Thursday, August 5, 2021
Homeबिचारनेताहरू कहाँ चुके ?

नेताहरू कहाँ चुके ?

,
sharethis

२०६३ साल ५ मंसिर नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी)बीच विस्तृत शान्ति सम्झौता भएको थियो । माओवादीतर्फबाट अध्यक्ष प्रचण्ड र नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेका थिए । गणतन्त्र स्थापनाका लागि ज्यानको बाजी राखेर लडे र आखिर गणतन्त्र स्थापना गरे । तर, ती व्यक्तिहरू वर्तमान अवस्थामा सत्तारूढ पार्टीमा र सरकारमा रहँदा पनि जनताले पीडा भोगिरहेका छन् । यसको रहस्य गहिरो छ ।

वर्तमान सरकारलाई केही धेरैले ‘नश्लीय’ भनेका छन्, कम्युनिस्टले यो कुरा ख्याल गर्नुपर्छ कि पर्दैन ? नीति र विचारमा ख्याल पु¥याउनु पर्छ कि पर्दैन ? मानिसले भनेकोजस्तो नैतिक व्यवहारले भएन भनेका छन् । यो अवस्था त्यत्तिकै त सिर्जना भएको होइन पनि । यसको मुख्य कारण नै नेताबाट जनताले धोखा पाउनु हो । त्यसको प्रतिफल पनि उनले आज भोग्दै छन् । गणतन्त्रजस्तो परिवर्तन कसले ल्यायो ? नेता र जनता मिलेर ल्याए । यो कुरा निश्चित सत्य हो ।

तर, जुन क्रान्ति र परिवर्तनका लागि त्याग र शहादत प्राप्त गरे उनैलाई नै बिर्सिएर जीवनमा बेसहारा र अपांग बनाइएको छ । आज उनलाई ‘किन रुन्छस् मंगले, आफ्नै ढंगले’ भन्ने भएको छ । कर्मको फल भोग्दै छन् ।

थोरै उपलब्धिका रूपमा जनताका छोराछोरीले देशको कार्यकारी प्रमुखदेखि सबै उच्च पदमा चैन गर्न पाएका छन् । यसको श्रेय ती नेताहरूलाई गए पनि जनताले भनेको जस्तो भएको छैन । माओवादी र त्यति बेलाको राजतन्त्रबीच जुन युद्ध भयो, त्यो विजय युद्धमा माओवादीका सम्पूर्ण योद्धा पनि श्रेयको भागीदारबाट अलग सम्झनु त्यो जत्तिको अन्याय र विभेद अरू के हुन सक्छ ?

त्यसैले, त्यो युद्धमा जतिले शहादत प्राप्त गरे, त्यत्ति बेला माओवादी सरकारले उनीहरूको सन्तानको जीविकोपार्जनका लागि राम्रो राहत दिन सक्नुपथ्र्यो । तर, त्यसो हुन सकेन । माओवादीले आफ्नो पहिलो दायित्वलाई नै बिर्सी महापाप गर्दै छन् । यसैको फल भोग्दै छन् ।

यो देशको विडम्बना हो । जनतामा विभेद यद्यपि कायमै छ । देशको समृद्धि भनेको जनताको समृद्धि हुनु हो । नेताको समृद्धि मात्र भइरहेको छ । केही विकास हुँदैमा त्यो विकास मानिँदैन । चौतर्फी समानुपातिक विकास खोइ ? मूलवासीउपर उनीहरूको थातथलो, संस्कृतिमाथि नै विकासको नाममा उनीहरूलाई यो सरकारको निर्देशनमा खोकना, पशुपति क्षेत्र आदि ठाउँमा जनताको भावना नबुझी व्यवहार गरिएको छ ।

ठेक्कापट्टा, कमिसन, व्यापार र देशको भूमि अवैध कब्जा गर्नेजस्ता काम नेताहरूबाट भइरहेका छन्

मूलवासीलाई उनीहरूको थातथलोबाट जबरजस्ती उठीवास गराउन खोजिदै छ । जुन कार्य गैरकानुनी हो । यसरी विकासको नाममा देशमा विनाश गर्दै छन् । वर्तमान सरकार सत्यको बाटो जान सक्नुपर्छ । संघीय लोकतान्त्रिक गणतन्त्रामक, समानुपातिक, शासन चलाउएर ‘नश्लीय’ आरोपबाट मुक्त हुनुपर्छ ।

जनताप्रति गरिएका बाचा पूरा गर्नुपर्छ । घोषणापत्रअनुसार पहिचानसहितको ११ संघीय प्रदेशको संरचना र जनअधिकार दिन सक्नुपथ्र्यो । जनताले धोका दिएको ठानेका छन् । जनताको नजरबाट नेता र सरकार गिर्न भएन । अझै पनि तिमीमा चेतना नआउनु देशको नै दुर्भाग्य हो ।

कति योद्धाहरूले जुन क्रान्ति र परिवर्तनका लागि त्याग र शहादत प्राप्त गरे उनीहरूलाई नै उनीहरूको जीवन बेसाहारा, अपांग अवस्थामा पुग्दा पनि उनीहरूमाथि आज निर्दयी व्यवहार हुनुमा तिमी दोषी छौ । देशमा गणतन्त्र स्थापना हुनु तर जनताले दुःख पाउनुलाई परिवर्तन आएको मान्न सकिँदैन ।

दाङ जिल्लाकी बंगलाचुली–२ की कुमारी नेपाली जनयुद्धकी घाइते हुन् । ६ हजार २ सय रुपैयाँ जीवननिर्वाह भत्ता पाइरहेकोमा त्यो पनि कटाइदियो रे । अब के खाएर बाँच्ने हो ? कसरी छोराछोरी हुर्काउने हो ? आँसुका धारासहित भकानिँँदै उनी भन्छिन्, ‘युद्धका बेला नेताहरूले सबै जिम्मा लिन्छौं भन्थे तर उनीहरू फर्की आउँदैनन् । अब जीवननिर्वाह भत्ता पनि काटिदियो हामी कसरी बाच्ने ?’

त्यस्तै, तुलसीपुर–१० का घाइते भूमिलाल चौधरीको एउटा हात र एउटा खुट्टा चल्दैन । उनको पीडा छ । काम गर्न नसकेको कारण कुनै काम पाइरहेका छैनन् । अर्का घाइते योद्धा भुलबहादुर विकले दायाँ खुट्टा जनयुद्धमा गुमाए । आफ्नो शरीर बर्बाद गरेर आएको गणतन्त्रमा आज आफ्नो स्थान कतै नभेटिँदा उनलाई साह्रै पीडा हुन्छ । नेता सामान्य बिरामी हुँदा विदेश जाने, भव्य महलमा बस्ने, कार चढेर हुँइकिरहने तर हामी झुपडीमा पनि एक मानो खान पाएका छैनौं । वर्षौंदेखि पीडा बोकी बाँचिरहेका छौं । हाम्रा नेताले हिजोको वर्गीय प्रतिबद्धता यति चाँडै किन भुले ? भनिरहेका छन् ।

घोराही–१७ का अर्का घाइते केशव चौधरीको त गिदीमै तीनवटा गोली छन् । गिदी पाकिरहन्छ । चिसोमा तेल र तातोमा पानी हालेर दैनिक स्याहारसुसार गरेर श्रीमती लक्ष्मीले उनलाई अहिलेसम्म बचाइराखेकी छन् ।

निष्ठुरी, निर्दयी नेतालाई कसरी जनताको अभिभावक भनौं ? लक्ष्मीको पीडा छ । हरेक दिन औषधि चाहिरहन्छ । उनले पाउने ६ हजार २ सय औषधि किन्नमै सकिन्छ । गिदीमा गोली छ । जति बेला पनि अप्ठ्यारो हुन सक्छ । श्रीमान्लाई छाडी कतै काममा पनि जान सकिँदैन । जीविका चलाउन गाह्रो भइसकेको छ । दाङमा मात्रै कुमारी, भूमिलाल, भुलबहादुर र केशवजस्तै साढे ७ सय जनयुद्धका घाइतेहरू बस्छन् । त्यसमध्ये पनि गत वर्षसम्म २२ जनाले मात्र जीवननिर्वाह भत्ता पाउँथे ।

अब सबै साढे ७ सय जनालाई नै भत्ता हुनुपर्ने माग उनीहरूको रहेको छ । प्रचण्ड ! तपाईंको सरकारले तपाईंकै मोर्चाका उत्पीडित जनताको ख्याल गर्न नचाहने नेता तपाईं हुनुहुन्छ भने हामी साधारण जनता तपाईंले जनताप्रति गरेका ती पुराना वाचा तपाईंबाट पूरा होला भन्ने हामी आशा गर्न सक्छौं ? कृपया जवाफ हामीलाई दिनुहोस् । तपाईंका चुनावी प्रकरण र राजनीति प्रणाली धेरै महँगो भयो ।

जनताको सही प्रतिनिधित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुप¥यो । राजनीतिमा दण्डहीनता हुनै नसक्ने विधिहरू ल्याउन सक्नुप¥यो । धेरैजसो जसो जनताले अझै पनि संघीय लोकतन्त्र भनेको के हो ? त्यसको आवश्यकता बुझ्न सकिरहेका छैनन् । सुतिरहेका जनतालाई उठाउने कार्यक्रम ल्याउन जरुरी भइसकेको छ । नेताहरूका अहिलेका अवस्थामा राजनीति नै पेसा भइरहेको छ । ठेक्कापट्टा, कमिसन, व्यापार र देशको भूमि अवैध कब्जा गर्ने आदि काम धेरै नेताबाट भइरहेका छन् । सो रोक्नुपरेको छ ।

यी सबै कुराको तपाईं आफंै ज्ञाता हुनुहुन्छ । राजनीति लाई यसरी खेलबाड गरी देश सिंगो डुब्न लाग्दा पनि किन होस नआएको ? तपार्इंकै एजेन्डाअनुसार नश्लीय सोचबाट अलग पहिचानसहित संघीय लोकतान्त्रिक, गणतन्त्रामक, समानुपातिक, समतामूलक शासनप्रणाली हामी चाहन्छौं । तपाईं आफ्नो प्रतिबद्धता जाहेर गर्न सक्नुहुन्छ ? जनता जान्न चाहन्छन् ।

(Visited 140 times, 1 visits today)

आजको समाचार

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

तेस्रो लहरविरुद्ध डटौं

नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै...

साताका लोकप्रिय समाचार

दार्चुला घटनाबारे सत्यतथ्य पत्ता लगाउँछौं: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तुइनबाट महाकाली नदी पार गर्नेक्रममा बेपत्ता दार्चुलाका जयसिंह धामीबारे सत्यतथ्य पत्ता लगाउने प्रतिबद्धता जनाएका छन् । भारतीय सुरक्षा बल एसएसबीले...

सिन्धुपाल्चोकमा पुनः बाढी, चनौटे बजारबाटै बग्न थाल्यो नदी (फाेटाेफिचर)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । त्यस्तै ग्यालथुममा...

खाेप लगाउन हिँडेकाहरू चढेकाे डुङ्गा पल्टिँयाे, एकको मृत्यु, तीन बेपत्ता

कर्णाली ।  कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित...

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र...

ट्रेन्डिङ

बझाङ र बैतडीको सिमानामा महिलाको बेवारिसे शब

बझाङ । बझाङ र बैतडीको सिमानामा अन्दाजी ४०(५० बर्षिया एक महिलाको सब बेवारीसे अवस्थामा फेल परेको छ । बझाङ जिल्लाको जिल्लाको केदार स्यँु गाँउपालिका...

सम्झनाका हत्यारालाई फासीको माग गर्दै कालिकोटमा विरोध प्रदर्शन

कालिकाट । बझाङको मष्टो गाउँपालिका –२ की १२ बर्षीया बालिका सम्झना कामीलाई बलात्कार गरी हत्या गर्ने हत्यारालाई फासीको माग गदै कालिकोटमा विरोद्ध प्रर्दशन गरिएको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)