Tuesday, October 27, 2020
Home Editor-Picks छ सय वर्ष पुरानो गद्दी बैठकमा यसरी घोषणा गरियो पिर महन्त

छ सय वर्ष पुरानो गद्दी बैठकमा यसरी घोषणा गरियो पिर महन्त

भक्तपुर । यक्ष मल्लको पालामा निर्माण भएकोे गुरु दत्तात्रय मन्दिरसँगैको दत्तात्रय पुजारी मठको गद्दी बैठक कक्ष । सोही कक्षको भित्ता तथा कलात्मक थाम र निदालमा ६०० वर्ष पुरानो धार्मिक कथा बोकेका आकर्षक बहुमूल्य चित्रहरु– विष्णु भगवाणको दशावतार, अष्टमातृका, दुर्गा भवानीले महिषासुरको बध गरेको आदि छन् ।

दत्तात्रयस्थित पुजारी मठको ६०० वर्ष पुरानो गद्दी बैठकको यही कलात्मक कक्षमा सयाैँ वर्ष पुरानो परम्पराअनुसार भक्तपुरको दशनामी सम्प्रदायका देशभरका महन्तहरुको प्रमुख मानिने पिर महन्त घोषणा गरिएको छ । भक्तपुरको प्रसिद्ध गुरुदत्तात्रय अखडाका पिर महन्त (महन्तका प्रमुख) राजेन्द्रप्रसाद गिरीको निधन भएपछि दत्तात्रय मन्दिरसँगै रहेको गुरुदत्तात्रय मठको गद्दी बैठकमा स्व गिरीका ज्येष्ठ सुपुत्र राजीव गिरीलाई पिर महन्त घोषणा गरिएको हो ।

यसरी हजारौँ वर्ष पुरानो परम्परालाई निरन्तरता दिँदै धार्मिक नीति नियम, परम्परानुसार पिर महन्त घोषणा गरी भक्तपुर परिक्रमा गराइएको छ । दशनामी सम्प्रदायका महन्तका प्रमुखलाई पिर महन्त, त्यसभन्दा तल शिर महन्त र प्रत्येक मठका प्रमुखलाई महन्त भन्ने प्रचलन रहेको छ ।

पिर महन्तको निधन भएपछि आशोच बार्ने १२ दिनसम्म ब्रह्मा, विष्णु र महेश्वरअर्थात् त्रिदेवको एउटैस्वरुप मानिने प्रसिद्ध, गुरुदत्तात्रय मन्दिरमा नियमित पूजाबाहेक भजन, घण्टा, नगरा, शंख बजाउन नहुने प्रचलन रहेको सम्पदा एवं संस्कृतिविद् रवीन्द्र पुरी बताउछन् ।

हजारौँ वर्ष पुरानो परम्परालाई निरन्तरता दिँदै धार्मिक नीति नियम, परम्परानुसार पिर महन्त घोषणा गरी भक्तपुर परिक्रमा गराइएको छ । दशनामी सम्प्रदायका महन्तका प्रमुखलाई पिर महन्त, त्यसभन्दा तल शिर महन्त र प्रत्येक मठका प्रमुखलाई महन्त भन्ने प्रचलन रहेको छ

सयौँ वर्ष अगाडिको धार्मिक विधिनुसार पिर महन्तको निधन भएको १३ औं दिनमा देशभरका हजारौँ महन्त, पशुपतिनाथलगायत विभिन्न ठाउँबाट आएका सन्यासी जोगीहरुको सहभागितामा दत्तात्रयको दाफा, धिमे, ढलचा, तुराई (नागफणी) लगायतका बाजा बजाएर, रातो झल्लर छाता ओढाएर भक्तपुरको दूधपाटीदेखि सिन्दूर जात्रा गरी भक्तपुर देश परिक्रमा गराउदै दत्तात्रय ल्याएर गद्दी बैठकमा राखेर दत्तात्रयकोे थाली, छडीसहित पुजारीबाट मन्दिरको फूल, प्रसाद, जलले अभिषेक गरेपछि शिर महन्तले चादर ओढाएर पिर महन्त घोषणा गर्ने प्रचलन रहेको छ ।

यसअघि पनि उनको जिजुबाजे कालिकाप्रसाद गिरी, उनको हजुरबुबा विश्वम्भरप्रसाद गिरी र उनको हालै दिवंगत भएका बुबा राजेन्द्रप्रसाद गिरीलाई पनि यही परम्परानुसार भव्यताका साथ पिर महन्तको अभिषेक गराइएको थियो । यस वर्ष पनि भव्य रुपमा उत्सव गरिने तयारी गरिए पनि कोरोना सङ्क्रमण र लकडाउनका कारण उत्सव मनाउन भने सकिएन ।

कोरोना सङ्क्रमणका कारण यसपटक वर्षौं पुरानो परम्परालाई औपचारिकतामा मात्रै सीमित गरिएको छ । काठमाडौँ उपत्यका भित्रका सीमित महन्त र जोगीको सहभागितामा अन्य विधि परम्परा पुर्याएर दत्तात्रयका पुजारीबाट फूल प्रसाद, जलबाट अभिषेक गरेपछि शिर महन्त राम पुरीले चादर ओढाएर पिर महन्त घोषणा गर्नुभएको सम्पदाविद् एवं संस्कृतिविद् पुरीले बताए । त्यसपछि अरु महन्तले चाँदर ओढाएर महन्तका प्रमुख मान्दै बधाई एवं शुभकामना दिने प्रचलन रहेको छ ।

पुरीले भने “राजाको राज्यरोहण गरेजस्तै महन्तको अभिषेक गरिन्छ, विसं २०३४ मा राजेन्द्रप्रसाद गिरीलाई पनि हजाराैँको सहभागितामा भव्य रुपमा उत्सवका साथ पिर महन्त घोषणा गरिएको थियो । चौँतीस वर्षपछि भएको महन्तको ऐतिहासिक यो परम्परा यस वर्ष कोरोनाका कारण विधि र परम्परामा सीमित गर्नुपरेको छ ।”

पिर महन्तलाई अभिषेक गरेपछि गणेश, भीमसेन, नारायणथानलगायतका मन्दिर परिक्रमा गराई दत्तात्रय मन्दिर प्रवेश गरी पिर महन्तले आरती गरी घण्टा बजाएपछि मात्रै दत्तात्रय मन्दिरमा १३ दिनसम्म रोकिएका भजन, घण्टा, नगरा बजाउन शुरु गरिएको थियो ।

मठ सम्हाल्दै आएका अर्का महन्त सुमन गिरीले देशैभरिका मठाधीसहरुको प्रमुख पिर महन्त हुने परम्पराअनुसार राजीव गिरीलाई गद्दी आसनमा राखेर अभिषेक गराई पिर महन्त घोषणा गरिएको जानकारी दिए ।

 “उहाँका हजुरबुबा विश्वम्भर गिरीलाई भक्तपुरको टुँडिखेलदेखि हजारौँको सहभागितामा बाजागाजाका साथ दत्तात्रय ल्याएर भव्य समारोहमा पिर महन्त घोषणा गरिएको थियो, उहाँका पिता राजेन्द्रलाई पनि भक्तपुरको सल्लाघारीदेखि हजाराैँको सहभागितामा बाजागाजासहित दत्तात्रय ल्याइएको थियो, यस वर्ष भने कोरोनाका कारण परम्परामा मात्र सीमित गर्नुपर्यो ।” उनले भने ।

प्रत्येक मठमा भगवान शिवको मन्दिर हुने गर्दछ । जसमा बिचमा महादेव, वरिपरि नैऋत्यमा गणेश, वायव्यमा देवी, ईशानमा विष्णु, आग्नेय कोणमा सूर्य रहेको पाञ्चायन मन्दिर रहेन गर्दछ । गुरुदत्तात्रय मठअन्तर्गतका भक्तपुरभित्र रहेका पुजारी मठ, क्वाठण्डौं मठ, ताजा मठ, दथु मठ, पुरानचोटा मठ, सिठु मठ, सुकुलढोका मठ, इखालछी मठ, धतखा मठ, गुचाटो मठ, चिकंफले मठ, कुठु मठ, जंगम मठ, गोदावरी मठ, ग्वाल्दा मठ, थाकल मठ गरी १६ वटा मठ रहेका छन् भने काठमाडाैँ, ललितपुरसहित देशभर हजारौँ मठ र महन्तहरु रहेका छन् ।

यो पनि पढ्नुहोस   जानकी मन्दिरमा विशेष पूजा (फोटो फिचर)

पुजारी मठलाई नेपालभरिकै सबैभन्दा कलात्मक तथा सुन्दर निवासास्थानको रूपमा लिइन्छ । पिर महन्तको यो निवासास्थान अरूहरूको निवासस्थानको तुलनामा निकै नै भव्य छ । पुजारी मठमात्र होइन नेपालभरिकै मठहरूलाई सुन्दर निवासस्थानको रूपमा लिन सकिन्छ । नेपालका सांस्कृतिक सम्पदामा मठहरूको धेरै ठूलो देन छ । सयौँ वर्षसम्म पनि यी मठहरू संरक्षित हुनुमा महन्तहरूको धेरै ठुले देन त छ नै त्यसदेखि बाहेक दशनामी सम्प्रदायको मठ एकल स्वामित्वमा रहनुपर्ने परम्पराले पनि धेरै ठूलो देन पुर्याएको छ ।

दशनामी सम्प्रदायले देशैभरिका धेरै मन्दिर एवं मठहरु सम्हाल्दै आएको र स्वर्गद्धारीदेखि हलेसीसम्म हजारौँ मठहरु रहेको उनको भनाइ छ । पछिल्लो समयमा भने मठहरुमा विभिन्न तत्वको नगर लाग्ने गरेकोमा चिन्ता व्यक्त गर्दै उनले दशनामीलाई सयौँवर्ष अघिदेखि नै मठ, मन्दिरको संरक्षणको जिम्मा दिएकाले यसको संरक्षणमा दशनामी लाग्नुपर्ने बताउछन्।

मठ, मन्दिर, धर्म, संस्कृति र परम्पराको संरक्षणको जिम्मेवारी दशनामी सन्यासीलाई आदीगुरु शंकराचार्यले दिएको शास्त्रमा उल्लेख छ । ईस्वी संवत ७८८ मा जन्मी सारा जगतमा वैदिक सनातन धर्मको प्रचार गरी यसको रक्षामा खटिनुभएका आदीगुरु शंकराचार्यले इसं ८२० मा ३२ वर्षको उमेरमा देहत्याग गरेका थिए ।

वैदिक सनातन धर्मको प्रचारप्रसार गर्दै अन्य विभिन्न धर्मालम्बीलाई शास्त्रार्थ गरेर परास्त गर्दै भारतवर्षमा चार दिशामा पर्ने गरी चार मठ र चार शंकराचार्य (जगतगुरु) हरुको स्थापना उनले गराएको शास्त्रमा उल्लेख रहेको छ । शंकराचार्यले दश आश्रमबाट दशजना ‘सन्यासी’ चारै मठमा विभक्त गरी गिरी, पुरी, भारती, वन, पर्वत, सागर, सरस्वती, आरण्य, आश्रम र तीर्थलाई खटाएको पाइन्छ ।

मठमा समेत स्थानीय तह र पुरातत्वले आँखा गाड्न थालेपछि यसको अस्तित्व मेटिने खतरा बढ्दै गएको छ । भक्तपुरकै कतिपय मठमा पनि स्थानीय तहले विभिन्न बहानामा कब्जा गर्न थालेका छन् भने पुरातत्वले समेत आफ्नो कब्जामा लिएर गलत सन्देश दिन थालेका छन्

‘श्रीमत् भागवत यथारुप’ मा प्रभुपादले पेज नं ७७३ र ७७७ मा वैदिक सनातन धर्म परम्पराअनुसार समाजका मानिसलाई वर्णाश्रम व्यवस्थामा ‘सन्यासी’लाई नै सवै समाजका ‘वर्ण’ तथा आश्रमका प्रधान गुरु भनेको पाइन्छ । आदीगुरु शंकराचार्यले नै दशनामीमा गिरी, पुरी, भारती, वन, पर्वत, सागर, सरस्वती, तीर्थ, आरण्य, आश्रम नामाकरण गरी चारै दिशामा रहेका आफ्ना चारवटा पीठको जिम्मेवारी दिएको शास्त्रमा उल्लेख रहेको छ ।

नेपाल र भारतमा रहेका दशनामी महन्तहरुलाई मठहरुको जिम्मेवारी दिने र मठसँगै मन्दिर, धर्म, परम्परा, संस्कृति र सनातन हिन्दू धर्मको रक्षार्थ शंकराचार्यले खटाएपछि आजसम्म पनि दशनामीहरुले यसको जिम्मेवारी सम्हाल्दै आएका छन् तर पछिल्लो समय मठको सम्पत्तिको अतिक्रमण हुने गरेको छ भने कतिपय पत्तै नदिई बिक्री भएको पनि पाइएको छ । मठमा समेत स्थानीय तह र पुरातत्वले आँखा गाड्न थालेपछि यसको अस्तित्व मेटिने खतरा बढ्दै गएको छ । भक्तपुरकै कतिपय मठमा पनि स्थानीय तहले विभिन्न बहानामा कब्जा गर्न थालेका छन् भने पुरातत्वले समेत आफ्नो कब्जामा लिएर गलत सन्देश दिन थालेका छन् ।

पुरातत्व विभागले ताल्छा मार्न थालेको मठको संरक्षणमा भने चासो दिएको छैन । मठलाई पर्यटकीय क्षेत्र बनाउँदै यहाँका कला, कृति देखाउन पर्यटकसँग शुल्क असुल्ने पुरातत्व विभागले यहाँको मठको संरक्षणमा चासो दिएको पाइँदैन । न त नगरपालिकासँग टिकट शुल्क असुल्ने नगरपालिकाले नै यसको संरक्षणमा चासो दिएको पाइन्छ । दत्तात्रयको पुजारी मठभित्र छिर्दा पर्यटकका लागि राखिएका सूचना नै गलत रहेको पाइएको छ । विदेशीका लागि अङ्ग्रेजी भाषामा लेखिएको सन्देश हचुवाका भरमा राखिएको संस्कृति एवं पुरातत्वविद् पुरी बताउछन्।

दत्तात्रयको पुजारी मठमा रहेको ६०० वर्ष पुरानो चित्रहरुको संरक्षणमा जर्मनीको योगदान रहेको ताम्रपत्रमा उल्लेख छ । जसमा २०२९ साल असार १५ गते राखिएको ताम्रपत्रमा तत्कालीन राजा वीरेन्द्र शाहको शुभविवाहको अवसरमा जर्मनी सरकारले दिएको उपहार र धनराशिबाट गरिएको जीर्णोद्धार सम्पन्न भएको उल्लखे गरिएको छ । मठमा रहेको शिवालय, यहाँका भौतिक संरचनादेखि शौचालयसम्मको व्यवस्थापन र जिर्णोद्धारमा पनि पुरातत्वले चासो दिएको छैन । अधिकांश मठको अवस्था यस्तै रहेको छ । रासस

(Visited 178 times, 1 visits today)
Loading comments...

आजको समाचार

बसन्तको ‘डाँफे चरी’मा पल र रियासाको प्रेम

कात्तिक । गायक बसन्त लम्सालको नयाँ गीत ‘डाँफे चरी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा बसन्त सँगै शान्ति श्रीसार्वज परियारको स्वर रहेको छ ।...

ह्यारी र सनको तालमेल

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी...

कोलकतालाई पञ्जावको धक्का

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जाव विजयी भयो । पञ्जावसँग कोलकता नाइट राइडरलाई ८ विकेटले पराजित मात्र...

बिहेबाट फर्किएका बिककाे अपरिचित व्यक्तिले खुट्टा काटिदिए

तुलसीपुर । गएराति अज्ञात समूहले खुट्टा काटिदिएपछि एक व्यक्ति गम्भिर घाईते भएका छन् । घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निबासी ४५ बर्षका कुमार...

सुनिल र एलिनाको ‘मसला’मा भट्टीमा आउने ग्राहकको कथा

काठमाडौं । लोकप्रिय लोकपप गायक सुनिल गिरीको नयाँ गीत मसला सार्वजनिक भएको छ । सुनिल र एलिना चौहानको स्वरमा सजिएको गीतमा पछिल्लो समय चर्चित...

साताका लोकप्रिय समाचार

कोरोना संक्रमणबाट एकैदिन २६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७९१...

छोराले गरे आफ्नै आमाको हत्या

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्रको पुर्नवासमा छोराले आफ्नै सहोदर आमाको हत्या गरेका छन् । पुर्नवास नगरपालिका–३ सुकुम्वासी बस्तीका ३० वर्षीय पप्पु बादीले आफ्नी आमा...

कोहलीको बैंगलोर अंक तालिकाको दोस्रो स्थानमा

युएई । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति रोयल च्यालेन्जर्स बैंगलोर विजयी भयो । कोलकता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै बैंगलोर विजयी भएको...

दैलेखमा बस र टिपर दुर्घटना, ३ जनाको मृत्यु १५ घाइते

दैलेख । मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बसमा सवार १४...

कुँवरलाई एनआरएनको बधाई

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्य एकेन्द्र कुँवरलाई गैरआवसीय नेपाली संघ (एनआरएनए) खेलकुद प्रतिष्ठानले बुधबार बधाई दिएको छ । प्रतिष्ठानका सल्लाहकार...

ट्रेन्डिङ

संखुवासभामा १३ बर्षीया बालिकालाई बन्धक बनाएर बलात्कार

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिकामा १३ बर्षीय बालिकालाई बन्धक बनाएर बलात्कार गर्ने पक्राउ परेका छन् । बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुरको साल्पासिच्छो...

वीरगञ्जमा रोकिएका २१५ भारतीयलाई भारत पठाइयो

वीरगन्ज । मुलुकको विभिन्न ठाउँबाट भारत जान भनी वीरगन्ज नाकामा आई यतै रोकिएका २ सय १५ भारतीयलाई उनीहरुको देश भारत पठाइएको छ । रोजगारी...

दैलेखमा रुखबाट खसेर महिलाको मृत्यु

दैलेख । चौपायालाई घाँस काट्न गएकी एक महिला रुखबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा भैरबी गाउँपालिका–४ डाँडीमाडीकी ४५ वर्षीया पदमकुमारी...

सिन्धुपाल्चोकमा कारगारमा बसेका कैदीमा कोरोना संक्रमण

सिन्धुपाल्चोक । जिल्ला कारगार कार्यालय चौतारामा रहेका एक कैदीबन्दीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । बलात्कार आरोपमा अदालतबाट कैद सजाय भोगीरहेका चौतारा...

सार्वजनिक यातायात सञ्चालनको निर्णय भएको छैन : व्यवसायी महासङ्घ

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक यातायात सञ्चालनसम्बन्धी कुनै निर्णय नभएको स्पष्ट पारेको छ । केही सञ्चारमाध्यमले यही असार २१ गतेदेखि सार्वजनिक...

कतारको श्रम स्वीकृति बन्द

काठमाडौं । कोरोना भाइरस प्रभावकै कारण सरकारले कतार जाने कामदारका लागि दिँदै आएको श्रम स्वीकृति बन्द गरेको छ । कतार सरकारले नेपालसहित विभिन्न १४...

भारतलाई दार्चुला प्रशासनले भन्यो, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग हाम्रो हो’

दार्चुला । गुन्जी, कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालीको प्रवेश गर्न दिन हुँदैन भन्ने भारतीय पत्रको दार्चुला प्रशासनले कडा जवाफ फर्काएको छ । जिल्ला प्रशासन...

नेकपा स्थायी कमिटी बैठक लामो नहुने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकको एजेण्डाको बिषयमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा बुधबार छलफल भएको छ...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

त्यसपछि हस्तनाको घरमा दसैं आयो

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विक दसैं कसरी मान्ने होला भनेर चिन्तामा थिइन् । केही दिन अगाडी ६ सन्तानकी एक्ली आमा...

दशैँको मुख्य दिन विजयादशमी, उत्तम साइत १०ः१९ बजे

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।...

भर्खरै

ह्यारी र सनको तालमेल

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी...

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

कोलकतालाई पञ्जावको धक्का

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जाव विजयी भयो । पञ्जावसँग कोलकता नाइट राइडरलाई ८ विकेटले पराजित मात्र...

बसन्तको ‘डाँफे चरी’मा पल र रियासाको प्रेम

कात्तिक । गायक बसन्त लम्सालको नयाँ गीत ‘डाँफे चरी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा बसन्त सँगै शान्ति श्रीसार्वज परियारको स्वर रहेको छ ।...

धेरै पढिएका

मर्यादपुरमा प्रतिगामी षड्यन्त्र, नागरिकद्वारा प्रतिकार

गौर। मौलापुर नगरपालिकाको मर्यादपुरमा आयोजित शुभकामना आदानप्रदान प्रदान तथा जनचेतना कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । सोमबार नेकपा नेता तथा सांसद प्रभु साहद्वारा आयोजित...

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ । मुख्यमन्त्री तथा परिषद् कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्को...

धनकौलमा बृद्धले छातीमा उमारे जमरा, दर्शनार्थीको भिड

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–३ धनकौलमा एक बृद्धले दशैंको घटस्थापनादेखि नै निराहार ब्रत बसी आफ्नो छातिमा जमरा उमार्नु भएको छ । घटस्थापनादेखि विधिवत रुपमा...

बसन्तको ‘डाँफे चरी’मा पल र रियासाको प्रेम

कात्तिक । गायक बसन्त लम्सालको नयाँ गीत ‘डाँफे चरी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा बसन्त सँगै शान्ति श्रीसार्वज परियारको स्वर रहेको छ ।...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)