासन, २०६५ मा जनसेवा हाम्रो प्रतिबद्धता, २०६६ मा जनताका लागि प्रशासन, २०६७ मा शिष्ट र नम्र व्यवहार सेवाग्राहीको अधिकार, २०६८ मा जनतालाई सम्मान र सेवा सुशासनलाई टेवा, २०६९ मा जनमुखी प्रशासन अनुशासन र सुशासन, २०७० मा सुशासन र सदाचार निजामती सेवाको आधार, २०७१ मा निजामती सेवाको मान्यता अनुशासन, इमानदारिता र नैतिकता, २०७२ मा निजामती सेवाको सपना समृद्ध नेपालको रचना, २०७३ मा सेवामैत्री प्रशासन संघीयता र सुशासन, २०७४ मा निजामती कर्मचारीहरूको प्रतिबद्धता, पारदर्शिता र चुस्तता, २०७५ मा नतिजामुखी प्रशासन समृद्धि र सुशासन र २०७६ मा सक्षम निजामती प्रशासन विकास, समृद्धि र सुशासन रहेको थियो ।

माथि उल्लिखित वर्षहरूका निजामती सेवा दिवसका उपर्युक्त नाराहरूको वाचन र अन्य रचनात्मक कार्यक्रमसहित सफेद पोसाकमा प्रभातफेरि कार्यक्रम गरेर प्रशासनिक नेतृत्व मुख्य सचिव, सामान्य प्रशासनमन्त्रीको उपस्थितिमा राज्यको कार्यकारी प्रमुखको प्रमुख आतिथ्यतामा केन्द्रीय सचिवालय परिसरमा सभ्य र भव्य रूपले दिवस मनाउँदा आदर्श विचार र प्रतिबद्धता व्यक्त गरेर परम्पराको निरन्तरता धान्दै आइरहेको महसुस भएको छ ।

यस वर्षको निजामती सेवा दिवस मनाउँदै गर्दा कोभिड–१९ भाइरस संक्रमणको कारण सार्वजनिक सेवा प्रवाहमा गतिरोध भएको छ । सरकारले चार महिनासम्म लगाएको लकडाउन र हालै जारी सटडाउन लागू गर्दा उमेर पुगेपछि नागरिक हुन पाउने अधिकारबाट केही समयका लागि मात्र भए तापनि नागरिकले पाउनुपर्ने सेवा सुविधा पाउनबाट वञ्चित हुन पुगेका छन् भने अन्य सेवा राहदानी, सवारी लाइसेन्स, उद्योग दर्ता, संस्था दर्ता आदिबाट नागरिक वञ्चित हुन पगेका छन् भने सरकारले राजस्व उठाउनसमेत नपाएको अवस्था छ ।

अबका दिनमा मनाउने निजामती सेवा दिवसका लागि प्रभावकारी र व्यवहारमा प्रयोग गर्न सुहाउँदो नारा तय गर्नुपर्छ । कसैको दबाब, प्रभाव र रवाफमा नपरी उपयुक्तताको सिद्धान्त र राष्ट्र निर्माता पृथ्वीनारायण शाहद्वारा उदगार भएको ‘योग्यं योग्याय दातव्यं’को मर्म एवं भावनाअनुसार योग्य कर्मचारीलाई पुरस्कृत गर्नुपर्छ । यस वर्ष कोभिड–१९ बाट संक्रमित बिरामीको उल्लेख्य सेवा गरेर सबैभन्दा बढी खटेर धेरैको उपचार गर्ने डक्टर र नर्स तथा स्वास्थ्यकर्मीमध्येबाट छनोट गरेर सेवाप्रदायकलाई हौसला प्रदान गर्नुपर्छ ।

(Visited 386 times, 1 visits today)
Loading comments...

आजको समाचार

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

अक्सिजन सिलिन्डर र भेन्टिलेटरसहितको सामग्री लिन निगमको जहाज सोमबार चीन जाने

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० विमान आगामी सोमबार चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन...

पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालक कोरोना जितेर घर फर्किए

गुल्मी । मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् । मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले...

ज्वरोमा हेलचेक्र्याइँ नगरौं

निजी प्रयोगशालामा कोरोना नेगेटिभ देखिएका काठमाडांैका ११ वर्षीय एक बालक ज्वरो, झाडापखालापछि शिथिल अवस्थामा कान्ति बालअस्पतालको पीआईसीयूमा भर्ना भए तथापि पुन पीसीआर गर्दा पोजेटिभ...

साताका लोकप्रिय समाचार

बालिकालाई पेट्रोल छर्केर आगो लगाउने दुईजना पक्राउ

बाजुरा । १४ वर्षीया बालिकामाथि पेट्रोल छर्केर आगो लगाउने दुईजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १९ गते राति गाउँमा बिहे भइरहेको समयमा...

राष्ट्रपतिद्वारा तेजाब र संवैधानिक परिषद्सहित सात अध्यादेश जारी

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लगायत सात अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको...

अक्सिजन अभावले बाँकेमा तीनस बेडकाे अस्पताल सञ्चालन हुन सकेन

नेपालगञ्ज । कोरोना हटस्पट बनेको बाँकेमा कोरोनाका बिरामी उपचार गराइरहेका अस्पतालमा अक्सिजन अभाव देखिन थालेको छ । अक्सिजन अभावकै कारण नेपालगन्ज मेडिकल कलेज कोहलपुरले...

भारतमा कोरोना संक्रमितको संख्यामा दिनदिनै नयाँ रेकर्ड, एकै दिन चार लाख १४ हजार संक्रमित

नयाँ दिल्ली । कोरोनाभाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरको सङ्कट व्यहोरिरहेको भारतमा विगत २४ घण्टाको अवधिमा चार लाख १४ हजार नयाँ सङ्क्रमित फेला परेका छन् ।...

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर...

ट्रेन्डिङ

घोषित पुरस्कार पाउन खेलाडीले अझै एक साता कुर्नुपर्ने

काठमाडौं । गत मंसिरमा नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्न सफल खेलाडी तथा प्रशिक्षकहरूले नेपाल सरकारले घोषण गरेको पुरस्कार रकम पाउन...

म्युजिक भिडियो निर्देशन गर्दै शम्भुजीत

काठमाडौं । बुधबार बेलुका बरिष्ट संगीतकार शम्भुजीत बासकोटा कलाकारहरुलाई एउटा भिडियोको लागि निर्देशन गर्दै थिए । काठमाडौंको लाजिमपाट स्थित सम्पदा गार्डेन रिसोर्टमा एउटा गीतको...

काठमाडौँ उपत्यकामा जोखिम बढे पनि भीडभाड उस्तै

काठमाडौँ । पछिल्ला केही दिनदेखि काठमाडौँ उपत्यकामा कोरोना भाइरस सङ्क्रमित दैनिक बढिरहे पनि भीडभाडमा भने कमी आएको छैन । गत चैत ११ देखि देश...

संखुवासभाको मादीमा बस दुर्घटना हुँदा ३२ घाइते

संखुवासभा । संखुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको बस धर्मदेवी नगरपालिका–४ मा दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन् । को १ख २८२४ नम्बरको...

आफ्नै आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

तनहुँ । तनहुँमा आफ्नै आमाको हत्या गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । ७२ वर्षीया आमा लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास...

नाट्य संगीतमा थपिए ६ जना सभा सदस्य

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा ६ जना सभा सदस्यहरू थपिएका छन् । प्रतिष्ठानको १५ जना सभा सदस्यमध्ये यसअघि पाँच जना सभा सदस्य...

ललितपुरमा ५ हजार बढीलाई कोरोना संक्रमण

ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या पाँच हजार...

काभ्रेमा ४६ जना नयाँ संक्रमित थपिए, एक संक्रमितको मृत्यु

काभ्रेपलाञ्चोक । जिल्लामा आज ४६ जना नयाँ कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । त्यस्तै कार्यालयका अनुसार एक जना कोरोना संक्रमितको...

सचिव सरुवामा संशोधन

काठमाडांै । सरकारले गत बिहीबार गरेको सचिव सरुवामा केही संशोधन गर्दै अन्तिम रूप दिएको छ । बिहीबार गरिएको सरुवालाई आइतबार मात्रै संशोधनसहित कार्यान्वयनमा ल्याइएको...

अब गुराँस मासे कारवाही !

बागलुङ । घुम्टेको सौन्दर्य वसन्त याममा बढी खुल्छ । पर्यटकीय लेक गुराँसले राताम्मे हुन्छ । अनेक प्रजातिका गुराँस फुल्छन् । हरेक नयाँ वर्षमा ‘गुराँस...

अरिंगालको टोकाइबाट दैलेखमा बालिकाको मृत्यु

दैलेख । गएको आइतबार अरिंगालको टोकाईबाट दैलेखमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका –१ सिराडीकी १५ बर्षीया मैन विक हुन्...

संविधान संशोधनः कालापानीबाट सैनिक फर्काउन भारतसँग माग

काठमाडौँ । राजनीतिक रुपमा विभिन्न दल तथा विचारमा आबद्ध दल राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका पक्षमा भने एकै स्थानमा उभिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)