निषेधाज्ञामा घर बाहिर नजान भनी सम्झाउँदा किशोरले गरे आत्महत्या

सप्तरी । कोरोना महामारी फैलिएको बेला घर बाहिर नजान भनी अभिभावकले सम्झाउँदा सप्तरीमा एक किशोरले आवेशमा आई आत्महत्या गरेका छन् । राजविराज नगरपालिका ४ निवासी अरबिन्द साहका १४ वर्षीय छोरा कमलेशले घरको छानामा डोरीको पासो लगाई मंगलबार मध्यराती आत्महत्या गरेका हुन् ।

साथीभाइसँग निषेधाज्ञाको समयमा पनि घुम्न निस्किने बानी परेका उनलाई मंगलबार अभिभावकले त्यसो नगर्न भनी सम्झाएका थिए । घरका मानिस सुतिसकेपछि बाहिर निस्केका उनले आङ्गनको छेउमा घरको बलोमा झुण्डिएपछि बुधबार बिहान मृत अवस्थामा फेला परेका थिए ।

घटना’bout प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालयबाट आएको टोलीले अनुसन्धान सुरु गरेको छ । प्रहरी टोलीले मुचुल्का उठाई कमलेशको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल पु-याई आवश्यक अनुसन्धान गरिरहेको डिएसपी तिलक भारतीले बताए ।

‘घटनाको प्रकृति हेर्दा आत्महत्या नै गरेको देखिएको छ’, उनले भने । स्थानिय म्याक्सल बोर्डिङ्ग स्कुलमा कक्षा ७ मा अध्ययनरत ती किशोरले अभिभावकले कोरोनाबाट जोगाउन बाहिर नजान दिएको राम्रो सल्लाहलाई पनि मनन् गर्न नसकि गरेको आत्महत्याप्रति छरछिमेकका मानिसले समेत आश्चर्य र अफशोच मानेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 126 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजमार्गमा पर्ने भवन भत्काउदैँ इटहरी उपमहानगरपालिका

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
सुनसरीमा १६६ वटा मतदानस्थल, ४०९५ जना सुरक्षाकर्मी परिचालन