Monday, October 19, 2020
Home प्रमुख बाँच्ने आशमा जन्मथलो छाड्दै लिदीबासी (फाेटाेफिचर)

बाँच्ने आशमा जन्मथलो छाड्दै लिदीबासी (फाेटाेफिचर)

बसाँइ हिड्नेको ताँतीले बस्नेको मन रुदछ
लाखौको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ

जनवादी गायक जेबी टुहुरेको यो गितको पक्ति जस्तै,आफु जन्मे हुर्केको ठाउँ चटक्कै छाडेर हिड्नु पर्दा कस्को चाँही मन रुदैन होला र ? टुहुरेको गीतमा जस्तै यतिबेला सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदीका पहिरोपीडितहरु आफ्नो थातथलो छाडेर बाच्नकै लागि गाउँ छाडेका छन् । जन्मभुमी छाड्ने रहर हुदैन तर गाउँमा पहिरोले बस्न नदिएपछि विस्थापितहरु आफ्नो गाउँभन्दा निकै टाढा ११ घण्टा हिडेर जुगल गाउँपालिका–१ सेलाङमा रहेको बाँसखर्कमा रहेको सामुदायिक वनको क्षेत्रमा आइपुगेका छन् त कोही आउने क्रम छ ।

साउन २९ गते आएको भिषण पहिरोले लिदीबासीले ३९ छिमेकी गुमाए,कतिले आफ्नो परिवारका सबै नै गुमाए,आफन्त र छिमेकी एकै प्रहरमा गुमाउनु पर्दाको पीडा लिदीबासीले भोगेका छन् । त्यो भन्दाबढी पीडा पहिरोमा बाँच्नेहरुलाई छ ।

जुगल गाउँपालिका र जिल्ला विपद व्यवस्थापन समितिले लिदीपहिरोमा विस्थापित भएकाहरुलाई अस्थाई रुपमा सुरक्षित स्थानमा राख्न सेलाङको बाँसखर्क सामुदायिक वन नै उपयुक्त भएको निष्र्कष निकालेपछि अहिले विस्थापितहरु यहाँ आउन थालेका छन् ।

लिदीबाट हिडेको ११ घण्टामा अस्थाई बासस्थानमा आइपुगेका लिदीका कान्छा दोङको मन यतिबेला बेचैन छ,केही छिमेकी सहित बाँसखर्कमा आइपुगेका दोङ जन्मभुमी छाड्नु पर्दाको पीडा बताउन नै सक्दैनन् । ‘हामी भुकम्पपछि पनि यहाँ आएर बसेका थियौ,तर सरकारले यहाँ बस्न दिएन,अहिले फेरी आएका छौ,यहाँ पनि केही महिना त होला नी ।’ दोङले पीडा मिश्रीत स्वरमा भने ।

‘हामीलाई यही बस्न दिनुहोस भन्दै हामी सिंहदरबार सम्म पुग्यौ तर हाम्रो कुरा सरकारले त्यति बेलै सुनुवाइ गरेन,त्यतीबेला हामीलाई यहाँ बस्न दिएको भए अहिले यस्तो हुने थिएन ’

पहिरोबाट विस्थापित भएका लिदीबासीहरु बाँसखर्कमा रहेको अस्थाई क्याम्पमा आउने क्रम सुरु भएको र सोमबारसम्म एक सय भन्दा बढी स्थानीय आइपुगेको गाउँपालिका अध्यक्ष होमनारयण श्रेष्ठले जानकारी दिए । भुकम्प पछि पनि लिदी लगायत आसपासका करिब ५ सय स्थानीय यहाँ आएर बसेपनि सरकारले वनको जमिन भएको भन्दै यहाँ बस्न नदिएपछि आफुहरु गाउँमा नै फर्केको पीडितहरुले बताए ।

लिदीको पहिरोमा ज्यान गुमाएका अधिकांश यहीबाट फर्केकाहरु रहेको बाँसखर्क आइपुगेका कान्छा दोङले बताए । ‘हामीलाई यही बस्न दिनुहोस भन्दै हामी सिंहदरबार सम्म पुग्यौ तर हाम्रो कुरा सरकारले त्यति बेलै सुनुवाइ गरेन,त्यतीबेला हामीलाई यहाँ बस्न दिएको भए अहिले यस्तो हुने थिएन ।’ उनले भने ।

यो पनि पढ्नुहोस    ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

बाँसखर्क जंगलमा अहिले जिल्ला विपद व्यवस्थापन समितिले उपलब्ध गराएको चाइनिज टेण्ट राखिएको छ । सुरक्षाकर्मी र स्थानीयले एक सय बढी टेण्ट यहाँ गाढेका छन् । पहिरोमा विस्थापित भएका १ सय ७२ लाई यहाँ राख्ने योजना रहेको गाउँपालिका अध्यक्ष होमनारयण श्रेष्ठले जानकारी दिए । ‘लिदी पहिरोमा विस्थापित भएकाहरु अझै पनि बाँसखर्कमा आउन तयार भएका छैनन्,केही महिनापछि फेरी त्यही नै जानु पर्ने हो की भन्ने चिन्ता देखिएको छ ।’ अध्यक्ष श्रेष्ठले भने ।

लिदीबाट बाँसखर्क सम्म आउन हिड्न सक्नेलाई नै ११ घण्टा बढी लाग्छ,‘गाउँमा महिला,अपाङ्ग,केटाकेटी,वृद्धाहरु छन् उनीहरुलाई यहाँ कसरी ल्याउने त्यो पनि समस्या छ ’ वडा अध्यक्ष प्रताप लामाले भने ।

‘लिदी पहिरोमा विस्थापित भएकाहरु अझै पनि बाँसखर्कमा आउन तयार भएका छैनन्,केही महिनापछि फेरी त्यही नै जानु पर्ने हो की भन्ने चिन्ता देखिएको छ ’

बासखर्कको अस्थाई बासमा अँइपुगेका लिदीबासीले अब आफुहरुलाई स्थायी रुपमा नै यही राख्न माग गरेका छन् । ‘खेतीपाती गर्ने जग्गा समेत हामीलाई दिनु पर्छ,हामी गाउँको जग्गा सरकारलाई दिन तयार छौ विस्थापित कान्छा दोङले भने । यहाँ बस्न दिएन भने त हामी भिटीगुन्टा बोकेर अन्यत्र नै जान बाध्य हुन्छौ ’ दोङ ले भने ।

बाँसखर्कमा आएका विस्थापितलाई सहयोग आउन सुरु

बाँसखर्कमा आएर अस्थाई रुपमा बसोबास गर्न सुरु गरेका लिदीबासीलाई विभिन्न संघ संस्थाहरुले अतिआवश्यक सामग्रीहरु दिन सुरु गरेका छन् । बाँसखर्कमा आएको पहिले दिन नै पर्यटन व्यावसायी राजु शर्माको पहलमा स्वीस नागरिक मार्फत १ सय ७२ थान त्रिपाल,टर्च लाइट लगायतका सामग्रीहरु प्रदान गरिएको छ । त्यस्तै अक्सफमको सहयोगमा जनहित ग्रामीण सेवा समितिले १२ थान टेण्ट, १ सय थान त्रिपाल,१ सय ७२ थान हाइजिन किट,किचेन सेट ४५ थान लगायतका राहात सामग्री वडा अध्यक्ष प्रताप लामालाई हस्तान्तरण गरिएको जनहित ग्रामीण सेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्माले जानकारी दिए ।

(Visited 452 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रधानमन्त्री एवं मन्त्रीपरिषद सदस्यले दशैंभक्ता नलिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले दसैँ भत्ता नलिने निर्णय भएको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै सरकारका...

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु 

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७५७...

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

सुदूरपश्चिमका मुख्यमन्त्रीदेखी सांसदका स्वकीय सचिव समेतले बुझे ३५ लाख दशैंभत्ता

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यले ३५ लाख २९ हजार दशैंभत्ता बुझेका छन् । कोरोना कहरको समयमा जनप्रतिनिधि...

‘प्रधानमन्त्रीले आफ्नो उपचार सरकारी खर्चमा गर्ने, जनताको गर्दिन भन्ने ?’

काठमाडौं । कोरोना भाइरस संक्रमित नागरिकले उपचार खर्च आफै ब्यहोर्नु पर्ने सरकारको पछिल्लो निर्णयको साझा पार्टीले भर्तसना गरेको छ । हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा...

साताका लोकप्रिय समाचार

मोरङमा थप २ जना कोरोना संक्रमितको मृत्यु

मोरङ । कोरोना भाइरसबाट सङ्क्रमित दुई जनाको आज यहाँ उपचारको क्रममा मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय सङ्क्रमित पुरुषको...

एकजना शिक्षकमा कोरोना संक्रमण देखिँदा ३५ विद्यालयमा बिदा

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका एक शिक्षकमा कोरोना संक्रमण देखिँदा गाउँपालिकाले सो क्षेत्रका ३५ विद्यालयलाई १३ दिन विदा दिएको छ । छथर जोरपाटी–१...

प्रदेश १ मा गठन भयो नेपाल चलचित्र कलाकार संघ

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको प्रदेश १ मा प्रदेश शाखा गठन भएको छ । नेपाल चलचित्र कलाकार संघका केन्द्रीय अध्यक्ष रवीन्द्र खड्काको प्रमुख...

‘चलचित्र उद्योग बन्द हुँदा हामीलाई झन् ठूलो घाटा’

काठमाडौं । चलचित्र छायांकनका लागि उपकरण भाडामा दिने कम्पनीहरू निकै पीडामा छन् । गत चैतदेखि अहिलेसम्म पनि आधिकारिक रूपमा नेपाली चलचित्रको छायांकन हुन नसक्दा...

धरानमा थप दुई कोरोना संक्रमितको मृत्यु

धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई सङ्क्रमितको आज मृत्यु भएको छ । झापा, शिवगढी –११ का ५७ वर्षीय र सुनसरी, धरान...

ट्रेन्डिङ

ओली र दाहालविरुद्धको अवहेलना मुद्दा तामेलीमा

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दालाई तामेलीमा राख्ने निर्णय गरेको...

अनुशासन विपरीत गतिविधि गर्नेलाई पदमुक्त गर्ने नेकपाको तयारी

जनकपुरधाम । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी अनुशासन विपरीत गतिविधि गरेका र पार्टी परित्याग गरेका प्रदेश २ का स्थानीय...

हिमालय यरलाइन्सले थप्यो नयाँ विमान

काठमाडौं ।  हिमालय यरलाइन्सले पाँचौं वार्षिकोत्सवको अवसरमा नयाँ ए ३१९–११५ विमान थप गरेको छ । उपाध्यक्ष–अपरेसन्स, क्याप्टेन हाओ दीले चीनको तियानजिन बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलबाट...

प्रदेश १ मा थपिए अहिलेसम्मकै बढी कोरोना संक्रिमत

मोरङ । प्रदेश १ मा आइतबारमात्र १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैनिक थपिने संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । मोरङमा...

प्लाज्माथेरापीले जगाएको आशा

त्रिवि शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित वीर र नोवेल अस्पतालका दुई चिकित्सकको अवस्था बिग्रिएर निमोनिया भई गम्भीर बनेकामा रेमडिसिभिर तथा प्लाज्मा थेरापीपछि स्वास्थ्यमा उल्लेखीय...

समायोजन प्रक्रियामा गम्भीर त्रुटि

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी समायोजन प्रक्रियामा गम्भीर त्रृटि देखिएको छ । समायोजन प्रक्रिया पारदर्शी र...

फुलहम प्रिमियर लिगमा

रेलिगेसनमा परेको एक वर्षपछि नै फुलहम इंग्लिस प्रिमियर लिगमा फर्किएको छ । दोस्रो डिभिजनको च्याम्पियनसिपको प्ले अफको अन्तिम खेलमा ब्रेन्टफोर्डलाई अतिरिक्त समयमा २–१ ले...

कोरोनाले लखेटिएका कर्णालीवासी नाकामा अलपत्र

वीरेन्द्रनगर । भारतबाट नेपाल आउँदै गरेको सयौं कर्णालीवासी सिमा नाकामा अलपत्र परेका छन् । रोजगारको लागि भारतको नैनिताललगायतका विभिन्न स्थानमा गएका नेपाली सिमा नाकामा...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

सुदूरपश्चिमका मुख्यमन्त्रीदेखी सांसदका स्वकीय सचिव समेतले बुझे ३५ लाख दशैंभत्ता

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यले ३५ लाख २९ हजार दशैंभत्ता बुझेका छन् । कोरोना कहरको समयमा जनप्रतिनिधि...

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

भर्खरै

प्रधानमन्त्री एवं मन्त्रीपरिषद सदस्यले दशैंभक्ता नलिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले दसैँ भत्ता नलिने निर्णय भएको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै सरकारका...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे (पाँचखाल) । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

काठमाडौं । बैंकर अजय रिमालको रचना रहेको देशभक्तिपूर्ण गीत ‘कुरा धेरै गरिसक्यौं, अब काम गरेर देखाउँ’ बोलको गीत सार्वजनिक भएको छ । विश्वव्यापी महामारीको रुपमा...

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

धेरै पढिएका

भोक लाग्यो, अब जाउँ ‘हङ्ग्री वेल्स’

काठमाडौं । स्वस्थ खानाको महत्व विशेष हुन्छ । विहान बेलुकीको भागदौडको शहरी जीवनशैलीलाई स्वस्थ र तन्दुरुस्त राख्न स्वस्थ तथा स्वच्छ खानपान गर्नु अपरिहार्य छ...

अवसरको पूर्ण सदुपयोग गर

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मात्र मन्त्रिमण्डल पुनर्गठन गरेपछि अब उनको मन्त्रिपरिषद्ले हाललाई पूर्णता पाएको छ । उनलाई कुनै पनि काम गर्नका लागि मन्त्रिस्तरीय...

कोरोना कहर : प्रदेश २ का सरकारी कार्यालय धमाधम बन्द हुँदै

जनकपुरधाम । सरकारी कर्मचारीहरु कोरोना संक्रमित हुन थालेपछि प्रदेश २ का कार्यालयहरु धमाधम बन्द हुन थालेको छ । लकडाउन खुलेपछि प्रदेशका दर्जनो कर्मचारी कोरोना...

चितवनमा एकै दिन तीन कोरोना संक्रमितको मृत्यु

चितवन । चितवनका विभिन्न अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत दुई जना र चितवन मेडीकल कलेजमा उपचाररत एक...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   लकडाउनमा दलित समुदायका १३ जनाको हत्या, ४ बलात्कारका घटना

किन हच्कियो मानव अधिकार आयोग ?

(Visited 80 times, 1 visits today)