प्रहरीको यातनाले दलित युवकको मृत्यु भएको भन्दै प्रहरी कार्यालय घेराउ

गौर । रौतहटमा प्रहरी हिरासतमा रहेका एक दलित युवकको मृत्यु भएपछि स्थानीयले आन्दोलन सुरु गरेका छन् ।

प्रहरीको ज्यादती बढेको भन्दै आज (बिहीबार) हजारौंको संख्यामा पुगेका स्थानीयले इलाका प्रहरी कार्यालय गरुडा घेराउ गरेका छन् । प्रहरी हिरासतमा कुटपिट गर्ने दोषि प्रहरीलाई कारबाहीको माग राख्दै ठुलो संख्याका स्थानीयबासिन्दा र दलित समुदाय आन्दोलित भएका छन् ।

गत साउन ३१ गते गरुडा नगरपालिका–८ जिगडियाका १७ वर्षीय निरन्जन रामको घाँटी रेटी हत्या भएपछि प्रहरीले घटनामा संलग्न सात जनालाई पक्राउ गरेको थियो । तीनैमध्येका एक विजय महरा (चमार) लाई यातना दिदाँ अस्वस्थ भई अस्पतालमा उपचारको क्रममा मृत्यु भयो ।

आर्थिक चलखेल गरेर प्रहरीले निर्दोष रहेका विजय रामलाई पक्राउ गरेको भन्दै यस अघिदेखि नै दलित अगुवा तथा स्थानीयले नारा जुलुस सहित विरोध गर्दै आएका थिए । उनै निर्दोष भनिएका १९ वर्षीय विजयराम महराको प्रहरीको कुटपिटबाट मृत्यु भएपछि दलित समुदाय, स्थानीयबासिन्दा र अधिकारकर्मीहरुले ईलाका प्रहरी कार्यालय गरुडा घेराउ गर्दै नाराबाजी गरेका छन् ।

घटनामा संलग्न रहेको स्वीकार गराउन विजयराम महरालाई प्रहरीले निर्घात कुटपिट गरेको र त्यसैको असर उनको उपचारको क्रममा मृत्यु भएको नीरञ्जन राम हत्याकाण्ड जिल्ला संघर्ष समिति रौतहटले दाबी गरेको छ । आन्दोलनकारीले इलाका प्रहरी कार्यालय गरुडाका डिएसपीले घुस खाएर निर्दोषलाई कुटपिट गरी ज्यान लिएको भन्दै निलम्बन गरी कारवाहीको माग गरेका छन् ।

निरन्जन रामको हत्या भएको भोलिपल्ट ईलाका प्रहरी कार्यालय गरुडाले हत्याको आरोपमा भोलिपल्ट गाउँकै १९ वर्षीय विजयराम महरा सहित ७ जना लाई पक्राउ गरेको थियो । पक्रेको दिनदेखि छोरालाई भेट्न नदिएको प्रहरी हिरासतमा मृत्यु भएका महराका बुवा पनिलाल महराले बताए । अस्पताल भर्ना गरेको खबर पाएर जाँदा पनि भेटन नदिएको उनको गुनासो रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 325 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं मेयरमा उम्मेदवारी दर्तापछि स्थापितले भने- गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्छु