कैलालीमा आइसोलेसनमा महिलाको मृत्यु

सांकेतिक तस्वीर

धनगढी । कैलालीमा आइसोलेसनमा रहेकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ११ को आइसोलेसनमा रहेकी ३५ वर्षीया महिलाको सोमबार मृत्यु भएको हो ।

मृतक महिलाको श्रीमान र छोरामा कोरोना संक्रमित हुन् । मृतक महिलाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाए पनि रिपोर्ट आइनसकेको घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावतले बताए ।

प्रमुख रावतले मृतक महिलाको श्रीमान् र छोरामा यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको भएपनि उनको भने स्वाब परीक्षण नगरिएको बताउँदै आइसोलेसनमा बसेको बेला अचानक मृत्यु भएपछि कोरोना परीक्षणको लागि स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाइसकेको बताए ।

स्वाब परीक्षणको रिपोर्ट आइनसकेकोले उनको शव आइसोलेसनमा राखिएको छ । उनी केही दिनअघि भारतबाट आएर नगरपालिकाको आइसोलेसनमा रहेकी थिइन् । उनको दुवै मिर्गौलामा समस्या रहेको र नियमित डाइलासिस गर्दै आएको बुझिएको छ । मृतक महिलाको स्थायी घर बझाङ हो । उनी भारतबाट कैलालीस्थित आफन्तको घरमा रहेकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
काठमाडौं उपत्यकाको स्थानीय तह नेतृत्वमा माओवादी शून्य !