सर्लाही । पोखरीमा डुबेर सर्लाहीको बरहथवामा बिहिबार दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा बरहथवा नगरपालिका-३ हरजरियाका नविनकुमार महतोको ३ वर्षिया छोरी पुनमकुमारी महतो र बरहथवा नगरपालिका-९ मुर्तियाका रामबाबु महतोको १७ वर्षीया छोरी पुनमकुमारी महतो रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
हजरियाकी तीन वर्षीया बालिका घर जनिकै पानी खान गाडेको कलको खाल्डोमा डुबेर ज्यान गएको हो भने मुर्तियाकी १७ वर्षीया किशोरीको पोखरीमा कमलको फुल टिप्न जाँदा डुबेर ज्यान गएको हो । मृतक दुवैको शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा पठाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)