जिल्लाकै ठूलो राज रंगशाला जीर्ण

सप्तरी । कोरोना संक्रमणका कारण लकडाउन र निषेधाज्ञाले नेपाली खेलकुद ठप्प छ । केन्द्रमै खेलकुद गतिविधि ठप्प रहँदा प्रदेश तथा जिल्लामा पनि खेलकुदको कुनै गतिविधि हुन सकेका छैनन् । सप्तरीमा खेलकुद गतिविधि ठप्प नै छ । सम्बन्धित निकायको उदासीनताका कारण राजविराजस्थित जिल्लाकै सबैभन्दा ठूलो राज रंगशाला दुर्घटनाको जोखिममा परेको छ । यति मात्र होइन । रंगशाला अहिले गौचरण तथा सर्वसाधारणको शौच गर्ने र फोहर फ्याल्ने स्थल बन्न पुगेको छ ।

रंगशालामा अनधिकृत प्रवेश रोक्नका लागि व्यवस्थापन नहुँदा चौपायालाई यसै मैदानभित्र हुलेर चराउने गरिएको छ । रंगशालामा रहेका तीनवटै प्रवेशद्वार सधंै खुला रहने गरेका कारण सर्वसाधारण प्रवेश गरे शौचसमेत गर्ने गरेको दृश्य दिनभर देखिने गरिएको छ । रंगशाला प्रवेश गर्ने तीन वटा प्रवेशद्वारमध्ये दुईवटामा ढोका नै नरहेको तथा बाँकी एउटा पनि २४सै घण्टा खुला रहने गरेकाले रंगशालाको बेहाल भएको पूर्वखेलाडी एवं खेलप्रेमी पंकज पोखरेलले बताए । रंगशालाको पूर्वी छेउमा अतिजीर्ण र जोखिमपूर्ण अवस्थामा रहेको प्याराफिटमुनि अतिक्रमण गरेर वर्षौंदेखि बसोबास गरिहेका छन् । खेलाडीको प्रशिक्षण र प्रतियोगिता स्थल अहिले उनीहरूको शौच र फोहोर फ्याल्ने स्थल बन्न पुगेको छ ।

यस्तै, रात्रिकालीन खेलका लागि रंगशालाको चारै कुनामा लाखौंका लगानीमा जडान गरिएको नाइटभिजन लाइट प्रयोगविहीन अवस्थामा रहेको स्थानीयहरू बताउँछन् । जीर्ण रहेको प्यारापिट र प्रवेशद्वार कुनै पनि बेला ढलेर ठूलो दुर्घटनाको जोखिम रहेको जिल्ला खेलकुद विकास समिति प्रशिक्षण विभागका प्रमुख राजकुमार परियारले बताए । उनले राज रंगशाला अत्यन्त जीर्ण र जोखिमपूर्ण अवस्थामा पुगेको र कुनै पनि बेला अप्रिय घटना हुन सक्ने बताउँदै बजेट नहुँदा मर्मतसम्भार गर्न नसकिएको र युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदमा पटकपटक यस’bout ध्यानाकर्षण गराउँदा पनि आश्वासनबाहेक केही नपाइएको बताए । २०३६ सालमा निर्माण भएको यो रंगशालामा कुनै बेला राष्ट्रियस्तरको प्रतियोगितासमेत हुने गरेको थियो ।

तर, अहिले सरकारी उदासीनताका कारण यो खेल मैदान दिनदिनै लथालिंग बन्दै गएपछि खेलकुद गतिविधि पनि लामो समयदेखि हुन सकेको छैन । जसका कारण नयाँ खेलाडी उत्पादन त परैको कुरा पुराना खेलाडीले पनि पलायनको बाटो रोजिसकेका छन् । तसर्थ सम्भावित जोखिम टार्न र खेलकुदको प्रतिष्ठा जोगाउन समयमै यसको मर्मतसम्भार गर्न सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको पूर्वखेलाडीहरू बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 492 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

प्रकृतिका बुवा सुनिल भन्छन्– 'मैले छोरी गुमाएँ, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरमा २६ हजार मत गन्दा मेयरका १९ जना उम्मेदवारले एक मत पनि पाएनन्