काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट आज एकै दिन आज ७ जनाको मृत्य भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा १ महिला र ६ जना पुरुषको सङक्रमणको कारणबाट मृत्यु भएको जानकारी दिए ।
उनका अनसार सङक्रमणबाट मृत्यु हुनेमा काठमाडौं, सिरहा, धनुषा, रुपन्देही र पर्साका रहेका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६४ पुगेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)