आमालाई निर्घात कुटेपछि छाेराले दिए बा बिरूद्ध उजुरी

सप्तरी, राजबिराज । श्रीमानबाटै असुरक्षित भएको भन्दै सप्तरीको बिष्णुपुर गाउँपालिका ६ की ३५ बर्षिया फुलिया देबीले बिहिवार प्रहरीमा निवेदन दिएकी छिन ।

श्रीमान जिवछ मुखियाको निर्घात कुटविटबाट बुधवार राति घाईते भई गजेन्द्र नारायण सिह अस्पताल भर्ना भएकी उनको तर्फवाट छोरा मनोजले प्रहरी चौकी बिष्णुपुरमा निवेदन बुझाएका हुन ।

निवेदनमा सधै रक्सी सेवन गरि आउने पति जिवछलाई सम्झाउँदा यस अघि पनि पटक पटक शारिरिक र मानसिक यातना दिने गरेको उल्लेख गर्दै उनी माथि घरेलु हिँसा (कसुर सजाय २०६६) अनुसार कारवाही गर्न माँग गरिएको छ ।

निवेदनमा पछिल्लो पटक बुधवार राती पनि अत्याधिक मदिरा सेवन गरि आएका पतिलाई कडाईका साथ सम्झाउन खोज्दा लाठी र फलामे रडले अन्धाधुन्द प्रहार गरि घाईते बनाएको उनले उल्लेख गरेकी छिन ।

उनको घाँटी, आँखा मुनि र टाउकोमा चोट देखिएको र उपचार भईरहेको अस्पतालले जनाएको छ । पतीको यातनाले पटक पटक बिस्थापित भई माईतिमा बस्न बाध्य भएको उल्लेख गर्दै उनले निवेदन मार्फत सुरक्षित साथ घरमा बस्न पाउने वातावरण मिलाई दिन समेत आग्रह गरेकी छिन ।

यता जिवछले आफु पत्निपीडित भएको बताएका छन । दिन भरी ज्याला मजदुरी गरेर राती घर पुग्दा सधै कचकच र झै–झगडा गर्छन, उनले भने, “सुरूमा उनले नै हातपात गरिन, त्यसपछि प्रतिकार गर्दा उनलाई चोट लागेको हो ।”

उनले पत्नी फुलियासँग बस्न नसक्ने भएरै पटक पटक अलग्गै बस्दै आएको सुनाए । वडा अध्यक्ष बहादुर सदाले यस्ता घटनालाई परिवारीक भनेर छाड्दा परिणाम अझ गम्भीर हुन सक्ने भएकाले यस’bout समाज र प्रशासन दुबै गम्भिर बन्न जरूरी रहेको बताए । उनले घटनाको सत्यतथ्य छानबिन हुनुपर्नेमा जोड दिएका छन् ।

बिष्णुपुर प्रहरी चौकी ईन्चार्ज प्रमोद साहले मुखिया दम्पति बिच घरयासी बिवादलाई लिएर यस अघि पनि पटक–पटक झै–झगडा हुने गरेको र पटक–पटक पंचायती समेत भइसक्दा पनि दुबैले निर्णय नमानेको जानकारी आएको बताए । उनले पीडित फुलिया देवीको निवेदनलाई गम्भिरता पूर्वक लिदै पीडकलाई झिकाई आबश्यक अनुसन्धान सुरू गरिएको बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा गठबन्धनका उम्मेदवार जीत नजिक